Social Icons

Pages

Sunday, October 19, 2014

फेसबुक चलाउँदा होसियार - Via setopati.com


घटना १
'याहु... म घरमा आज एक्लै छु। बुबा-ममि सबै बाहिर। आज घरमै मस्ती गरिने भइयो।'
केही दिनअघि राजधानीको एक उच्च माविमा पढ्ने एक किशोरीले आफ्नो फेसबुक पृष्ठमा यस्तो स्टाटस लेखिन्। ती किशोरीलाई फलो गरिरहेका केही केटाहरूले मौकाको फाइदा उठाउन सकिने देखेर तुरून्तै उनको घरतिर दौडिए। एक्लै रहेकी किशोरीलाई उनीहरूले सामूहिक बलात्कार गरे र सामानसमेत लुटेर टाप कसे।
घटना दुई
कतिपय किशोर-किशोरीमा आफ्नो मिल्ने साथीलाई फेसकु पासवर्ड आदानप्रदान गर्ने बानी छ। यही बानीका कारण राजधानीकै एक उच्च घरानाकी किशोरी नराम्ररी फसिन्। ति किशोरले गर्लफ्रेन्डको फोटो, नाम र उनको फोन नम्बर राखेर फेसबुक पेजमार्फत 'सेक्स वर्कर' बनाइदिए।
घटना तीन
उपत्यकाकै एक नामी प्लसटुमा पढ्ने एक युवकले सूचना प्रविधिको दुरूपयोग गर्दै एक ग्राहकको बैक एकाउन्ट ह्याक गरेर सबै रकम झिके।
महानगरीय प्रहरी अपराध महाशाखा, साइबर अपराध अनुसन्धान सेलका प्रमुख प्रहरी निरीक्षक पशुपतिकुमार राय सूचना प्रविधिको दुरूपयोगले बढ्दो साइबर क्राइमका फेहरिस्त सुनाउँदै थिए, माइतिघरस्थित सेन्ट जेभियर्स कलेजका विद्यार्थीलाई एसेम्ब्ली समयमा। आजको नागरिक दैनिकमा खबर छापिएको छ।
घटना सुनेर विद्यार्थीहरू जिब्रो टोकिरहेका थिए। फेसबुकलगायत सञ्जालमा जथाभाबी स्टाटस लेख्ने, जिस्कने, नजिकका साथीलाई पासवर्ड आदानप्रदान गर्नेजस्ता आफ्नै प्रवृत्ति सम्झेर उनीहरू झसङ्ग भए-कसो फसिएन।

Friday, September 05, 2014

फेष्टिभ टुरिजमको सम्भावना बोकेको नुवाकोटको लाखेनाँच !

बर्षको पहिलो चाडको रूपमा प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीको दिन देखि शूरुवात हुने लाखेनाँच एवं जनै पूर्णेको भोली पल्टको गाईजात्रा पनि सम्पन्न भयो । नेपालमा परम्परा र संस्कृतिको महत्व आफ्नै किसिमको रहेकोछ । नेवार समुदायमा अत्यन्तै उल्लासमय वातावरणमा मनाईने पर्वहरूमध्य लाखेनाच र गाई जात्रा नेपालकै एक महत्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदानै होे । लाखेनाँच लामा–लामा जगल्टा फिँजिएको र दाह्रा निस्किएकोे दैत्यको स्वरूपको रातो डरलाग्दो मुकुट, कालिकाको वस्त्रसहित कम्मरमा घंघला÷घुंघरु लगाएर परम्परागत धाःबाजा र भुस्याःको तालमा नाचिने एक किसिमको मुकुट÷मुकुण्डो नाँच हो ।

लाखेको शाव्दिक अर्थ दानब, राक्षस वा दैत्य मात्र होईन फाटेको कपडा लगाउनु, पागलपना देखाउनु, मानिसहरूलाई हँसाउनु पनि हो । परापूर्वकालमा घण्टाकर्ण नामको राक्षसले मानिसहरूलाई दुख दिने गरेकोले घण्टाकर्ण चतुर्दशीको दिनमा उक्त राक्षसको पुत्ला दहन गरि नदीमा फालेपछि आफ्नो पति वियोगमा छटपटीएकी राक्षस पत्नी, लाखे बनेर नाच्ने गरेको र यसले पनि घण्टाकर्ण राक्षसले जस्तै मानिसहरूलाई दुःख दिन र सताउन थाले पछि राक्षसको पत्नी अर्थात लाखेलाई पनि भगवान श्री कृष्णले वध गरी मानवलाई राक्षसी प्रवृत्तिबाट मुक्त राखेको थियो भन्ने भनाई रहेकोछ ।
भगवान कृष्णले कंशलाई मारेको सम्झनामा पनि लाखेनाच नाच्ने परम्परा छ । राक्षसको प्रतिकको रुपमा मानेर यसलाई नचाई नचाई मारिने भएकाले लाखेलाई कंशको रुपमा पनि हेरिन्छ । कृष्णलाई मार्न कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरुपमा सजिएर लाखे नचाउने गरिन्छ भन्नृ जनश्रुति पनि छ ।
घण्टाकर्णको पूजा गरी सुरु हुने लाखेनाच कृष्णाष्टमीको रातमा लाखेकोे शीर छेदन गरी (लाखेको चमर र मुकुट छुट्टयाएर) मुकुट कृष्णको रथमा ल्याएर झुण्डयाए पछि लाखे नाँचको विधिवतरूपमा अन्त हुन्छ । लाखेनाँचको उदगम थलो कहाँ हो भन्ने सवालमा बिभिन्न खालको कथनहरू रहेको पाईन्छ । उपत्यकामा यो नाच भित्रिनु अघि कतिपय विद्घानहरुले सिम्रौनगढबाट प्रारम्भ भएको भन्ने उल्लेख गरेका छन भने कतिपयले मध्यकाल अघिनै नुवाकोटबाट प्रारम्भ भएको भन्ने उल्लेख गरेका छन । तथापी कहिलेबाट प्रारम्भ भएको भन्ने कुनै ठोस प्रमाण भने भेटिएको छैन ।
नाच्ने कला, कौशलता र शैलीको हिशाबले नुवाकोटको लाखेनाचलाई मुलुकमै अब्बल दर्जाको मानिन्छ । यहाँको लाखेनाचमा किंवदन्ति अनुसारकै सत्यता र झजल्कोहरू पाइन्छ । यो नाच जनैपूणिमा र गाई जात्राको दिन दिनभर र बाँकि दिन बेलुकामात्र प्रस्तु गरिन्छ । नाचमा लाखेसंगै झ्यालिंचा (जसलाइ भक्कु भनिन्छ) पनि निस्कने परम्परा छ । दर्शकहरुलाई मनोरन्जन दिलाउन यसरी निस्कने झ्यालिंचाले लाखेलाई बिभिन्न तरिकाले जिस्काउने, कायल पार्ने गर्छन् र लाखेले पनि झ्यालिंचालाई सकेसम्म खेदी रहन्छन ।
नुवाकोटमा लाखेको दुई थान ढलौटका सक्कली मुकुटहरू छन् । एकै पटक दुइजनाले बाँसुरीको मिठो धुन, ढलकी र झ्यालीको उही ताल ÷ चाल उही लचकता र उही शैली हदैसम्म डुबेर नाच्छन र दर्शकलाई भरपुर मनोरन्जन दिलाउछन् । नर्तकहरू लाखे नाचुन्जेल यसरी नाचिदिन्छन कि उनीहरूको आफ्नो शरिरको चाल पनि प्रत्यक पल बाजाकै तालमा चलिरहेको हुन्छ र दर्शकहरूलाई पनि बाजाकै ताल र लचकतामा तानिरहेका हुन्छन् । यहाँको बाजाका तिन थरी भिन्दभिन्दै तालहरुमा नृत्य प्रस्तुत गर्नु कम चुनौतिपूर्ण छैन । तथापी आजका पिढीले आफ्ना अग्रजहरूकै जस्तो कला प्रस्तुत गरेर पुर्खाको बिँडो थामीरहेका छन्, आफ्नो कला, सस्कृति र परम्परालाई अक्षुष्ण राखेकाछन् र सिङ्गो नुवाकोटको विशिष्ट पहिचानको सामथ्र्य राख्न सफल भएकाछन् ।
नुवाकोटमा लाखेनाँच सिकेका नयाँ कलाकारहरुले सिद्धी प्राप्तिका लागि नाट्टेश्री सामु लाखे नाँच प्रस्तुत गर्नु पर्ने परम्परा छ । कृष्ण जन्माष्टमिको ३ दिन अघि नाट्टेश्रीको मन्दिरमा बोका को वली समेत दिएर पूजा अर्चना गरी र भोजको आयोजना समेत गरिन्छ । उमेर अनुसारको पुराना र नयाँ कलाकारहरू वरियताक्रम मिलाएर राखिने भोजमा आँखा, कान, जिब्रो र नाँक (जसलाइ नेवारी भाषामा सिखुः भनिन्छ) जस्ता अङ्गहरू रोलक्रम अनुसार खुवाइन्छ । सोहि अवसरमा काप्न चाहने नर्तकहरूकालागि तान्त्रिक बिद्या भएका गुरूद्घारा फुकिएको सिखुः र रक्सीको सगुनको पनि व्यवस्था पनि गरिएको हुन्छ । जो–जस्ले फुकेकोे सिःखु खान्छन, उनीहरूको शरिर जरूर काप्छ । यसलाई देउता चढेको पनि भनिन्छ । यसरी काप्नु वा देउता चढ्नलाई नाट्टेश्रीको शक्तिलेगर्दा भन्ने जन विश्वास छ । प्रत्येक वर्ष उनीहरुमा लाखे नाँचको बाजा बजेको सुन्ने बित्तिकै पनि स्वाभाविक रूपमा शरिरमा कम्पन आउँछ र नाँच प्रस्तुत गर्नु अघि कम्तिमा एक पटक काप्नै पर्ने हुन्छ । नुवाकोटको लाखे नाँचको प्रमुख विशेषतानै नाच प्रस्तुत गर्नु अघि वा नाच्दा नाच्दै काप्नु हो । लाखे नाच्दा यसरी काम्ने परम्परा नेपालमा नुवाकोट बाहेक अन्त सायदै भेटिन्न ।
छिमेकि राष्ट्र भुटानमा यस्तै सास्कृतिक पर्व अवलोकन गर्न विदेशी पर्यटकहरू एक वर्ष अघि देखिनै भ्रमण तालिका बनाएर बसेका हुन्छन् । जब कि नेपालमा भुटानमा भन्दा कैयौँ गुणा बढी पर्यटकहरूको आगमन हुन्छ तर हामीले आफैसित भएको लाखे नाच र लाखे नाच जस्ता सास्कृतिक सम्पदाहरूलाई पर्यटकिय उपजको रूपमा विकास गर्न सकिरहेका छैनौ । लाखेनाच जस्तोसाँस्कृतिक सम्पदाले पनि नेपालको पर्यटकिय महत्वलाई जरुर उजागर गर्दछ । यस्तो अमूर्त सम्पदालाई हामीले प्रचार–प्रसार एवं संरक्षण गर्न सकेको खण्डमा आन्तरिक तथा बाह्य दुवै खाले पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ ।
नुवाकोटको लाखे नाचमा जुन बिशेषता छ, त्यसले नेपालको आन्तरिक एवं बाह्य दुवै खाले पर्यटनलाई सस्कृतिसित जोड्न महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छ । मौलिक परम्परा र सस्कृति लोप हँुदै गईरहेको वर्तमान यथास्थितिमा नुवाकोटको लाखेनाचलाई पर्यटकिय उपजको रूपमा विकास गर्न सके एकातिर हाम्रो परम्परा, कला र सस्कृतिलाई चीरकाल पर्यन्त लैजान सकिन्छ भने अर्को तर्फ ग्रामिण पर्यटन प्रवद्र्वनको अभियानलाईनै मुर्तरूप दिन सकिन्छ । त्यसैले नुवाकोटका स्थानिय बासिन्दाहरु समेतको सहभागितामा, नुवाकोट सम्पदा सम्रक्षण मन्च, जिविस–नुवाकोट, ग्रामिण पर्यटन प्रवद्र्वन मन्च – नेपाल (भिटोफ नेपाल), नेपाल टुरिजम बोर्ड र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बिच उपलब्धिमुलक सहकार्य हुन जरुरी छ । यसो गर्न सके भर्खर–भर्खर मात्र आतिथ्यको ढोका उघार्न सुरुगरेका नुवाकोटका स्थानिय बासिन्दाहरूले यथार्थमा पर्यटन ब्यावसायको महसुस गर्न र प्रत्यक्ष लाभ उठाउन सक्छन ।

Wednesday, February 05, 2014

गर्नु गर्यो जनतालाई यो 'जय नेपाल' र 'लाल सलाम' ले !



जनकमान डङ्गोल janakdangol@gmail.com
 
(तस्बिर साभार:उज्याल अनलाइन)
"आइमे मुन्च्चिले ड्राइभरको सिटा बस्नु हुन्न ! आइमे मुन्च्चिले मलामी जानु हुन्न ! आइमे मुन्छिले बयलगाडा हाक्नु हुन्न" ..आदि !
हिजो देस सम्पन्न नभए पनि सान्तिथ्यो ! एकै रथका दुइ पांग्रा बन्दै जोइ पोइ मिलेर घर गृहस्थी चलाम्थे ! सिकार खानु कि चाडबाड आउनु पर्थ्यो कि घरमा पालेको हुनु पर्थ्यो ! त्यसैलाई भनिन्थ्यो मिठो खाना ! पाखुरी खैचायेर दुखको मानु खानुको मज्जै अर्को !
यस्तै गरे बराजु देखि बा सम्मले !
'गाउँ गाउँ बाट उठ, बस्ति बस्ति बाट उठ' ! अग्रज कबि दाज्यु श्याम तमोट ज्यु भोजपुरेले जनताको चेतनाको लागि यो कबिता लेखि दिनु भयो भने अर्का दाज्यु रामेस ज्यु ले संगीत भरेर गायी दिनु भयो ! सायद यस्तै गीतको प्रभावले होला आफु भन्दा ठुला मान्यवरलाइ जम्ल्या हात जोडेर 'नमस्ते' गर्ने चलनको ठाउँमा आकास तिर मुट्ठी उचालेर 'लाल सलाम' अनि कोहि चै नमस्तेको मुद्रामा 'जय नेपाल' भन्ने चेतना चै गज्जबले आएछ !

Tuesday, February 04, 2014

बुद्धिबलमा ब्राम्हण पण्डितहरुलाई जित्ने कस्ले ?



(तस्बिर साभार:गुगलबाट)

जनकमान डंगोल janakdangol@gmail.com

भान्छा जुटाउन दाउरा चिर्न लागेकी रैछिन पण्डितनी बज्यै त्यहि बेला बन्चरो भाँच्चियो ! पण्डित बाजे जजमानकोमा जान लागेको देखेर बन्चरोको हालत देखाई दीईन ! बाजेले जजमानी गर्दै जाँदा बिचमा पुगेर भने लौ जजमान कुनै धारिलो फलामको अस्त्र दान गर्नुस’, जजमान बाठो र चुइया रैछ हत्तपत भित्र गएर दुना सियो राखेछ र भनेछ हुन्छ गुरु ? बाजेले भनेछ भए पनि हुन्छ, नभए पनि हुन्छ स्वाहा’ !
जुनसुकै वाद घोकन्ति गरे पनि मुन्छिको ब्यबहार र आचरणमा जातीय प्रभाव स्पस्ट देखिन्छ ! नेपालको समाजबाद देखि कम्युनिस्टवादहरु घोक्नेहरुको राजनीति पार्टीहरुको उपल्लो नेत्तृत्वमा ब्राम्हण कुलका महा पुरुषहरु बढी छन ! जनताको छोराछोरीको बुद्धि भुटेर भेडा बनाउदै आफु गोठालो बनेको छन र गोठालो बन्नको जति आनन्द अरु के मा आउछ ?

Friday, January 31, 2014

तिन जना सहिदहरुको थर छैन ?

-जनकमान डङ्गोल,janakdangol@gmail.com
बिगत केहि बर्ष,महिना तथा दिन देखि सामाजिक संजालको भित्ताहरु देखि पत्रपत्रिका समेतमा सहिदहरुको बिषयमा चर्चा तथा परिचर्चा हुने गर्दछ ! अझ खास गरि जब सहिद दिबस नजिकिने गर्दा सहिदको बारेमा तिब्र बहस समेत हुने गरेको देखिन्छ ! सहिदको चर्चा परिचर्चा हुनु कुनै नराम्रो कार्य हैन !
देस र जनताको लागी ज्यानको बाजी थापेर बीरगति प्राप्त गर्ने त्यस्ता महान सपुतहरुलाई दिइने मान,सम्मान,पदवी वा दर्जा नै ‘सहिद’ हो ! जे जसरि अर्थ्याए पनि देसको लागी हासिहासी प्राण उत्सर्ग गरेको ब्यक्ति ! सहिदको परिभाषा यो भन्दा अरु हुँदैन पनि होला !
नेपालको एकीकरणको बेलामा पनि असंख्य बीर सपुतहरुले ज्यानको बाजी थापेको थिए तर ति बीर सपुतहरुको नाम सहिदमा दर्ता भएन सायद त्यो बेलाको चलन नै त्यस्तै थियो होला ! नेपालमा सहिदको गणना चैँ प्रजातन्त्रको लागि ज्यानको बाजी थाप्नेहरू बाट सुरु भएको हो !
तिनै ज्यानको बाजी थाप्ने चार जना सहिदहरुको नाम त नेपाली जन मानसलाइ मुखारी होला र ति महान सहिदहरुको सम्मानमा जयन्ति पनि मनाउने गरिन्छ ! सहिद भनेर तस्बिर देखि हुलाक टिकट सम्म प्रचलित छ तर सहिदहरुको नाम नामेसी लेख्दा १ जना सहिद दसरथ चन्द बाहेक अन्य गंगालाल, धर्मभक्त,शुक्रराजको नाम मात्र लेखिएको देखिन्छ तर जात वा थर लेखिएको देखिन्न ! सायद त्यतिखेरको शासकको कमि कमजोरी होला !
त्यतिखेरकाले गल्ति गरेता पनि २०४६ साल पछिका प्रजातान्तान्त्रिक देखि गणतान्त्रिक सरकारले यो गल्ति किन दोहर्याई रहेको छ ? १ जना उच्च जातिको सहिद दसरथ चन्द बाहेक ३ जना नेवार जातिको सहिदको नामको पछाडी थर लेख्दा कुनै आपत्ति हुनु नपर्ने हो ! तर आज ‘के निउँ पाउँ कनिका बुकाऊं’ भन्ने हरुको लागी यो नामको पछाडी थर किन लेखिएन भनेर सोध्ने बाटो चैँ त्यतिखेरको देखि अहिलेको सम्मको शासकले उत्पन्न गराई दिएको छ !
यी त भए नामको पछाडी जाति वा थरिको कुरा ! हरेक पछाडी जनताको मुक्तिको लागी लडेको भनेर राग भैरबी अलाप्ने कम्युनिस्ट पार्टीले त अझ एक कदम अगाडी बढेर ति महान सहिदहरुको प्रतिमानै उखेल्ने दुष्प्रयास गरेका थिए ! सहिदको प्रतिमा उखेल्न खोज्नेले सहिद दिबस मनाउछन कि मनाउदैनन त्यो भन्न परेन !
हिजो जनता र देसको लागि नेपाली बीरले प्राणको बाजी थाप्थे तर आज व्यक्ति र पार्टी तथा दलको लागि प्राणको बाजी लगाउछन ! व्यक्ति र संस्थाको लागी मर्ने तथा मारिने व्यक्ति के कसरि सहिद भए ? अब यस तर्फ हामीले सोच्ने कि नसोच्ने ? निरंकुस पंचायती शासनले धरी गर्न नसकेको काम गर्न खोज्ने पार्टी तथा दलको लागी बेमतलबमा ज्यान फाल्नेलाइ सहिद भनेर घोषणा गर्दा देसको लागी ज्यान अर्पण गरेका ति महान आत्माहरुले कदापी शान्ति पाउदैन ! माघ १६ गते जयन्ति पर्ने सम्पूर्ण सहिदको नामको पछाडी थर पनि राखेर सरकारका सम्बन्धित निकायले गल्ति सच्याउने काम गरोस !

Wednesday, January 29, 2014

मागेर हैन खोसेर मात्र पाइन्च्च भंच्चन !

(रा.प्र.पा.नेपालका अध्यक्ष कमल थापा)
 -जनकमान डङ्गोल janakdangol@gmail.com
अस्तिको संबिधान सभाको चुनौमा मकवानपुरको राइगाउँ, बोटगाउँ अनि काठमाण्डौको बाहिरि गाउँ, नगाउँ सप्पै ठाउँमा कौरेसले चिट्ठा पारिगो ! राइगाउ देखि बोटगाम त हलो पार्टिया हुन्जेल हजुरको अछापेथो ! गाइ पार्टी बनाम्ना साथ घासां हो कि सोतरको लोभले हो कौरेसलाइ बकसपत्र गरेर देका भंच्चन ! अब ललितपुरको चापागाउँ एउटो बाकि छ ! खै त्यो पनि के देलान र !
..
क्यार्नु हुन्च्च मकवानपुरे थापाकाजि हजुरको नसिबा ७ गाम लेख्या छैन जस्तोच्च ! त्यहि पनि प्रभुको आदेस बिना यीनिहरुले चाहेर पनि दिन सक्ने हैनन क्यार ! अब हाक्काहाक्की उबेला स्व.बडामाराजले फिरिंगीलाइ देखा स्टाइला त्यो दुइनम्बरे अम्लो लैनचौर तिर देखाई दिम्न अनि देख्छन तिरिमिरी झ्याई हुने गरेर तोरीको फुल ! ति उहिलेका साम्राज्यबादी फिरिंगी र अहिलेका बिस्तारबादी हिन्दुस्थानी एकै हुन भनेर बुढापाकाहरु भंच्चन !

Monday, January 27, 2014

रसुवागढी नाका तीन देश जोड्ने सजिलो र छोटो नाका

विदुर/नेपाल र केरूङबीच लिच्छवीकालदेखि नै ब्यापारिक सम्बन्ध छ । लिच्छवी कालमा राजा अशुंवर्मा र उनकी छोरी भृकुटी स्याप|mुबेशी-रसुवागढी नाकाहुँदै घर माइती गर्ने ऐतिहासिक नाका हो । साथै नेपालको व्यापार मुख्य त रसुवागढीबाटै केरूङसँग हुँदै आएको थियो । अहिले पनि यो चीन जोड्ने तातोपानीपछि दोस्रो महत्वपर्ूण्ा नाकाको रूपमा स्थापित भएको छ । एक वर्षअघि देखि सीमा क्षेत्रमा चीनले बनाउन लागेको मितेरी पुल निर्माणमा अवरोध भएसँगै यो नाकाको विस्तारमा केह जिटिलता उत्पन्न भएको थियो ।

Sunday, January 26, 2014

'भन उपेन्द्र यादव हिन्दी भाषा कुन आमाको मातृ भाषा हो ?'

Copied From http://topnepalnews.com/


गोकर्ण अधिकारी- काठमाडौं ।
सञ्जयकुमार साहले संसदमा हिन्दी भाषामा बोल्नु त्यति चासोको विषय थिएन । तर उपेन्द्र यादव जो मधेश केन्द्रीत राजनीतिका ठिकै नेता मानिन्थे उनले समेत रातो पासपोर्ट बेचेको काण्डमा मुछिएका साहकै अनुसरण गरेर हिन्दी भाषा मोह देखाएको देख्दा भित्रैबाट लाज लाग्यो ।

विजय कुमार गच्छेद्दार जो विराटगरमा अवैध रुपमा राखिएको भारतीय महावाणिज्य दुतको अभिब्यक्रि बिरुद्ध दलहरुले बिरोध पत्र निकाल्न खोज्दा पत्रनै भारतीय दुतावास पठाएर भारत भक्ती देखाएका थिए तिनले समेत नेपालीमा बोल्दा लागेको थियो यसपटक विगतमा मतले मादिएका मधेस केन्द्रीत नेता सच्चिएर आएछन् ।

हाम्रा नुवाकोटका दाजु अर्जुन कुमार श्रेष्ठ र सुमित मैनाली ले निर्माण गरेको नेपाली कथानक चलचित्र फिटकिरी

शहरी अपराध मा आधारती नेपाली चल्चीत्र फिटकिरी यही आउदो चैत ७ गते रिलिज हुने भएको छ। रङकर्मी तथा अभिनेता अनुप बराल ले निर्देशन् गरेको उक्त सिनेमा लाई समिक्षक यगश ले लेखेका छन। केही समय अघी सम्पन्न प्रेसमिट को क्रममा निर्देशक बराल ले अफु ले यो सिनेमा कुनै ओस्कर अवर्ड र पुरस्कार जित्न को निम्ती बनायेको नभाइ आम नेपाली दर्शक लाई हल को नेपाली परीबेश र देश को यथार्थ देखौन बनायेको बताये।

गायक को रुप मा नेपाली कलाकारीता क्षेत्र मा प्रबेश गरे पनि पछील्लो समय फिल्म निर्माता को रुप मा देखा परेका अर्जुन कुमार र सुमित मैनाली ले निर्माण गरेको यस चल्चीत्र मा दिया मास्के, सौगात मल्ल, निस्चल बस्नेत,

Saturday, January 25, 2014

मुखारी शासन !


२०४८ सालको आम निर्वाचनमा जनताले अत्याधिक बहुमत नेपाली कांग्रेसलाई दिएकै हो तर जनताको माया कांग्रेसलाई किन पच्थ्यो र सुरु भयो पार्टी भित्र गुटबन्दी ! छत्तीसे र चौहत्तरे बने ! आफनै पार्टीको बहुमतको सरकार हुँदाहुँदै दुइ बर्षमै सरकार बिघटन गरेर मध्यावधि निर्वाचन गर्ने बहादुरहरु अहिले पनि सिना तानेर हिन्दैछ्न ! नैतिकता,लाज,सरम मानौ तिनीहरुको शब्दकोषमा पर्दैन क्यार !
२०५१ सालको मध्याबधी निर्वाचन पश्चात पहिलाको बहुमतको कांग्रेस पार्टी दोश्रो स्थानमा अनि पहिलाको दोश्रो एमाले पार्टी पहिलो स्थानमा भएता पनि एमाले पार्टीले पूर्ण बहुमत नपुगेर अल्पमतको सरकार त बनायो तर अल्पमतको सरकारले देसमा पहिलो पटक राम्रो काम गरेको पाच्य नभएर नौ महिनामै सरकार गिराउने काम भो !
अल्पमतको सरकारले दोश्रो मध्यावधि निर्वाचन घोषणा गर्दा कानुनका व्याख्याताहरुले कानुनका धारा, उपधारा, दफा, उप दफा देखाएर मध्यावधि गर्न दिएनन !
यी भए इतिहास बनिसकेको उहिलेका कुरा ! तर उक्त घटनाहरु बाट सिकेर नै होला त्यस पश्चात
‘इन कुरा ठिक साँचो हो’ भन्दै अप्रिय दागवाला व्यक्तिलाइ जे जुन सुकै नियतले पहिला जानाजानी नियुक्ति गर्यो ! जब विरोधले सगरमाथा छुन्छ अनि सरोकार पक्षले निउरीमुन्टी ‘न’ हुँदै त्यो इन कुराको अगाडी ‘हो’ थपेर होइन ... कुरा ठिक साँचो हो भनेर बनाएर बर्खास्त गरि दियो !
शिक्षण अस्पतालको हालको ताजा घटनालाइ बिश्लेष्ण गरेर हेर्ने हो भने बिरोध शान्त पार्न केहि समयको लागि डाक्टर ससी शर्मालाई बर्खास्त गरेको त देखियो तर कुन ऐन र नियममा टिकेर पहिला नियुक्ति दीइयो र पछी कुन ऐन नियमको आधारमा बर्खास्त गरियो अब यो बहसको बिषय बन्न सक्छ किनभने डाक्टर शर्माले 'म राजिनामा दिन्न कि त मलाइ सम्मानजनक स्थान दीइयोस या त्यसको लागि अन्यत्र सरुवा गरियोस' भन्ने आग्रह गर्दा गर्दै पनि किन र कसरि जबर्जस्ती बर्खास्तको कारबाही गरियो !
कानूनको नजरमा सबै बराबरी हुन्छ ! अब तत्कालको लागी मामला शान्त भयता पनि भोलि पिडित डाक्टर ससी शर्माले सर्बोच्चको ढोका ढकढक्याएको खण्डमा न्यायमूर्तिले कानुनको धारा, उपधारा, दफा र उप दफा केलाउना साथ पिडित डाक्टर शर्माले पुनर्बहाली नपाउला भनेर भन्न सकिदैन ! किनभने कि पहिलेनै नियुक्ति दिनु हुँदैनथ्यो तर यो व्यक्तिलाइ नियुक्ति दिंदा आपत्ति छैन भनेर बहुमतले सदर गरेर दिएको नियुक्तिलाई सरकार प्रमुखको ठाडो आदेशमा निर्णय उल्ट्याउन मिल्छ ? यसो गर्दा कानूनको उपहास भयो कि भएन ?
त्यसैले देसमा प्रजातन्त्र स्थापना भएको २४ बर्षको घटनालाइ बिश्लेष्ण गरेर हेर्दा मलाइ ‘मह’ जोडीले पंचायतकालमा उत्पादन गरेको अंशबन्डा प्रहशनको “....इन कुरा ठिक साँचो हो” भन्ने शब्दको अगाडी हो थपेसी बन्ने वाक्य “हो...इन कुरा ठिक साँचो हो” भने झैँ लागी रहेको छ !
२०७० माघ ९ गते बिहिबार !
- See more at: http://janakdangol.blogspot.com/2014/01/blog-post_23.html#more

छिटो भएन बैद्यबा ?

(ब्लगर:जनकमान डङ्गोल)
बिनोद चौधरी अर्थात नेपालको खर्बपति ! नेपालको दोश्रो चाउचाउ कम्पनि लगायत विभिन्न कम्पनिको मालिक ! विश्वमै बद्नाम GM food लाइ मोसान्टो नामाकरण बाट विभिन्न बिउ बिजनलाई नेपाल सरकारले समेत देसमा भित्र्याउन हिम्मत नगरेको बेलामा तरल राजनीतिको फाइदा उठाउँदै भित्र्याउन सफल भएका रहेछन ! एक कान, दुइ कान, मैदान हुँदै जब उनको योजना मिडिया मार्फत छताछुल्ल भो त्यस पश्चात सुरु भो पत्रपत्रिका देखि सामाजिक संजाल समेतमा बिरोधको सिलसिला ! अन्त्यमा बाध्य भएर म अब देखि त्यो बिउ बेच्दिन भन्ने बक्तब्य निकाल्नु पर्यो ! यो त भयो आज भन्दा केहि महिना अगाडी सुरु भएको घटनाक्रम !



जिशिअकेा कार्यकक्षमा सामाजिक सम्बाद समितिकेा बैठक। जिल्लामा देखिएका समसामयिक मुद्दाहरूकेा निरूपण गर्न शिक्षकका पेशागत संघ संगठनका प्रमुख। प्रतिनिधी तथा सरेाकार पक्ष संग सैाहाद्रपूर्वक छलफल गरी निस्कर्षमा पुग्ने अनुकरणीय परम्परा नुवाकेाटमा पाइन्छ। 

Friday, January 24, 2014

डा. गोविन्द केसीले १४ दिनमा अनशन तोडे


१० माघ, काठमाण्डौ । चौध दिनपछि डा. गोविन्द केसीले अनसन तोडेका छन् । केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार भएपछि शुक्रवार केसीले अनशन तोडेका हुन् ।
हाडजोर्नीकी विरामी भक्तपुरकी  ७ वर्षीया बालिका एलिशा थापाको हातवाट जुस खाएर डा. केसीले अनशन तोडेका हुन् । शुक्रवार स्वास्थ्य मन्त्रालयमा सरकार र नेपाल चिकित्सक संघको छलफलवाट सहमतिलाई अन्तिमरुप दिएपछि केसीले अनशन तोड्न सहमत भएका हुन् ।
छलफलमा सरकार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीन बरिष्ठताका आधारमा गर्ने सहमति छ ।

Thursday, January 23, 2014

Kakani famous Hiking Place in Nepal

Kakani केन्द्रीय Nepal.Kakani को बागमतीमा 29 किलो मीटर काठमाडौं उपत्यकाका उत्तर पश्चिम स्थित छ मा नुवाकोट जिल्ला मा एक गाँउ विकास समिति हो । हामी मात्र काठमाडौं शहर देखि बस , कार , बाइक दुई घण्टा भित्र kakani पकड गर्न सक्छन् । Kakani देखि निशान graveled मोटर सक्षम बाटोमा पूर्वतिर जान्छ । सम्पूर्ण निशान भीड धेरै पिकनिक स्पट र बाटो मा सानो गाउँमा देख्न सकिन्छ जहाँ एक तह बाटोमा जान्छ । हामी त्यहाँ पुग्नु भन्दा पहिले हामी बारे में 20 मिनेट उकालो चढ्नु संग Bhanjyang बारे में तीन घण्टा लागि वृद्धि । वरपरका को शांति तपाईं धेरै खुशी दिन्छ र अन्नपूर्ण ,

सुनले बढायो डलरको कालोबजारी....................


काठमाडौ, माघ ९ - सुन तस्करीका कारण अमेरिकी डलरको कालोबजारी अकासिएको छ । अवैध रूपमा सुन आयात गर्न कारोबजारीले अनौपचारिक बजारबाट किन्ने भएकाले डलरको भाउ बढाएको हो ।
केही समयदेखि डलर विनिमय दर ९८ र ९९ रुपैयाँ हाराहारीमा रहे पनि अनौपचारिक बजारमा १ सय ७ पुगेको हो । भटाभट सुन बरामद हुन थालेपछि फेरि डलरको अनौपचारिक भाउ १ सय ५ मा झरेको छ । 'अन्तर्राष्ट्रिय बजार, सुन र डलरको अन्तरसम्बन्ध हुन्छ । सुन तस्करीको पछिल्लो अवस्था थाहा पाउन हुन्डीमा चलिरहेको डलरको भाउ र बैंकको विनिमय दर हेरे पुग्छ,' एक व्यवसायीले भने । सुन तस्करीको स्वर्ण काल मानिने २०५४/५५ सालमा डलर पि्रमियम १० रुपैयाँसम्म बढेको थियो । 'डलरको भाउ घटेपछि सुनका लागि पैसा पठाउने क्रम रोकियो वा घट्यो भन्ने बुझ्नपर्छ,' तिनले भने, 'भाउ बढे पठाउने क्रम सुरु भएछ भन्ने बुझिन्छ ।'

खुल्यो सुब्बाको जागिर






लोकसेवाको परीक्षा दिएर निजामती सेवामा प्रवेश गर्न चाहनेहरूलाई एउटा अवसर छ। लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा पदको विज्ञापन खोलेको छ। आगामी वैशाख २६ र २७ गते हुने परीक्षाका लागि आयोगले देशका पाँचै विकास क्षेत्रका परीक्षा केन्द्रको विज्ञापन प्रकाशित गरेको हो। लोकसेवा आयोगको वाषिर्क कार्यतालिकाअनुसार नायब सुब्बापदका लागि पुस महिनामा विज्ञापन प्रकाशित गरी वैशाखमहिनामा परीक्षा सञ्चालन तथा कात्तिक महिनामा लिखित परीक्षाको नतिजा प्रकाशित हुन्छ। त्यस्तै मंसिर महिनासम्ममा पदस्थापना गर्नुपर्छ। 

तस्बिर हरु !


 
Blogger Templates