१४५ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको अर्किड एकेडेमीले बर्षा हुनु अघि ११.१ ओभरमा मात्र ६० रन बनाउन सफल रह्यो । बर्षा बाधक भए पछि डर्क वर्थ लेविस नियम अनुसार रनभूवनेश्वरीे विजयी भयो । ब्याटिङ्ग तर्फ अर्किडका करन गजुरेल र सुनिल सापकोटाले क्रमशः १४ र २१ रन बनायो । बलिङ्ग तर्फ राजेश रिमालले ४ विकेट लिए साथै आजको यस खेलको म्यान अफ द म्याच पनि घोषित भए । आजको म्यान अफ द म्याचलाई क्रिकेट प्रेमी श्री विनय प्रसाद लामिछाने ट्रफि तथा नगद हस्तान्तरण गर्नु भएको थियो ।
आजको यस उद्घाटन कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्री उमेश कुमार ढकालको प्रमुख आतिथ्य र नुवाकोट क्रिकेट संघका अध्यक्ष श्री केशब मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथीको रुपमा नेपालका पूर्व कप्तान तथा नेपाल प्रहरीका कोच श्री राजु बस्नेत, नेपाल क्रिकेट एकेडेमीका कोच श्री करिम अलाम, नेपाल महिला क्रिकेटका पूर्व कप्तान श्री निरा राजेउपाध्याय, नेपाल महिला क्रिकेटका सदस्यहरु र कोच प्रमोद बोहराको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी उमेश कुमार ढकाल, जिल्ला खेलकुद परिषद्का अध्यक्ष श्री बुद्धि बहादुर प्रधान, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजन श्रेष्ठ, नेकपा एमालेका प्रतिनिधी नरेन्द्र प्रधान लगायतले आफ्नो मन्तब्य राख्नु भयो । प्रतियोगिता भाद्र २५ गते देखि आश्विन ८ गते शुक्रबार सम्म संचालन हुने संघका सदस्य श्री विराटमान सिंह डंगोलले जानकारी गराउनु भयो ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल |
Ex Captain Female: Nira Rajoupadhya, National Cricket Academy Coach: Karim Aalam and APF Coach Raju Basnet |
नुवाकोट क्रिकेट संगका अध्यक्षको हातबाट जिल्ला खेलकुद परिषदका अध्यक्ष बुद्धि ब। प्रधान मायाको चिनो ग्रहण गर्दै |
नुवाकोट क्रिकेट संगका अध्यक्षको हातबाट नुवकोट उद्योग बाणिज्य संघका अध्यक्ष श्री राजन लाल श्रेष्ठ मायाको चिनो ग्रहण गर्दै |
Add caption |