आम नेपाली जनहरुको लागि कालो अनी कहाली लाग्दो दिन । सायद कसैले पनि त्यसको दोह¥याएर परिकल्पना गर्न चाहन्न् होला । कोही पनी पुनः उक्त दिनलाई सम्झन पनि चाहदैनन् । गोरखाको बारपाक थियो त्यस दिनको केन्द्र विन्दु तर हाम्रो नुवाकोट जिल्ला पनि त्यसबाट अछुतो हुन भने सकेन । गाँउ बजारका वस्तीहरु विस्तारै विकास हुदै तङ्ग्रीदै छन् तर नुवाकोट जिल्लाको एउटा साँस्कृतिक धरोहरको रुपमा रहेको यस दरवार क्षेत्र वरपरका मन्दिर, महलहरुको दुर्दशाले अझै पनि बैशाख १२ को झल्को दिइरहेको भान हुन्छ । बल्ल तल्ल भैरवी मन्दिरको पुर्ननिर्माण कार्य हुदैछ त्यहि पनि सुस्त गतिमा कहिले सम्पन्न हुने थाहा छैन ।
दरवार क्षेत्र वरीपरी रहेका कलात्मक शैलीका मन्दिर, महल, दरवारहरु भूकम्पले बनाएको क्षेत विक्षत अबस्थाबाट अझ कुरुप हुदै ढल्ने दिन गन्दै बसिरहेको भान हुन्छ, जब हामी दरबार क्षेत्र भित्र पाइला टेक्छाँै । जिल्ला भित्र अनेकन स्वदेशी तथा विदेश संघसंस्था कर्मचारीमा पैसाको खोलो बगाई निर्माण, सहयोगको नाममा ब्रह्मलुट गर्दै सम्वन्धित पिडितको भागमा भने सुक्को भेटिने गरेको छैन । पैसा अरबौ आएका छ तर स्टार होटलहरुमा बैठक, भेटघाट र कम गुणस्तर युक्त सामानलाई बजार मुल्य भन्दा वढी बनाई खान पल्केका छन् आजकल । यसरी गरिनुको साटो कुनै संघसंस्थाहरु मिलेर नुवाकोटको धरोहरको रुपमा रहेको यस दरबार क्षेत्रलाई केही सहयोग गरी राहत त प्रदान गर्न सकिन्थ्यो होला नी?
पद ओगट्नका लागि मरिहत्ते गर्ने ब्यक्तिहरु पदमा पुगेपछि के का लागि पुगेको भनेर आफ्नो हैसियत समेत विर्सने गर्दछन् होइन भने जिल्लामा गठन भए गरेका विभिन्न संघसंस्थाहरु, नागरिक समाजहरु के हेर्दै छन् त ती दरबार क्षेत्रको अन्तिम विर्सजनको अवस्था हेरेर? समयमै जिम्मेवार पक्षको ध्यान गए भए बचेका सम्पदाका कलात्मक बस्तुहरुको सुरक्षा गर्न सहज हुने थियो होला?