Social Icons

Pages

Saturday, June 11, 2016

अन्तर विद्यालय स्तरिय एथलेटिक्स च्याम्पियनसीप क्षेत्रपाल उ.मा.वि. चौघडालाई

नेपाल एथलेटिक्स एसोसियन, नुवाकोटको आयोजनामा अन्तर विद्यालयस्तरिय एथलेटिक्स च्याम्पियनसीप २०७३ सम्पन्न भएको छ । नुवाकोट जिल्लामा केही समय देखि सुस्त भएका एथलेटिक्स र आर्थिक अभावका बावजुत पनि प्रतियोगिता गरी अब जिल्लामा निरन्तर प्रतियोगिताहरु भै रहने कुराको जानकारी गराउनु भयो ।
प्रतियोगितामा जिल्ला भरका निजी तथा सरकारी गरी १२ ओटा विद्यालय सहभागी भएका थिए । विहान भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष श्री तारा बहादुर कार्कीको प्रमुख आतिथ्यमा एसोसीयनका अध्यक्ष नारायण लाल श्रेष्ठको सभापतीत्व तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको बिषय आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा १०० मिटर ४०० मिटर महिला पुरुष दौड, १००÷४०० मिटर महिला पुरुष रिले, शटपुट र ज्याभलिङ्ग थ्रो महिला पुरुष र महिला पुरुष ३ कि.मी. दौड सम्पन्न भएको थियो । नारायण लाल श्रेष्ठको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधान, नेकपा माओवादी केन्द्र का लिलानाथ न्यौपाने, राप्रपा नेपालका विष्णु प्र. सापकोटा, राप्रपाका रामकृष्ण भट्ट, जिल्लाका प्रहरी नायब उपरिक्षक, सैन्य तालिम केन्द्रका सहायक गणपति सुरेश देवकोटा, नु.आ.ब.क्याम्पसका प्रमुख नारायण लाल डंगोल, नुवाकोट पत्रकार संघका अध्यक्ष प्रकाश अधिकारीको विशेष आतिथ्यता तथा नेपाली कांग्रेस जिल्ला सभापती श्री जगदिश्वर नरसिंह के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रतियोगितामा सभापती, प्रमुख अतिथी, अतिथी, विशेष अतिथी लगायतले मन्तब्य राख्नु भएको थियो ।
प्रतियोगितामा ३ कि.मी. दौड तर्फ पिमलटार मा.वि. तारुकाका विजय श्रेष्ठ प्रथम, रणभुवनेश्वरी उ.मा.वि. देवीघाटका बाबुराम माझी द्धितिय तथा क्षेत्रपाल उ.मा.वि. का चन्दन प्याकुरेल तृतीय भएका थिए । महिला तर्फ जे.डि. बोर्डिङ्ग स्कूलका सुजिना तमाङ्ग, च्वाडी उ.मा.वि.का दिपा तमाङ्ग र क्षेत्रपाल उमावि का सुस्मिता राई क्रमशः प्रथम, द्धितिय र तृतिय भएका थिए ।
प्रतियोगितामा विभिन्न विद्याका प्रथम द्धितिय र तृतीयलाई अतिथी विशेष अतिथीज्यूहरुले मेडल तथा प्रमाण पत्र वितरण गर्नु भएका थियो ।

मार्चपासमा उत्कृष्ठ प्रदर्शन गरेबापत श्री भीमसेन माध्यामिक विद्यालयलाई शिल्ड तथा प्रमाण पत्र सैन्य तालिम केन्द्र, नुवाकोटका सहायक गणति सुरेश देवकोटाले वितरण गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमका विशेष अतिथी प्रहरी नायब उपरिक्षक.ज्यूको हातवाट कन्सोलेसन पुरस्कार श्री यूनाईटेड नि.मा.वि.ले तथा १ वटा स्वर्ण, २ वटा कास्य र ३ वटा रजत गरी तृतीय टिम च्याम्पियन श्री जेडि बोर्डिङ्ग स्कूले प्राप्त गरेका थिए । त्यसैगरी २ स्वर्ण, २ रजत र १ कास्य गरी श्री गणेश सूर्य प्राथमिक विद्यालयले द्धितियको शिल्ड तथा पुरस्कार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको हातबाट प्राप्त ग¥यो । त्यसैगरी उत्कृष्ट प्रदर्शन गरेका क्षेत्रपाल उमावि, चौघडाले १० वटा स्वर्ण, १ वटा रजत र ४ वटा कास्य गरी प्रथम स्थान हाँसिल ग¥यो । टिम च्याम्पियन प्रथमको ट्रफि कार्यक्रमका प्रमुख अतिथीज्यू ने.का. जिल्ला सभापती श्री जगदिश्वर नरसिंह के.सी. ले प्रदान गर्नु भएको थियो ।
यस कार्यक्रम पश्चात अब बर्षमा ४ वटा प्रतियोगिता निरन्तर हुने कुरा एसोसियसनका अध्यक्षले बताउनु भयो ।




















 
Blogger Templates