वन देवीघाट, नुवाकोटको समुद्घाटन समारोहमा माननीय शहरी विकास मन्त्री श्री अर्जुन नरसिंह केसी ज्यूले यो एक आध्यात्मिक संस्था ज्ञान ध्यानको माध्यमवाट नेपालको ७५ जिल्लामा लाखौ ब्यक्तिहरुलाई शान्ति र अहिंसाको मार्ग देखाएर राष्ट्रमा शान्ति अमन चयनमा अहम भूमिका निर्वाह गरेको आफ्नो बिचार ब्यक्त गर्नुभयो ।
नेपालको निर्देशक ब्रह्मकुमारी राजयोगीनी राजदिदी ज्यूले यस राजयोगको ज्ञानबाट धेरै ब्यक्तिहरुमा परिवर्तन आएको, यस्तो कलीयुगको समयमा संसारमा परमपिता परमात्मा भगवान शिवको अवतरण पश्चात आध्यात्मिक ज्ञान दिनु भयो र जसबाट भगवान आएर जाती, धर्म र परिवार छोड्न सिकाएन । घर परिवारमा बसेर राजयोगको अभ्यास गर्न सिकायो । र सबै आत्मा भाईचाराको पाठ सिकाउनु भयो । उक्त ज्ञानवाट जाँड, रक्सी, चुरोट मांसाहारी सहज तरिकाले त्यागेको र त्यस परिवारमा सुखको माहोल छाएको देखियौ । यस्तो परिवार पनि देख्यौ जाँड, रक्सी खाएर परिवार भित्र अशान्त मच्चाएर परिवारलाई दुःखि बनाएका थिए त्यस्ता ब्यक्तिहरुले यस राजयोगको अभ्यासबाट छोड्न सफल भएको पनि देख्यौ । यस राजयोगको अभ्यासबाट नैतिकवान, चरित्रवान र मुल्यवान बनेको देखेको कुरा उहाँले ब्यक्त गर्नुभयो ।
काठमाण्डौ केन्द्रबाट पाल्नु भएका बरिष्ठ राजयोगी ब्रह्मकुमार राम सिंह ऐर, बरिष्ठ राजयोगी तिलक बहादुर शाही, चितवनबाट ब्रह्मकुमार अर्जुन श्रेष्ठ, मकानपुरवाट ब्रह्मकुमार विजय राज सिग्देल, देवीघाट जेष्ठ नागरिक प्रतिस्ठान अध्ययन केन्द्रका अध्यक्ष श्री विष्णु नेपाल र श्री रणभूवनेश्वरी उच्च माध्यामिक विद्यालयका निर्वतमान प्राचार्य शम्भू प्रसाद शर्मा, ब्रह्मकुमार रामनाथ पण्डित, प्रेम थापा लगायतका ब्यक्तिहरुले आ–आफ्नो शुभकामना तथा विचार ब्यक्त गर्नुभयो ।