Social Icons

Pages

Thursday, December 22, 2011

स्वेच्छिक अबकास रोज्ने लडाकूलाई शिविरबाट विदा गरः कांग्रेस


६ पुस, काठमाडौं । नेपाली कांग्रेसले सातबुँदे सहमति अक्षरश कार्यान्वयन गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले सातबुँदे सहमति अनुसार शान्ति प्रक्रिया अघि नबढेको भन्दै सरकार र माओवादीको ध्यानाकषर्ण गराएको छ ।

बैठकले अवरुद्ध लडाकू समायोजन तथा पुनःस्थापना प्रक्रिया सुचारु गर्न र स्वेच्छिक अबकास रोज्ने लडाकूहरुलाई शिविरबाट विदा गर्न माग गरेको छ । ‘अहिले शान्ति प्रक्रिया अवरुद्ध भएको छ, समायोजन र पुनःस्थापनको काम हुन सकेको छैन, कब्जा सम्पत्ति फिर्ता भएको छैन’ संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशीले भन्नुभयो-’सातबुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका छौं ।’

मर्दको इच्छामा चले महिला सधै नांगै : पूनम पाण्डे

आफ्ना बोल्ड तस्वीर, भिडियो तथा भनाइहरुका कारण बारम्बार तहल्का मच्चाइरहने भारतीय किंगफिसर मोडेल पूनम पाण्डेले फ्यानहरुलाई फेरी अर्को पासा फालेकी छिन् । यो पाला उनले उत्तेजक अभिव्यक्ति दिएर चर्चा बटुल्ने प्रयास गरेकी छिन् ।

माइक्रो ब्लगिङ साइट टि्वटरमार्फत आफ्नो स्टेटमेन्ट सेयर गर्दै पूनमले पुरुषहरुको मानसिकतामा कटाक्ष गरेकी छिन् । उनले लेखेकी छिन्, ‘महिलाहरु पुरुषलाई देखाउनका लागि राम्रा कपडा पहिरिँदैनन्, उनीहरु त आफ्नो खुसीका लागि राम्रा कपडा लगाउँछन् ।’ पूनम अगाडि लेख्छिन् ‘महिलाले राम्रा कपडा लगाउादा कोही पुरुषलाई जलन हुनसक्छ । तर यदि महिला पुरुषको इच्छा बमोजिम चल्नेहो भने त सधैभरी उनी नांगो रहनुपर्छ ।’

हेरौँ पूनमको यो कटाक्षप्रति पुरुषहरुले कसरी प्रतिक्रिया दिनेहुन् ।
http://www.youtube.com/watch?v=F4ZFYF_2s5A&feature=related

Caller Ringback Tone

मन्त्रीका ड्राइभरलाई टेलिकमको तलब

७ पुस । सूचना तथा सञ्चारमन्त्री जेपी गुप्ताको निजी सचिवालयमा नियुक्त चार सवारी चालकको तलब टेलिकमले तिर्दै आएको खुलासा भएको छ ।

हलुका सवारी चालक दपमा नियुक्त चारजनाको तलब विगत तीन महिनादेखि टेलिकमले तिर्दै आएको छ । मन्त्रीले आफ्नो सचिवालयमा नियुक्त गरेका कर्मचारीको तलब मन्त्रालयले नै उपलब्ध गराउँछ । मन्त्री गुप्ताले भने उनीहरुलाई तलब स्वरुप रकम दिन टेलिकमलाई दबाब दिने गरेको स्रोतले जनाएको छ ।

मन्त्रीले टेलिकमबाट तलब पाउने गरी राजकुमार लामा, प्रकाश अग्रवाल, मुसहरु यादव र अर्जुन सुवेदीलाई हलुका सवारी चालकमा नियुक्ति दिएका छन् । मंसिरको तलब सुविधा दिन मन्त्री गुप्ताका निजी सचिव नारायणप्रसाद मैनालीले मंगलबार मात्र टेलिकमलाई निर्देशन पत्र पठाएका छन् ।

आजको नागरिक दैनिकमा छापिएको समाचारमा अगाडि लेखिएको छ, टेलिकमले तीन महिनादेखि चारैजनालाई मासिक ८ हजारका दरले तलब दिँदै आएको छ । यीमध्ये कुनैपनि ड्राइभर होइनन्, मन्त्रीनिटक कार्यकर्तामात्र हुन् । मन्त्रालयले टेलिकमबाट ६ वटा गाडी र मिनरल वाटरसमेत लैजाने गरेको कर्मचारीहरुले दाबी गरेका छन्
 
Blogger Templates