Social Icons

Pages

Thursday, December 22, 2011

मन्त्रीका ड्राइभरलाई टेलिकमको तलब

७ पुस । सूचना तथा सञ्चारमन्त्री जेपी गुप्ताको निजी सचिवालयमा नियुक्त चार सवारी चालकको तलब टेलिकमले तिर्दै आएको खुलासा भएको छ ।

हलुका सवारी चालक दपमा नियुक्त चारजनाको तलब विगत तीन महिनादेखि टेलिकमले तिर्दै आएको छ । मन्त्रीले आफ्नो सचिवालयमा नियुक्त गरेका कर्मचारीको तलब मन्त्रालयले नै उपलब्ध गराउँछ । मन्त्री गुप्ताले भने उनीहरुलाई तलब स्वरुप रकम दिन टेलिकमलाई दबाब दिने गरेको स्रोतले जनाएको छ ।

मन्त्रीले टेलिकमबाट तलब पाउने गरी राजकुमार लामा, प्रकाश अग्रवाल, मुसहरु यादव र अर्जुन सुवेदीलाई हलुका सवारी चालकमा नियुक्ति दिएका छन् । मंसिरको तलब सुविधा दिन मन्त्री गुप्ताका निजी सचिव नारायणप्रसाद मैनालीले मंगलबार मात्र टेलिकमलाई निर्देशन पत्र पठाएका छन् ।

आजको नागरिक दैनिकमा छापिएको समाचारमा अगाडि लेखिएको छ, टेलिकमले तीन महिनादेखि चारैजनालाई मासिक ८ हजारका दरले तलब दिँदै आएको छ । यीमध्ये कुनैपनि ड्राइभर होइनन्, मन्त्रीनिटक कार्यकर्तामात्र हुन् । मन्त्रालयले टेलिकमबाट ६ वटा गाडी र मिनरल वाटरसमेत लैजाने गरेको कर्मचारीहरुले दाबी गरेका छन्

No comments:

 
Blogger Templates