Social Icons

Pages

Thursday, December 22, 2011

स्वेच्छिक अबकास रोज्ने लडाकूलाई शिविरबाट विदा गरः कांग्रेस


६ पुस, काठमाडौं । नेपाली कांग्रेसले सातबुँदे सहमति अक्षरश कार्यान्वयन गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले सातबुँदे सहमति अनुसार शान्ति प्रक्रिया अघि नबढेको भन्दै सरकार र माओवादीको ध्यानाकषर्ण गराएको छ ।

बैठकले अवरुद्ध लडाकू समायोजन तथा पुनःस्थापना प्रक्रिया सुचारु गर्न र स्वेच्छिक अबकास रोज्ने लडाकूहरुलाई शिविरबाट विदा गर्न माग गरेको छ । ‘अहिले शान्ति प्रक्रिया अवरुद्ध भएको छ, समायोजन र पुनःस्थापनको काम हुन सकेको छैन, कब्जा सम्पत्ति फिर्ता भएको छैन’ संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशीले भन्नुभयो-’सातबुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका छौं ।’


बैठकले तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको हत्याको विषय सदनमा उठाउने निर्णय गरेको छ । कारागारमै कैदीहरुको आक्रमणमा परि मृत्यु भएका पौडेललाई सहिद घोषणा गर्न र उनीसहितका कार्यकर्तामाथि लागेको हत्या अभियोग फिर्ता लिन माग गर्दै कांग्रेसले भोलि संसद अबरुद्ध पार्ने बताएको छ ।

बैठकमा १७ जना सभासदले राज्य पुनःसंरचनाबारे आ आफ्नो धारणा राखेका छन् । केन्द्र र प्रदेशको अधिकार तथा राज्य पुनःसंरचनको आधार समथ्र्य र पहिचानबारे छलफल भएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । सभासदहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले अर्को बैठक पुष ११ गते बोलाइएको छ ।

No comments:

 
Blogger Templates