मैले त यो सेवाको उपभोग गर्न पाएको थिए ।
नेपाल सरकारको कानमा कसैले फुकि दिने हो की हामी नेपाली आफ्नै श्रोतको उपभोगमा पेट्रोलियम पदार्थको प्रयोग विना पनि बिकल्पहरुका साथ बाच्न सक्छौ भनेर प्रसंग तत्कालिन प्रधानमन्त्री मरिचमान सिंह थिए जुन बेला अहिले भन्दा क्रुर र कठिन नाकावन्दी लगाएको थियो भारतले २०४५ – ०४६ सालमा । त्यसबेला जसोतसो जोहो गरेको थियो इन्धनको । त्यसबेला यातायातका लागि चीन सरकारको सहयोगमा स्थापित विध्युतीय ट्रलिबस काठमाडौको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायक सम्म चल्थ्यो । यी मरिचमानको देहावसानमा राज्यले पूर्वप्रधानमन्त्रीको सम्मान दिएन र उपचार खर्चमा समेत कञ्जुस्याईं गर्यो । २०७०साउन ३१ मा उनको देहावसान भएको खबर धेरै नेपालीले थाहा पनि पाएनन् ।इतिहासमा यस्तो पनि हुँदो रहेछ । आज हामी आम नेपालीलाई इनै मरिचमानको खाँचो छ । जसले देशका लागि परेको खण्डमा बाधा व्यवधानको समाधान खोज्न तर्फ अग्रसर हुन्छ । जसले आम नेपाली जनतालाई जस्तोसुकै परिस्थीतमा पनि राहतको सास फेर्न सफल भएका थियो ।