Saturday, October 29, 2016
दोश्रो नक्षत्र सुपरसिक्सको उपाधी देवीघाट जालपा यूथ क्लव, देवीघाटलाई
आज कात्र्तिक १३ गते भएको दोश्रो नक्षत्र सुपर सिक्स क्रिकेट प्रतियोगिताको फाईनलमा सचेतन समाज यूथ क्लव विदुरलाई पराजीत गरी देवीघाट जालपादेवी यूथ क्लवले जिती दोश्रो पटक उपाधी हात पारेको छ ।
टस जितेर ब्याटिङ्ग गरेको देवीघाटले निर्धारीत ५ ओभरमा ३ विकेट गुमाएर ९१ रनको विशाल योगफल तयार ग¥यो । देवीघाटका तर्फबाट राजेश रिमाल र विकास चित्रकारले क्रमशः २९ र २३ रन बनायो ।
निर्धारीत ५ ओभरमा ९२ रनको विशाल योगफल पछ्याएको विदुरको टिम भने जम्मा ३७ रनमै समेटियो । विदुरका विशाल लामिछानेले १५ रन बाहे अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेन । देवीघाटका तर्फबाट बलर राजेश रिमालले २ विकेट लिन सफल भए ।
कार्यक्रमको सभापतित्वको आसन ग्रहण नक्षत्रका अध्यक्ष श्री ओम प्रकाश श्रेष्ठ ज्यूले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथी नुवाकोट उद्योग बाणिज्य संघका महा सचिव दिपक कायस्थ ज्यू, विशेष अतिथी नुवाकोट क्रिकेट संघका अध्यक्ष केशब मिश्र तथा नुवाकोट क्रिकेट संघका सचिव तथा नुवाकोट उद्योग बाणिज्य संघका सदस्य श्री दिनेश कुमार श्रेष्ठ ज्यूले गर्नु भएको थियो ।
कार्यक्रममा मन्तब्यका क्रममा विशेष अतिथी दिनेश कुमार श्रेष्ठले नुवाकोट जिल्लामा जति पनि क्रिकेट सम्वन्धि कृयाकलापहरु भै रहेको छ त्यसमा नक्षत्र स्पोर्टस् क्लवको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग रहेकोले खुसि ब्यक्त गर्नु भयो । नुवाकोट जिल्ला पनि क्रिकेटको उज्वल भविष्य तर्फ उन्मुख रहेको हुनाले यस्ता प्रतियोगिताहरु निरन्तर भएमा खेलाडीहरुलाई पनि प्रोत्साहन मिल्ने कुरा उहाँले बताउनु भयो । त्यसै गरी नुवाकोट क्रिकेट संघका अध्यक्ष केशब मिश्रले आगामी दिनहरुमा नुवाकोट क्रिकेट संघको संयोजकत्वमा अन्य विभिन्न किसिमका प्रतियोगिताहरु संचालन गरी नुवाकोट जिल्लालाई क्रिकेटमार्फत देश भरी चिनाउने लक्ष्य रहेको बताउनु भयो ।
मन्तब्यकै क्रममा कार्यक्रमका प्रमुख अतिथी दिपक कायस्थ ज्यूले जुन रुपमा नुवाकोटमा क्रिकेट सम्वन्धि गतिविधी भई रहेको छ त्यो खेलाडीहरुका लागि अप्रयाप्त भएता पनि नक्षत्रले उक्त प्रतियोगिताको खाडललाई केहि हद सम्म भए पनि पुर्न सफल भएकोमा खुसि ब्यक्त गर्नुुभयो । उहाँले जिल्लामा त्यस्ता धेरै प्रतिभाहरु छन् जुन उचित समयको खोजीमा रहेकोले नुवाकोट क्रिकेट संघ, खेलकुद विकास समिति, नुवाकोट लगायत स्थानिय स्तरमा रहेको विभिन्न संघ संस्थाहरुको आपसी समन्वयले मात्र उक्त खाडल परिपूर्ति गर्न सकिने कुरा बताउनु भयो । प्रतियोगितामा खेलाडीहरुले देखाएको उत्साह प्रति उहाँले सम्पूर्ण खेलाडीहरुको खुलेर प्रशंसा पनि गर्नु भयो ।
प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरे बापत दवीघाट जालपा यूवा क्लवका दिनेश चित्रकारले उत्कृष्ठ खेलाडी घोषित भयो । उहाँले कार्यक्रमका विशेष अतिथी तथा नुवाकोट क्रिकेट संघका अध्यक्ष केशव मिश्रले प्रमाण पत्र, मेडल तथा कप प्रदान गर्नु भयो ।
प्रतियोगितामा द्धितिय भएका सचेतन समाज यूवा क्लव विदुरलाई विशेष अतिथी, नुवाकोट क्रिकेट संघका सचिव तथा नुवाकोट उद्योग बाणिज्य संघका सदस्य श्री दिनेश कुमार श्रेष्ठ ज्यूले मेडल, प्रमाण पत्र तथा कप प्रदान गर्नुभयो त्यसै गरि विजयी टिम देवीघाट जालपा यूथ क्लव, देवीघाटलाई प्रमुख अतिथी तथा नुवाकोट उद्योग बाणिज्य संघका महा सचिव श्री दिपक कायस्थ ज्यूले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो ।
प्रतियोगिता कात्र्तिक ११ गते देखि १३ गते सम्म ३ दिन संचालन भएको थियो । प्रतियोगितामा जम्मा नुवाकोट जिल्ला भरका ७ वटा टिमको सहभागीता रहेको कार्यक्रम संयोजक राजन अधिकारी ज्यूले जानकारी गराउनु भयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment