Social Icons

Pages

Saturday, June 04, 2016

एथलेटिक्स संघको पत्रकार सम्मेलन सम्पन्न, जेष्ठ २८ गते अन्तर विद्यालय स्तरिय प्रतियोगिता

नेपाल एथलेटिक्स संघ, नुवाकोटको पत्रकार सम्मेलन सम्पन्न भएको छ । संघका अध्यक्ष नारायण लाल श्रेष्ठ तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको प्रमुख आतिथ्यतामा र नेपाल पत्रकार महासघका अध्यक्ष श्री प्रकाश अधिकारीको आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा संघका अध्यक्ष श्रेष्ठले यहि जेष्ठ २८ गते शुत्रबार जिल्ला ब्यापी अन्तर विद्यालय स्तरिय एथलेटिक्स प्रतियोगिताको आयोजना गर्ने जानकारी गराउनु भयो । प्रतियोगितामा महिला र पुरुष गरी १०० र ४०० मिटर दौड, रिले ५ कि.मी. सडक दौड, शटपुट र ज्याभलिङ थ्रो रहेको छ।  नगर भित्र रहेका सामुदायिक तथा निजी विद्यालय गरी २१ विद्यालयलाई पत्राचार गर्ने कुरा पनि बताउनु भएको छ ।
जिल्लामा धेरै पहिले देखिनै एथलेटिक्स सम्वन्धि प्रतियोगिताहरु भएता पनि हालका केहि बर्षमा आर्थिक अभावका कारणले कमी आएता पनि अबका दिनहरुमा सबै सँग समन्वय गरी अगाडी बढ्ने र सो का लागि सम्पूर्ण संघ संगठनहरुको सहयोगको अपेक्षा राखेका कुरा पनि बताउनु भयो । यसै क्रममा जिल्लामा विभिन्न किसिमका एथलेटिक्स संघ आवद्ध खेलहरु भएता पनि संघलाई पहिले सुचित नगरिने, जानकारी नहुने हुनाले त्यसो नगरी प्रतियोगिता अथवा अन्य एथलेटिक्स सँग सम्वन्धित कार्यहरुमा संघलाई जानकारी नगराउनु भएकोमा दुःख ब्यक्त गर्नु भएको थियो ।
सम्मेलनमा जिल्ला खेलकुद विकास समितका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानले जिल्ला हरेक खेलकुदमा अगाडी आउन सक्ने सम्भावना औल्याउदै हालका दिनमा एथलेटिक्सले पाएका केहि सफलताहरुलाई आत्मसात गर्दै आगामी दिनहरुमा जिल्ला खेलकुद विकास समितिको समेत पूर्ण सहयोगहुने र विद्यालय ह देखि यसरी खेलको विकास गर्न सकेमा राम्रा राम्रा राष्ट्रिय स्तरका खेलाडीहरु अझ बढी उत्पादन गर्ने कुरा बताउनु भयो । यसका लागि जिल्ला शिक्षा कार्यालय र प्याब्सन सँग छलफल गरी छाडैनै विद्यालयस्तर बाट नै यस्ता खेलको विकासका लागि आवश्यक प्रकृयाको थालनी गर्ने कुरामा जोड दिनु भयो ।
सम्मेलनमा अन्य खेलकुद संघ समितिका पदाधीकारीहरु, खेलप्रेमी लगायत जिल्ला भित्र रहेका सम्पूर्ण एफ एम, टि.भी तथा पत्रपत्रिकाका पत्रकार मित्रहरुको पनि सहभागीता रहेको थियो ।  खेलकुदलाई अगाडी बढाउन पत्रकार मित्रज्यूहरुको पनि महत्वपूर्ण भूमिका रहने कुरा अध्यक्ष ज्यूहरुले बताउनु भएको थियो ।

No comments:

 
Blogger Templates