विदुर नगरपालिका मेयर पदको लागि स्वतन्त्र तर्फवाट श्री नारायणमान श्रेष्ठज्युको उम्मेदवारि को घोषणा
प्रतिवद्धता पत्र
उम्मेदवारिको आवश्यकता
वर्षौ देखि राजनितिक दलहरुको एकाधिकारमा जिल्ला विकास समिति, नगरपालिका लगायतका स्थानिय निकायहरुमा नातावाद , कृपावाद, मनपरितन्त्र व्यक्तिगत अभिष्ट पुरा गर्न शुसासनको न्युनतम मुल्य र मान्यता लाई समेत पालना नगरि विकास निर्माण मा हुनेगरेको व्यापक अनियमिताहरु कसै संग लुकेको छैन ।स्वास्थ्य सेवा जस्तो अतिआश्यक र मानव जिवन संग जोडिएको क्षेत्रमा समेत राजनैतिक प्रवृत्ति हावि हुदा निम्नस्तरका सर्वसाधरण सामान्य रोगको कारण ज्यान गुमाइरहेका छन । नगरपालिका भित्र युवासमुह मा देखिएको वेरोजगारि को समस्या र त्यसको परिणाम युवा समुहमा वढदै गएको लागुपदार्थ , मादक पदार्थ दुव्र्यशनको कुलतले नगरपालिकाको प्राय हरेक परिवार प्रभावित छ ।
विधालय जस्तो अतिसम्वेदनशिल क्षेत्रमा हुने गरेको राजनैतिक गतिविधिमा अवोध विधार्थिहरुलाई दुरुपयोग गरि युवामानसिकता लाई हिसं्रक र उदण्ड वनाउन प्रेरित गर्दै आफनो दुनो सोझ्याउने तथाकथित अग्रज नेतृत्व ले समाजको मेरुदण्ड युवा समुहलाई पक्षघात वनाएको छ ।
नारायणमान श्रेष्ठ नै किन ?
उमेर समुह (६० देखी माथी)को
सामाजिक सुरक्षा
१) बृद्ध बृद्धा भत्ता मासिक ५००० बनाउने
२) बृद्ध आश्रम घर निर्माण गर्ने
३) खुसी घर बृद्ध बृद्धाकोलागि निर्माण गर्ने
४) यातायात स्वास्थ्य चेकजाच निशुल्क
४० देखी ६० उमेर समुह
५. बिशेष बिज्ञता भएका रिटायर्ड ब्यक्तिहरुलाई प्रयोग गर्दे सम्मान सहित रिसोर्स पर्सन को रुपमा छनौट गर्ने र परिचालन गर्ने, जागरुक अभियान चलाउने
२० देखी ४० उमेर समुह
६. रोजगारीको ग्यारेन्टी गर्ने
७. वास्तविक गरिब पत्ता लगाई उपयुक्त भत्ता उपलब्ध गराउने
८. अति गरिब बर्ग लाई आरक्षण प्रदान गर्ने
९. नगरले लिने ठुला परियोजना लाई नगरकै श्रमशक्ति र पुजी प्रयोग गर्ने
१०. योग्यता अनुसारको काम र काम अनुसारको दाम
११. नगर भित्र १ स्थानमा लागुपदार्थ तथा मादक पदार्थ उपचार तथा पुनस्थार्पन केन्द्र स्थापना गर्ने
उमेर २० बर्ष भन्दा कम
१२. अनिवार्य शिक्षा र
निशुल्क शिक्षाको अवधारणा अघि बढाउने
१३. प्रत्येक शिक्षण संस्थामा खेलकुद, फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, नेपाली डान्स, लाईब्रेरी, ई लाईब्रेरी तथा सार्वजनिक स्थलमा नि शुल्क वाई फाई ब्यवस्था गर्ने
ठुला परियोजना
१४. नगरपालिकाको उपयुक्त १० स्थानलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न आधार तयार गर्ने
१५. नगरमा कम्तिमा ३ वटा कभर्ड हल निमार्ण गर्ने स्वीमि पुल सहित पार्क
१६. ५००० क्षमता भएको रंगशाला निमार्ण गरि वार्षिक राष्टिय कार्यक्रम संचालन गर्ने
१७. नगरको फोहोरलाई मोहोरमा बदल्ने
१८ .नगरमा आउने पर्यटकहरुलाई नगरमै बस्ने वातावरण बनाउने र त्यसको लागि निजी क्षेत्रलाई तारे होटलहरु निमार्ण गर्न प्रोत्साहन गर्ने
१९. उत्पादित फलफुल तरकारि तथा अनाजको न्युनतम मुल्य तोक्ने र हाट वजार संचालनमा ल्याई उत्पादित तरकारि फलफुलको खरिदको ग्यारेण्टि गर्ने
२०. औधोगिक क्षेत्र, तरकारि पकेट क्षेत्र, पोल्ट्रि, र्याफ्टििगं, क्रसर, रमाईलो मेला को लागि विशेष क्षेत्र तोक्ने
२१.प्रत्येक नगरवासिको स्वास्थ्यविमा लागु गर्ने
२२. गर्भवति गरिव परिवारको महिलाहरुलाई गर्भवति अवस्थामा मासिक पोषण भत्ता उपलव्ध गराउने
२३. एकल महिलाको लागि विशेष प्रकारको आय आर्जन कार्यक्रमहरु संचालन गर्ने
२४ .भुकम्प प्रभावितहरुको लागि सामुदायिक वस्ति निर्माण गर्ने
२५. विकास निर्माणको लागि आवश्यक उपकरण नगरपालिका ले नै खरिद गरि परिचालन गर्ने
२६. नगरपालिका भित्र ३ वर्ष भित्र औषधि उत्पादन कारखाना स्थापना गर्ने
२७. शैक्षिक वेरोजगार युवायुवतिको लागि प्रमाणपत्र तथा योजनाको आधारमा निशुल्क रिण प्रदान गर्ने
२८. महिलाहरु लाई शसक्तिकरण गरि नगरपालिका भित्रको हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता सुनिसिचत गराउने
२९. सुचना प्रविधिको प्रयोग गरि नगरपालिका को शान्ति सुरक्षा लाई तन्दुरुस्त वनाउने
३०. नगरपालिका भित्र एउटा घण्टा घरको निर्माण गर्ने
३१. वढदो सवारि साधन वाट हुने जोखिम न्युनिकरण गर्न व्यस्त वजार क्षेत्रमा आकाशे पुलको निर्माण गर्ने
रणनिति
कोर टिम
युवा समुह
आमा समुह
झाक्रि समुह
धार्मिक समुह
व्यपारि समुह
घरदैलो कार्यक्रम
क्याम्पेन ५
No comments:
Post a Comment