(तस्बिर साभार:उज्याल अनलाइन) |
्यसैलाई भनिन्थ्यो मिठो खाना ! पाखुरी खैचायेर दुखको मानु खानुको मज्जै अर्को !
यस्तै गरे बराजु देखि बा सम्मले !
'गाउँ गाउँ बाट उठ, बस्ति बस्ति बाट उठ' ! अग्रज कबि दाज्यु श्याम तमोट ज्यु भोजपुरेले जनताको चेतनाको लागि यो कबिता लेखि दिनु भयो भने अर्का दाज्यु रामेस ज्यु ले संगीत भरेर गायी दिनु भयो ! सायद यस्तै गीतको प्रभावले होला आफु भन्दा ठुला मान्यवरलाइ जम्ल्या हात जोडेर 'नमस्ते' गर्ने चलनको ठाउँमा आकास तिर मुट्ठी उचालेर 'लाल सलाम' अनि कोहि चै नमस्तेको मुद्रामा 'जय नेपाल' भन्ने चेतना चै गज्जबले आएछ !
हिजो आज हरेक कुरामा आइमे मुन्च्चिलाइ ३३% आरक्षण हुनु पर्छ भनेर माग उठ्न थालेको छ ! माग जायज होला नहोला त्यो आफ्नो ठाउँमा छ ! गाउँ देखि टोल हुँदै कविताको भावमा उठेर गरिएको आन्दोलनले निरंकुस भनिएको पंचायती ब्यबस्था फालेर २०४६ सालमा प्रजातन्त्र पनि भित्रिएकै हो ! अझ त्यतिले नपुगेर २०६३ सालमा प्रजातन्त्रको सौता गणतन्त्र पनि हुलेकै हो ! निरंकुस भन्नेले जोडेको सम्पत्ति माथि लखनउ लुट मच्चाएर सब तहस नहस बनाए पछि पेटको जोहो गर्न जाने कहा त ?
माथि सिरानमा लेखेकै छु नि अब आइमे मुन्छीले ड्राइभरको सिटा बसेर ३ पांग्रे ट्याम्पो देखि सकेमा १० चक्के गुडाय पनि हुन्च्च, बयल गाडा हाके पनि हुन्च्च र मलामी पनि गए हुन्छ ! आरक्षणको प्रतिसत किन ३३ मात्रै १००% नै लिए हुन्छ किनभने एकै रथको दुइ पांग्रा मध्ये एउटा पांग्रा त भोको जोहो गर्न खाडी देखि मलेसिया र कुनै कुनै युरोप अमेरिका सम्म पुगेका छन !
त्यसैले आजको यस्तो दिन देख्न पाइन्छ भनेर सोचेको भए आदरणीय दाज्यु श्याम तमोटले यो गीत पक्कै पनि रच्नु हुन्थेन होला ! 'जय नेपाल' र 'लाल सलाम' को सुगा रटाइको ठाउँमा मिलेर बस्नु पर्छ र मिलेर देस बिकास गर्नु पर्छ भनेर सिकाएको भए आज महिला चेलीले माथिको हरफको काम कार्य पक्कै पनि गर्नु पर्दैनथ्यो, त्यसैले आज मलाइ ति सुगा रटाइ गराउने हरुलाई भन्न र सोध्न मन लागेको छ जनतालाई भेडा बनाउदै आन्दोलन गर्न लगाएर पटक पटक को यो परिवर्तन किन र कसको लागि ल्याएको हो ?
बि.स.२०७० माघ २२ गते बुधबार !
No comments:
Post a Comment