Social Icons

Pages

Sunday, January 26, 2014

'भन उपेन्द्र यादव हिन्दी भाषा कुन आमाको मातृ भाषा हो ?'

Copied From http://topnepalnews.com/


गोकर्ण अधिकारी- काठमाडौं ।
सञ्जयकुमार साहले संसदमा हिन्दी भाषामा बोल्नु त्यति चासोको विषय थिएन । तर उपेन्द्र यादव जो मधेश केन्द्रीत राजनीतिका ठिकै नेता मानिन्थे उनले समेत रातो पासपोर्ट बेचेको काण्डमा मुछिएका साहकै अनुसरण गरेर हिन्दी भाषा मोह देखाएको देख्दा भित्रैबाट लाज लाग्यो ।

विजय कुमार गच्छेद्दार जो विराटगरमा अवैध रुपमा राखिएको भारतीय महावाणिज्य दुतको अभिब्यक्रि बिरुद्ध दलहरुले बिरोध पत्र निकाल्न खोज्दा पत्रनै भारतीय दुतावास पठाएर भारत भक्ती देखाएका थिए तिनले समेत नेपालीमा बोल्दा लागेको थियो यसपटक विगतमा मतले मादिएका मधेस केन्द्रीत नेता सच्चिएर आएछन् ।

सर्वेन्द्रनाथ शुक्ल समेतले नेपालीमा भाषण गरिसक्दा एक पित्को आशंका थिएन कि उपेन्द्र यादवले हिन्दीमा भाषण गर्छन् । तर जव उनि संसद बैठकमा बोल्न उभिए हिन्दीभाषामा बर्बराउन थाले । लगत्तै मनमा एउटै प्रश्न उठ्यो यादव अगाडी भएको भए यहि प्रश्न गर्ने थिएं-'उपेन्द्र यादव हिन्दी भाषा तिम्रो कुन आमाको मातृ भाषा हो र तिमिले हिन्दीमा बोल्यौ ? तिमिलाई चुनावमा भोट दिएर जिताउने कति जनताको मातृ भाषा भारतीय हिन्दी भाषा थियो र तिमिले हिन्दीमा संसदमा बोल्न पर्यो ?'

तर यादव मेरा सामुन्ने थिएनन् । केवल उनले बोलेको टिभीले दिइरहेको थियो । उल्लासले भन्दा करवलले जस्तै गरि बोलिरहेका उपेन्द्रले नेपालको गुणगान गाए तर नेपाली वा उनको मातृभाषा मैथिलीमा हैन कि भारतीय हिन्दी भाषामा ।
उपेन्द्र यादवलाई के करबल पर्यो र संसदमा हिन्दीमा बोल्न पर्यो मैले केहि बुझ्न सकिन । मधेशका कुरा गर्दैमै मधेशी बनिंदैन भन्ने भ्रम अझै उपेन्द्रमार्काको गिदीबाट हट्न सकेको छैन । उल्टै मधेसबाटै हट्न लागिसक्दा समेत मधेशका कुरा उठाएर सत्ता र भारतीय स्वार्थमामा लागिरहेका मेधसवादी नेताहरुको कर्तुत एकपछि अर्कोहुँदै सार्वजनिक भइरहेका छन् ।

गच्छेद्दारको घटना एक उदाहरण मात्र हो यसमा राजेन्द्र महतोले संविधानसभामा पराजित भएपछि भारतीय पराजय भएको भन्दै आफुहरु भारतीय भएको अप्रत्यक्ष कथन ओकलिसकेका छन् । तर यसअघिसम्म त्यति भारतभक्त नदेखिएका उपेन्द्रलाई गच्छेद्दारलाई नै उछिन्नेगरी किन भारतीय भाषामा भाषण गरेर उभिनुपरेको उनिनै जानुन् ।

तर भारतीय भरोसा र सुझावमै तमलोपा, सद्भावनासँग एकगठ बन्न लागेका राजनीतिक विश्लेषकहरुको भनाइका बिच उपेन्द्रले सायद त्यसकै गुण तिरेका हुन पनि सक्छन् । अथवा आगामी दिनमा सत्तामा राम्रा स्वाद दिलाउन भारतीय सदीच्छा रहिरहला भन्ने भक्ती भावमा हिन्दी भाषामा बोलेको अुन पनिसक्छ ।

जे होस् भारतीय स्वतन्त्रता दिवसको दिन भारत भक्ती नभएपनि हिन्दीमा भाषण गरेका रातो पासपोर्ट काण्डमा मुक्ति पाएका सज्जय शाहबाट यसको उत्तर खोजिन्न र तिनले नदिंदा पनि हुन्छ तर उपेन्द्र यादव तिमि भनिदेउ 'के हिन्दी भाषा तिम्रो आमाको मातृ भाषा हो ?'

यसमा ब्यक्त बिचार लेखकका निजि बिचार हुन् ।

No comments:

 
Blogger Templates