Social Icons

Pages

Friday, January 24, 2014

डा. गोविन्द केसीले १४ दिनमा अनशन तोडे


१० माघ, काठमाण्डौ । चौध दिनपछि डा. गोविन्द केसीले अनसन तोडेका छन् । केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार भएपछि शुक्रवार केसीले अनशन तोडेका हुन् ।
हाडजोर्नीकी विरामी भक्तपुरकी  ७ वर्षीया बालिका एलिशा थापाको हातवाट जुस खाएर डा. केसीले अनशन तोडेका हुन् । शुक्रवार स्वास्थ्य मन्त्रालयमा सरकार र नेपाल चिकित्सक संघको छलफलवाट सहमतिलाई अन्तिमरुप दिएपछि केसीले अनशन तोड्न सहमत भएका हुन् ।
छलफलमा सरकार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीन बरिष्ठताका आधारमा गर्ने सहमति छ ।
सहमति भएसंगै बास्कोटासहितको सरकारी टोली डा. केसीलाई अनशन तोडाउन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । सचिव बास्कोटाले अनशनस्थलबाट नै सहमतिका बुँदा पढेर सुनाएपछि डाक्टर केसीले अर्थोपेडिक रोगकी विरामी भक्तपुरकी  ७ वर्षीया एलिशा थापाको हातवाट जुस पिउँदै अनशन तोडेका हुन् ।
राजीनामा दिएका डीन डा. प्रकाश सायमीलाई नै पुनःबहाली वा बरिष्ठताका आधारमा डिन नियुक्त गर्नु पर्ने माग अघि सारेका थिए । सरकार लचिलो हुँदै केसीले भनेजस्तै गरी बरिष्ठताका आधारमा चिकित्सकलाई डिनमा नियुक्ती गर्न सहमत भएको हो । तीन बुँदे सहमतिमा सरकारी वार्ता टोलीका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव बास्कोटा र चिकित्सक संघका अध्यक्ष डा.अञ्जनीकुमार झाले हस्ताक्षर गरेका छन् ।
यसअघि हिजो राति साढे ११ बजे अनशनस्थलमा पुगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक बास्कोटाले गएरातिसरकारका तर्फबाट माग पुरा गर्ने प्रतिवद्धता जनाएका थिए । सरकारी प्रतिबद्धतापछि अनशनमा बसेका डा. केसी अनशन तोड्न सहमत भएका थिए ।
के-के थिए डा. केसीका माग ?
-चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई छुट्टै मेडिकल विश्वविद्यालयका रुपमा स्थापना गर्नु पर्ने र संस्थानलाई स्वायत्त संस्थाको रुपमा विकास गर्नु पर्ने,
-नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गर्नु पर्ने,
-राजिनामा गरेका डिन प्रकाश सायमीलाई पुनःवहाली गर्नु पर्ने वा बरिष्ठताका आधारमा चिकित्सकलाई नियुक्त गर्नु पर्ने,
- See more at: http://www.onlinekhabar.com/2014/01/159247/#sthash.MaVr8mlS.KZZEdmHm.dpuf

No comments:

 
Blogger Templates