Social Icons

Pages

Monday, October 16, 2017

नुवाकोट जिल्ला तिहारमा चर्चित गायकहरुको साथमा संगीतमय


२०७४ सालको दिपावलीमा नुवकोट जिल्ला राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार, गायकहरुले झुम्ने भएको छ । विगतका वर्षहरुमा १ २ वटा कार्यक्रम बाहेक गन्यमात्रामा तिहारका अवसरमा कार्यक्रम हुने गरेकोमा यस बर्ष भने प्रत्येक दिन विभिन्न स्थानमा राष्ट्रिय स्तरका गायकहरुको उपस्थिती हुनेछ । नुवाकोट जिल्ला राजधानी बाट नजिक पनि भएकाले गायक, कलाकारहरुलाई यातायातमा सहज हुनाले पनि उनीहरु आएको अफर नकार्दैनन् ।

यस बर्ष तुप्चे यूवा क्लवद्धारा तुप्चेमा आश्विन ३१ गते रामजी खाँड, राधिका हमा, शर्मिला गुरुङ्ग, सरु गौतम लगायत नेपाल आइडलका टप ८ उल्सन श्रेठ तथा नेपाली तारा प्रताप लामा कलाकारले प्रस्तुती दिने भएको छ । आश्विन १ गते नेपाली पप स्टार गायक दिपक बज्राचार्य र स्थानिय कलाकारहरुले बट्टार यूवा क्लवद्धारा आयोजित कार्यक्रममा प्रस्तुति दिनेछन्

त्यसै गरी आश्विन २ गते विदुर सिटी यूवा क्लवद्धारा आयोजित कार्यक्रममा कमल खत्री, स्थानिय गायकहरु उशनमान श्रेष्ठ, शैलेष शाही लगायतले प्रस्तुती दिने भएको छ भने
आश्विन ३ गते जालपा फ्रेसको प्रस्तुती, ग्यालेक्सी इभेन्ट म्यानेजमेन्ट प्रा।लि।को आयोजना मा ख्याती प्राप्त गायक हेमन्त राणा, अर्जुन कुमार र डाइनामिक्स ब्याण्डले प्रस्तुती दिने भएको छ । यस बर्षको दिपावली बत्तीको झिलिमिलीका साथमा नुवाकोट जिल्ला पुरा संगितमय भएर गुन्जनेमा आशाबादी छाँै ।


सम्पूर्ण दर्शक दिर्घहरुले सम्यमता अपनाएर कार्यक्रमहरुको मनोरन्ज लिई कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग पु¥याउनु हुनेछ भन्ने आशावादी हामी पनि छाँै । शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना । नुवाकोट खबर परिवार ।

Tuesday, September 26, 2017

विस्तारै ठडिदै नुवाकोटको धरोहर


नुवाकोट जिल्लाको एक मात्र गौरब गर्न लायक नुवाकोट जिल्लाको सान नुवाकोटको भैरवी मन्दिर र साततले दरबार स्क्वायर एरिया मध्ये बल्ल भैरवको मन्दिरको निर्माण कार्य केहि हद सम्म अगाडी बढेको छ । पुरातात्वीक महत्व र हिन्दु सँस्कृति कलाले भरीपूर्ण यस भैरवीको मन्दिर एक तल्लाको निर्माण कार्य बल्ल सकिन लागेको छ । निर्माण कार्यमा अगाडी बढेता पनि ढिलाई के कारणले भएको हो त्यो थाहा भएन स्थानीय बासी बताउछन् । हामीले देखे अनुसार पुरातत्व विभागको मापडण्ड अनुरुप कार्य गर्नु पर्ने पुरानै स्वरुपमा भएका मूर्ति बुट्टाहरु खोप्न केही समय लाग्ने भएकाले नै केहि समय भने लाग्ने भान हुन्छ । यस सँग सँगै भैरवीको वाहीर वायातर्फ रहेको घण्टाघरको काम पनि अघि बढ्दै गइ रहेको छ । उक्त घण्टाघरको घण्टी भने विशेष विशेष समयमा धामी ले मात्र बजाउने गरेको छ । आशा छ अबका बर्ष भित्र अरु योजना पुरा नभए पनि नुवकोट मा अवस्थत भैरवीको मन्दिरले पूर्णता पाउने छ ।

Monday, July 24, 2017

नुवाकोटमा ५,८४९ घरको पुनःनिर्माण, तेश्रो किस्ता अनुदानको लागि ३१९ लाभग्राहीको निवेदन


नुवाकोट । बिनाशकारी भूकम्पले क्षति पु¥याएका आवासमध्ये नुवाकोटमा बल्ल पाँच हजार आठ सय ४९ घरको पुनःनिर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोट अन्तर्गतको आवास निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुसार लाभग्राही आफैंदेखि अनुदान प्राप्त गरी निर्माण गरेको आवास संख्या साउनको पहिलो सातासम्म पाँच हजार सय ४९ पुगेको छ । आवास पुनःनिर्माण भएकामध्ये लाभग्राही आफैंले पाँच हजार दुई सय २३ घर निर्माण गरेका छन् । आवास अनुदान लिएर घर बनाउनेको संख्या ३०१ घरधुरी रहेको इकाइका निर्देशक विदुर खड्काले जानकारी दिए । आवास निर्माण भएकामध्ये ३१९ लाभग्राहीले तेश्रो किस्ता अनुदानको लागि निवेदन दिएका छन् भने ६ घरधुरीको अनुदान रकम बैंक खातामा निकासाको प्रक्रियामा रहेको छ । ‘आवास निर्माणले अपेक्षा अनुसार गति लिन सकेको छैन,’ इकाइ प्रमुख खड्काले भने, ‘निर्माण भएका घरमध्ये ३१९ घरधुरीले मात्र अनुदान प्रदान गरेकाले अब तीव्रता दिन लागिरहेका छौं ।’ आवास निर्माणमा तेश्रो किस्ता रु एक लाख अनुदान रकम सरकारीस्तरबाट थानपतीका १५ घरधुरीलाई उपलब्ध गराइएको छ । बाँकी काउले, भाल्चे,साल्मे,गो¥याङ र तारुकामा सामजिक संस्था मार्फत रकम उपलब्ध गराइएको हो । वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ६५ हजार सात सय ५९ घरधुरी पूर्ण क्षति भएकामा आवास निर्माण गर्न ६२ हजार तीन सय ७४ धरधुरीले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये ६२ हजार ६३ घरधुरीले मात्र पहिलो किस्ता बापत पचास हजार रुपैयाँ पाएका छन् । यस्तै, नौ हजार आठ सय ६९ घरधुरीले दोश्रो किस्ता बापत एक लाख पचास हजार रुपैयाँ पाएका छन् । पहिलो किस्ता रकम पाएर आवास निर्माण गरिरहेका आठ सय ५९ घरधुरीले निर्माण गरेको आवास अनुदान दिन अयोग्य रहेकाले सुधार गर्न सुझाव दिएको इकाइ प्रमुख खड्काले बताए । उनका अनुसार आवास निर्माण जारी रहेका ११ हजार तीन ७३ मध्ये ११ हजार ४४ घरधुरीले दोश्रो किस्ता पाउन दिएको निवेदनको प्राविधिक परीक्षण जारी रहेको छ र एक महिनाभित्रै करिब दश हजारलाई रकम उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

Friday, April 28, 2017

विदुर नगरपालिका मेयर पदको लागि स्वतन्त्र तर्फवाट श्री नारायणमान श्रेष्ठज्युको उम्मेदवारि


विदुर नगरपालिका मेयर पदको लागि स्वतन्त्र तर्फवाट श्री नारायणमान श्रेष्ठज्युको उम्मेदवारि को घोषणा प्रतिवद्धता पत्र उम्मेदवारिको आवश्यकता वर्षौ देखि राजनितिक दलहरुको एकाधिकारमा जिल्ला विकास समिति, नगरपालिका लगायतका स्थानिय निकायहरुमा नातावाद , कृपावाद, मनपरितन्त्र व्यक्तिगत अभिष्ट पुरा गर्न शुसासनको न्युनतम मुल्य र मान्यता लाई समेत पालना नगरि विकास निर्माण मा हुनेगरेको व्यापक अनियमिताहरु कसै संग लुकेको छैन ।स्वास्थ्य सेवा जस्तो अतिआश्यक र मानव जिवन संग जोडिएको क्षेत्रमा समेत राजनैतिक प्रवृत्ति हावि हुदा निम्नस्तरका सर्वसाधरण सामान्य रोगको कारण ज्यान गुमाइरहेका छन । नगरपालिका भित्र युवासमुह मा देखिएको वेरोजगारि को समस्या र त्यसको परिणाम युवा समुहमा वढदै गएको लागुपदार्थ , मादक पदार्थ दुव्र्यशनको कुलतले नगरपालिकाको प्राय हरेक परिवार प्रभावित छ । विधालय जस्तो अतिसम्वेदनशिल क्षेत्रमा हुने गरेको राजनैतिक गतिविधिमा अवोध विधार्थिहरुलाई दुरुपयोग गरि युवामानसिकता लाई हिसं्रक र उदण्ड वनाउन प्रेरित गर्दै आफनो दुनो सोझ्याउने तथाकथित अग्रज नेतृत्व ले समाजको मेरुदण्ड युवा समुहलाई पक्षघात वनाएको छ । नारायणमान श्रेष्ठ नै किन ? उमेर समुह (६० देखी माथी)को सामाजिक सुरक्षा १) बृद्ध बृद्धा भत्ता मासिक ५००० बनाउने २) बृद्ध आश्रम घर निर्माण गर्ने ३) खुसी घर बृद्ध बृद्धाकोलागि निर्माण गर्ने ४) यातायात स्वास्थ्य चेकजाच निशुल्क ४० देखी ६० उमेर समुह ५. बिशेष बिज्ञता भएका रिटायर्ड ब्यक्तिहरुलाई प्रयोग गर्दे सम्मान सहित रिसोर्स पर्सन को रुपमा छनौट गर्ने र परिचालन गर्ने, जागरुक अभियान चलाउने २० देखी ४० उमेर समुह ६. रोजगारीको ग्यारेन्टी गर्ने ७. वास्तविक गरिब पत्ता लगाई उपयुक्त भत्ता उपलब्ध गराउने ८. अति गरिब बर्ग लाई आरक्षण प्रदान गर्ने ९. नगरले लिने ठुला परियोजना लाई नगरकै श्रमशक्ति र पुजी प्रयोग गर्ने १०. योग्यता अनुसारको काम र काम अनुसारको दाम ११. नगर भित्र १ स्थानमा लागुपदार्थ तथा मादक पदार्थ उपचार तथा पुनस्थार्पन केन्द्र स्थापना गर्ने उमेर २० बर्ष भन्दा कम १२. अनिवार्य शिक्षा र
निशुल्क शिक्षाको अवधारणा अघि बढाउने १३. प्रत्येक शिक्षण संस्थामा खेलकुद, फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, नेपाली डान्स, लाईब्रेरी, ई लाईब्रेरी तथा सार्वजनिक स्थलमा नि शुल्क वाई फाई ब्यवस्था गर्ने ठुला परियोजना १४. नगरपालिकाको उपयुक्त १० स्थानलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न आधार तयार गर्ने १५. नगरमा कम्तिमा ३ वटा कभर्ड हल निमार्ण गर्ने स्वीमि पुल सहित पार्क १६. ५००० क्षमता भएको रंगशाला निमार्ण गरि वार्षिक राष्टिय कार्यक्रम संचालन गर्ने १७. नगरको फोहोरलाई मोहोरमा बदल्ने १८ .नगरमा आउने पर्यटकहरुलाई नगरमै बस्ने वातावरण बनाउने र त्यसको लागि निजी क्षेत्रलाई तारे होटलहरु निमार्ण गर्न प्रोत्साहन गर्ने १९. उत्पादित फलफुल तरकारि तथा अनाजको न्युनतम मुल्य तोक्ने र हाट वजार संचालनमा ल्याई उत्पादित तरकारि फलफुलको खरिदको ग्यारेण्टि गर्ने २०. औधोगिक क्षेत्र, तरकारि पकेट क्षेत्र, पोल्ट्रि, र्याफ्टििगं, क्रसर, रमाईलो मेला को लागि विशेष क्षेत्र तोक्ने २१.प्रत्येक नगरवासिको स्वास्थ्यविमा लागु गर्ने २२. गर्भवति गरिव परिवारको महिलाहरुलाई गर्भवति अवस्थामा मासिक पोषण भत्ता उपलव्ध गराउने २३. एकल महिलाको लागि विशेष प्रकारको आय आर्जन कार्यक्रमहरु संचालन गर्ने २४ .भुकम्प प्रभावितहरुको लागि सामुदायिक वस्ति निर्माण गर्ने २५. विकास निर्माणको लागि आवश्यक उपकरण नगरपालिका ले नै खरिद गरि परिचालन गर्ने २६. नगरपालिका भित्र ३ वर्ष भित्र औषधि उत्पादन कारखाना स्थापना गर्ने २७. शैक्षिक वेरोजगार युवायुवतिको लागि प्रमाणपत्र तथा योजनाको आधारमा निशुल्क रिण प्रदान गर्ने २८. महिलाहरु लाई शसक्तिकरण गरि नगरपालिका भित्रको हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सहभागिता सुनिसिचत गराउने २९. सुचना प्रविधिको प्रयोग गरि नगरपालिका को शान्ति सुरक्षा लाई तन्दुरुस्त वनाउने ३०. नगरपालिका भित्र एउटा घण्टा घरको निर्माण गर्ने ३१. वढदो सवारि साधन वाट हुने जोखिम न्युनिकरण गर्न व्यस्त वजार क्षेत्रमा आकाशे पुलको निर्माण गर्ने रणनिति कोर टिम युवा समुह आमा समुह झाक्रि समुह धार्मिक समुह व्यपारि समुह घरदैलो कार्यक्रम क्याम्पेन ५

Thursday, April 27, 2017

कहिले उठ्ने नुवाकोटको धरोहर?


आम नेपाली जनहरुको लागि कालो अनी कहाली लाग्दो दिन । सायद कसैले पनि त्यसको दोह¥याएर परिकल्पना गर्न चाहन्न् होला । कोही पनी पुनः उक्त दिनलाई सम्झन पनि चाहदैनन् । गोरखाको बारपाक थियो त्यस दिनको केन्द्र विन्दु तर हाम्रो नुवाकोट जिल्ला पनि त्यसबाट अछुतो हुन भने सकेन । गाँउ बजारका वस्तीहरु विस्तारै विकास हुदै तङ्ग्रीदै छन् तर नुवाकोट जिल्लाको एउटा साँस्कृतिक धरोहरको रुपमा रहेको यस दरवार क्षेत्र वरपरका मन्दिर, महलहरुको दुर्दशाले अझै पनि बैशाख १२ को झल्को दिइरहेको भान हुन्छ । बल्ल तल्ल भैरवी मन्दिरको पुर्ननिर्माण कार्य हुदैछ त्यहि पनि सुस्त गतिमा कहिले सम्पन्न हुने थाहा छैन । दरवार क्षेत्र वरीपरी रहेका कलात्मक शैलीका मन्दिर, महल, दरवारहरु भूकम्पले बनाएको क्षेत विक्षत अबस्थाबाट अझ कुरुप हुदै ढल्ने दिन गन्दै बसिरहेको भान हुन्छ, जब हामी दरबार क्षेत्र भित्र पाइला टेक्छाँै । जिल्ला भित्र अनेकन स्वदेशी तथा विदेश संघसंस्था कर्मचारीमा पैसाको खोलो बगाई निर्माण, सहयोगको नाममा ब्रह्मलुट गर्दै सम्वन्धित पिडितको भागमा भने सुक्को भेटिने गरेको छैन । पैसा अरबौ आएका छ तर स्टार होटलहरुमा बैठक, भेटघाट र कम गुणस्तर युक्त सामानलाई बजार मुल्य भन्दा वढी बनाई खान पल्केका छन् आजकल । यसरी गरिनुको साटो कुनै संघसंस्थाहरु मिलेर नुवाकोटको धरोहरको रुपमा रहेको यस दरबार क्षेत्रलाई केही सहयोग गरी राहत त प्रदान गर्न सकिन्थ्यो होला नी? पद ओगट्नका लागि मरिहत्ते गर्ने ब्यक्तिहरु पदमा पुगेपछि के का लागि पुगेको भनेर आफ्नो हैसियत समेत विर्सने गर्दछन् होइन भने जिल्लामा गठन भए गरेका विभिन्न संघसंस्थाहरु, नागरिक समाजहरु के हेर्दै छन् त ती दरबार क्षेत्रको अन्तिम विर्सजनको अवस्था हेरेर? समयमै जिम्मेवार पक्षको ध्यान गए भए बचेका सम्पदाका कलात्मक बस्तुहरुको सुरक्षा गर्न सहज हुने थियो होला?

Tuesday, March 14, 2017

शिव दर्शन भवन,देवीघाटको समुद्घाटन


वन देवीघाट, नुवाकोटको समुद्घाटन समारोहमा माननीय शहरी विकास मन्त्री श्री अर्जुन नरसिंह केसी ज्यूले यो एक आध्यात्मिक संस्था ज्ञान ध्यानको माध्यमवाट नेपालको ७५ जिल्लामा लाखौ ब्यक्तिहरुलाई शान्ति र अहिंसाको मार्ग देखाएर राष्ट्रमा शान्ति अमन चयनमा अहम भूमिका निर्वाह गरेको आफ्नो बिचार ब्यक्त गर्नुभयो । नेपालको निर्देशक ब्रह्मकुमारी राजयोगीनी राजदिदी ज्यूले यस राजयोगको ज्ञानबाट धेरै ब्यक्तिहरुमा परिवर्तन आएको, यस्तो कलीयुगको समयमा संसारमा परमपिता परमात्मा भगवान शिवको अवतरण पश्चात आध्यात्मिक ज्ञान दिनु भयो र जसबाट भगवान आएर जाती, धर्म र परिवार छोड्न सिकाएन । घर परिवारमा बसेर राजयोगको अभ्यास गर्न सिकायो । र सबै आत्मा भाईचाराको पाठ सिकाउनु भयो । उक्त ज्ञानवाट जाँड, रक्सी, चुरोट मांसाहारी सहज तरिकाले त्यागेको र त्यस परिवारमा सुखको माहोल छाएको देखियौ । यस्तो परिवार पनि देख्यौ जाँड, रक्सी खाएर परिवार भित्र अशान्त मच्चाएर परिवारलाई दुःखि बनाएका थिए त्यस्ता ब्यक्तिहरुले यस राजयोगको अभ्यासबाट छोड्न सफल भएको पनि देख्यौ । यस राजयोगको अभ्यासबाट नैतिकवान, चरित्रवान र मुल्यवान बनेको देखेको कुरा उहाँले ब्यक्त गर्नुभयो । काठमाण्डौ केन्द्रबाट पाल्नु भएका बरिष्ठ राजयोगी ब्रह्मकुमार राम सिंह ऐर, बरिष्ठ राजयोगी तिलक बहादुर शाही, चितवनबाट ब्रह्मकुमार अर्जुन श्रेष्ठ, मकानपुरवाट ब्रह्मकुमार विजय राज सिग्देल, देवीघाट जेष्ठ नागरिक प्रतिस्ठान अध्ययन केन्द्रका अध्यक्ष श्री विष्णु नेपाल र श्री रणभूवनेश्वरी उच्च माध्यामिक विद्यालयका निर्वतमान प्राचार्य शम्भू प्रसाद शर्मा, ब्रह्मकुमार रामनाथ पण्डित, प्रेम थापा लगायतका ब्यक्तिहरुले आ–आफ्नो शुभकामना तथा विचार ब्यक्त गर्नुभयो ।

Friday, January 13, 2017

चौथो नुवाकोट महोत्सव २०७३


यहि माघ १४ देखि २४ गते सम्म बट्टार बसपार्कमा धार्मिक तथा ऐतिहासिक नुवाकोटको पहिचान कला सँस्कृति सम्वद्र्धन र समुन्नत नुवाकोट हाम्रो अभियान नाराका साथ
हुने भएको छ । महोत्सव नुवाकोट उद्योग बाणिज्य संघको आयोजकत्वमा हुने भएको छ । चौथो नुवाकोट महोत्सवमा आर्थिक उपार्जन हुने क्रियाकलापको सिम्बोलेसन, कृषि, पशु, जलविद्युत्लगायत बिभिन्न धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थलको पहिचानका लागि आवश्यक सबै कार्य तीव्र रूपमा अगाडि बढेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए । नुवाकोट उद्योग वाणिज्य सङ्घका महासचिव दीपक कायस्थले महोत्सवमा लोपोन्मुख जाति तथा वर्गको जीवनयापनका गतिविधिसमेत समेटिने बताए । नुवाकोटमा रहेका विभिन्न जातजातिको भेषभूषा, रीतिरिवाज, परम्परा र संस्कृतिलाई महोत्सवमार्फत समुदायमा स्थापित गराउने लक्ष्य लिएकोसमेत उनले बताए । चौथो नुवाकोट महोत्सव आगामी माग १४–२४ सम्म नुवाकोटको बट्टार बसपार्कमा सञ्चालन हुने बताइएको छ । महोत्सवका लागि आवश्यक सरसफाई तथा अन्य कार्यहरु तिव्र रुपमा अघि बढिरहेको छ ।
 
Blogger Templates