यहि माघ १४ देखि २४ गते सम्म बट्टार बसपार्कमा धार्मिक तथा ऐतिहासिक नुवाकोटको पहिचान कला सँस्कृति सम्वद्र्धन र समुन्नत नुवाकोट हाम्रो अभियान नाराका साथ
हुने भएको छ । महोत्सव नुवाकोट उद्योग बाणिज्य संघको आयोजकत्वमा हुने भएको छ ।
चौथो नुवाकोट महोत्सवमा आर्थिक उपार्जन हुने क्रियाकलापको सिम्बोलेसन, कृषि, पशु, जलविद्युत्लगायत बिभिन्न धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थलको पहिचानका लागि आवश्यक सबै कार्य तीव्र रूपमा अगाडि बढेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।
नुवाकोट उद्योग वाणिज्य सङ्घका महासचिव दीपक कायस्थले महोत्सवमा लोपोन्मुख जाति तथा वर्गको जीवनयापनका गतिविधिसमेत समेटिने बताए । नुवाकोटमा रहेका विभिन्न जातजातिको भेषभूषा, रीतिरिवाज, परम्परा र संस्कृतिलाई महोत्सवमार्फत समुदायमा स्थापित गराउने लक्ष्य लिएकोसमेत उनले बताए ।
चौथो नुवाकोट महोत्सव आगामी माग १४–२४ सम्म नुवाकोटको बट्टार बसपार्कमा सञ्चालन हुने बताइएको छ ।
महोत्सवका लागि आवश्यक सरसफाई तथा अन्य कार्यहरु तिव्र रुपमा अघि बढिरहेको छ ।
No comments:
Post a Comment