बिदुर न.पा.
बिदुर न.पा.
अञ्चल - जिल्लानुवाकोट
बागमती - क्षेत्र
समय क्षेत्र
नेपाली समय (UTC+५:४५)
जनसंख्या (2001) - जनघनत्व
२१,१९३ -
बिदुर न.पा. नेपालको बागमती अञ्चलको नुवाकोट जिल्लाको एक नगरपालिका हो। यो ठाउंमा ४२३४ वटा घर छन्।
[परिवर्तन्] जनसंख्या
नेपालको सन् २००१को जनगणना अनुसार बिदुर न.पा.को जनसंख्या २१,१९३ छ।[१] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।
नेपाल अधिराज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको वाग्मती अञ्चल अर्न्तगत राजधानी काठमाण्डौं उत्तर-पश्चिम दिशामा अवस्थित नुवाकोट एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । अधिराज्यको कुनै पनि अञ्चलको सिमाना तथा अन्तर्रर्ााट्रय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेहमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रुपमा पर्ूव-पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरु लगाएतका विविध भौगोलिक विशेषताहरु प्ााउन सकिन्छ । भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ ।
राष्ट्रनिर्माता बडामहाराज श्री ५ पृथ्वी नारायण शाहद्वारा तत्कालिन अवस्थामा कान्तिपुर उपत्यका र गण्डकी तथा कर्ण्ााली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरुलाइृ मिलाई एकीकृत र समुन्नत नेपाल अधिराज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो । यही क्रममा उपत्याकाको पश्चिमतर्फो मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य अभियान शुरु गरियो । त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । जसको फलस्वरुप तेस्रो पटकको व्यापक तयारीपछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो ।
नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रुपमा लिइृ कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो । जसको परिणामस्वरुप वि.सं.१८२५ मार् इन्द्रजात्राको दिन कान्तिपुर शहर गोरखाली सेनाको हातमा पर्यो । यस प्रकार क्रमिक रुपमा एकीकरण अभियान अघि बढ्यो । साथै वि.सं.१८३१ मा बडा महाराजको र्स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी शासकका अतिरिक्त बलभद्र, भीमसेन थापा, अमरसिंह जस्ता वीर योद्घाहरुले यस अभियानलाइ अझै व्यापक बनाए । यद्यपि भारतमा साम्राज्य फैलाइरहेका अंग्रेज शाासकहरु यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पर्वमा मेची र पश्चिममा राप्ती र कर्ण्ााली पारिका भू-भागहरु गुमाउनु पर्यो ।
यी विभिन्न कारणहरुले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्घ हुन गयो । यद्यपिर् इ.सं.१८५७ मा भारतका सिपही व्रि्रोह दबाउन तत्कालीन शासक जंगबहादुर राणाले अंग्रेजलाइ महत्वपर्ूण्ा सैनिक सहयोग उपलब्ध गराए बापत् हालका चार किल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाइृ फिर्ता भएको थियो । त्यर्सथ नेपाल अधिराज्यको वर्तमान स्वरुप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरुको महत्वपर्ण भूमिका रहेको स्वत स्पष्ट छ । यस एकीकरण अभियानमा गोरखापछि नुवाकोट विजयले सफलताको द्वार खोलिदिएको तथ्य छिप्न सक्तैन । बडामहाराज श्री ५ पृथ्वी नारायण शाहबाट वि.सं.१८०१ देखि १८२५ सम्मको महत्वपर्ण समय नुवाकोटमै व्यतित भएको थियो ।
गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपर्ूण्ा मार्गका रुपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाइृ मानिन्छ । जुन मागृ भएर गोरखाली सेनाहरु महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोलीगÝा खरिद जस्ता व्यापक तयारीले लडाँइलाइ सफल तुल्याएको देखिन्छ । नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिृक क्रियाकलापलाई बढावा दिए ।
बडामहाराजद्वारा ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाए । पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुइ तल्ला भत्किएर साततले मात्र हुन पुगेको थियो । पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरुले पाँच तल्ला र र्सवसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए तर उपत्यकाका मल्ला राजाहरुको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन । स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रुपमा उपयोग गरी अर्काे शीतकालिन दरबारका रुपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो । साततले रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दिका लागि थुन्ने खोरका साथे दरबारको वास्तुकलालाई लिईन्छ । यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो । साथै उत्तर पर्ूव कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो । यसको पुनः निर्माणतर्फसरकारले चासो राखेको देखिदैन । मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रुपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुर जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाहि जात्रा, रोपाइ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ । यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरु पनि यहाँ नभएका हैनन् । गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरणसँगसँगै केही साँस्कृतिक परम्पराहरु लोप हुदै गएका छन् । जुन दुःख लाग्दो विषय हो । मल्लकालमा उपत्याकाबाट बसार्ँइ सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाण्डौको जस्तर्ैर् इन्द्रचोक, ब्रहृमटोल, भूटोल आदि राखेका थिए । जुन अद्यपि कायम छ । यी नेवार जातिमध्ये कतिपय साततले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अुनुमान गर्न सकिन्छ ।a
नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गउको ऐतिहासिक अनुश्रुति रहेको छ । नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ । नेपाल अधिराज्यको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पर्वी देशान्तरसम्मको फैलावटमा रहेको छ । समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ । जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ ।
प्रशासनिक आधारमा तीनवटा संसदीय निर्वाचन क्षेत्रशरु, १३ वटा इलाका, ६१ गा.वि.स. तथा एक नगसपालिका र ५६० वडाहरुमा विभक्त यस जिल्लामा १२०० भन्दा अधिक बस्तीहरु रहेका छन् । विगतमा नुवाकोट दुबार पसिरसमा रहेको जिल्ला सदरमुकाम विदुरमा रहेको छ ।
[परिवर्तन्] स्रोत
↑ नेपाल जनगणना २०५८. Retrieved on अगस्त २८, २००८.
यो सामाग्री एक ठुटो (stub) वा अपुरो अवस्थामा छ।तपाँईसँग यो विषयको राम्रो जानकारी छ भने यसलाई बिस्तार गरेर मलाई मद्दत गर्नुहोस
Sunday, September 06, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment