Friday, July 10, 2009
पानीको धर्म नै बग्नु हो
प्रिय सिन्धु हिजो राती सपनाको कुरा गर्छु ल ! त्यो सपनाको संसार कति निर्दोश छ त्यहाँ सबै सम्भव भएको देखिन्छ । यसको बणन गर्दा अलौकिक अनि अवस्तबिक संसारमा खुशीयाली सगरमाथा चढेको थिए तर झस्केर बिपनाको माझेरिमा उत्रदा भुइचालो गएको महसुश गरे । एक झुन्ड अभिलाषिहरुको पन्क्तिमा म अटाएको थिए । दुरदराजमा अस्ताउन लागेको क्षितिजको गर्भ्ह बाट अस्वगामिनिले लगाम कसिन टापको टकटकले त्यो झुन्डमा कौतुहलता बढायो, शरिर सचेत र मानसिकतामा अवचेतना फिजियो । परिक्षाको घडी थियो त्यो । मुटुहरु सकृयातापूर्वक ढुकढुक गरिरहेको सुन्थे कानहरुले ।
कौतुहलहरु चिर्दै र भ्रमहरु पखाल्दै ति अस्वगमिनी मेरा सामु उत्रीन । अन्जुलिभरको रातो गुलाफहरु मेरो सामुन्ने अर्पित भए मानौ कि म कुनै देवपुरिबाट ओर्लिएको थिए । प्रणयका लागि । गलामा ति परिले उनेका पुष्पगुच्छाहरुले काधैमै पुष्पबाटिका अडेको महशुस् गरे । थाहा छ तिमीलाई ति अस्वगामिनी परी को थिइन ? तिमी थियौ । हो, ति प्रेमफुल सजाउन तिमी नै आएकी थियौ । तर स्पष्ट म भनिदिन्छु यो सपना सपनै रहोस् । वास्तवबिक जीवनमा यो सम्भव छैन, त्यो सपनाको रील चुडिनु पर्छ । अनि तिमी बदलाको बाटोमा नहिंड्नु है । भन्छन बदलाको बाटोमा हिंड्नु अघी नै दुईवोटा चिहान खान्नुपर्छ । धेरै खुशीको चाहनाले गर्दा वर्तमानको खुशी समप्त हुन्छ भनेर कसैले लेखेको छ आत्मकथामा । अल्वट कामुले भने झै मनिष र उसले बाचिको जीवनको समायोजन नै वास्तबिक खुशी हो । तिमी कल्पनामा हराएर अब्यवहारिक बन्दै गएकी छौ । हेर ! मेरो वास्तबिक जीवनको कुरा गर्छौ भने म सँग ति खुशीहरु छैनन जस्ले तिम्रो कल्पनाको ठम्माइमा जस्तै तिम्रो भबिष्यलाई सुन र सुगन्धको लेप लगाउन सकुन । मैले आफ्नो जीवनको चक्कालाई हाम्रो भेट पूर्व नै कुनै दिशामा मोडिसकेको थिए । अव हामी एकै रथका यात्री बन्न नसक्ने कारण यही हो । मनिषहरु खुशी छैनन र नै खुशीको कामना गर्ने हुन । म आफ्नो ब्यबाहरमा खुशी छैन होला, तिमी आफ्नो बर्तमान प्रती खुशी छैनौ होला तर यो खुशी स्वयम सापेक्षिक छ । भर्खरै एउटा पत्रीकामा पढेको थिए - विवाह भनेको रेष्टुरेण्ट जानु जस्तै हो जहाँ तपाईंले जे चाँहीएको छ मगाउनुहुन्छ तर तपाईं छेउमै रहेको मानिसले केही नौलो खानेकुरा खाएको देखेमा तपाईंलाई त्यही खान पाए हुन्थ्यो जस्तो लाग्न सक्छ । तितो र अश्लिल पनि होला, यसमा सत्यताको ठुलै अङ्स् निहित छ तर मेरो मतमा त्यो लोभलाई विलापको पूर्वचेतावनीकारुपमा उखेलेर फ्यक्नुपर्छ सबैले । विश्वास छ मलाई छिट्टै नै तिम्रो स्वप्नाकास्मा जुन उदाउनेछन अनि तिमी आनन्दले आलोकित हुनेछौ, जुनजस्तै दिप्त हुनेछौ । स्वप्न परी ! तिमी मेरो लागि सपना र भ्रम मात्र हौ र म पनि उस्तै । प्रिय छौ तिमी, तर चुम्न नमिल्ने गरी । ठीक दुरदराजकी चन्द्रमा जस्तै । जस्लाई म हमेशा देख्न रुचाउछु तर छुने कल्पना भने गरी रहेको हुन्न । यता म जिम्मेवारीहरुको पहाड्ले थिचिएको छु, मेरो उपस्थिती मात्रै पनि कसैको लागि जीवनको आधारको शिवीर बनेको छ । बढी के भनौ मेरा हातहरु कसैले बलियोसँग समाएको छ । यात्रामा म अघी परे डोर्याउछु र पछी परे पछ्याउछु । यही नै जीवन हो स्पस्ट र निर्दिश्ट । मलाई माफ गर । भुलवस् हुन गएको असमझदारिका लागि म जुनि-जुनिसम्म ॠणी रहनेछु । पुनस्च मेरा गल्तिहरुलाई माफ गर्नु । यस्लाई एउटा नियमित आकास्मिक्ता ठान्नु । तिम्रा लागि सम्भावनाको क्षितिज आकाशभन्दा फराकिलो छ । ढुङ्गा होइन धर्तिको शालिग्राम टिप्नु, सागरको मोती टिप्नु, आकाशको जुन टिप्नु । शितलता पए पनि पानीलाई पट्याएर खोकिलामा राख्न सकिदैन । पानीको धर्म नै बग्नु हो । मलाई पानी सम्झनु र चित्त नदुखाउनु है पानी बगेर गयो भनेर ।
तिम्रो प्रसम्शक् /शुभचिन्त्क आभा नेपाली
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment