Friday, July 10, 2009
मलाई माफ़ गर.
यो संसार पनि बिचित्रको छ । यो संसार भित्र हामी रुम्मल्ली रहेका छौ । केही पाउनलाई भौतारी रहेका छौ र केही पाउनको लागी केही गुमाई रहेका छौ । खै कहाँ बाट कसरी बिस्तार गरु यो बिचित्र संसार भित्र केही पाउनको लागी रुम्मली रहेका यि मनका गाठाहरु । त्यो दिन सम्झन्छु, त्यो क्षण सम्झन्छु र सम्झन्छु ति पलहरु। कति खुशी थियौ हामी त्यो दिन क्षण र ति पलहरुमा । तर आज ति सब खुशीहरु चकानाचुर भएको छ । शिसा झै टुक्रीएको छ ति हाम्रा सपना र कल्पनाहरु । यसमा न तिमी खुशी छौ न त म । खुशीको छनक भएको मुहारमा आज दुख र पिडाहरुले भरिएको छ र मुटु भरि आलो घाउमा नून खुर्सानी पर्दाको चोट सरी चोट सहेर बाच्नु परेको छ । तर म बिवस् छु ति चोट हेर्न र सहन ।तिम्रा ति मोतिका दाना सरी आशुहरु पुछन सकी रहेको छैन । तिम्रो त्यो रोदन्, चोट र पिडाहरु नचाहदा नचाहदै पनि टुलु टुलु हेरेर बस्न वाध्य भएको छु । तिमी बुझ्छौ मेरो बिवस् र वाध्यतालाई । एक निर्जिव बस्तु सरी तिम्रो पिडाहरु टोलाएर हेर्नु बाहेक मैले केही गर्न सकेको छैन र सोच्न सकिरेह्को छैन । मेरो यो मौनतालाई बुझ्छौ होला र बुझ्ने कोशीस् गर । गल्ती मेरो हो - दोष मेरो हो । यो स्थिती को सिर्जना नै म बाट भएको हो । त्यसैले सक्छौ भने मलाई माफ गर । हुन त म माफ माग्ने लाएक को पनि छैन । तर पनि म तिमी सग माफि को भिग मागी रहेको छु । प्लिज मलाई माफ गर्…मलाई माफ गर …मलाई माफ गर ……
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment