Social Icons

Pages

Friday, December 16, 2016

फेसबुक समुह एम.आर.आर.को नुवाकोटमा सहयोग

(MRR- Men's room reloded) ले देश व्यापिरूपमा आफ्नो पाॅचौ बार्षिक उत्सब मनाउने क्रममा आज नुवाकोटमा पनि कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा नर्जामण्डप गाबिस बडा नं पाॅचमा अबस्थित दुधेदेबी प्राबिका बिध्यार्थिहरूलाई कापि,कलम, झोला साथै न्यानो टोपि बितरड गरिएको छ। स्वदेश तथा विदेसमा रहेका नुवाकोटका MRR सदस्यहरूको सहयोग र अग्रसर्तामा उक्त कार्यक्रम गरिएको हो।MRR एक लाख नेपालीहरूको फेसबुक समुह हो र यसले बिभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। समाचारको लागि धन्यवाद मनोज खनाल

Saturday, October 29, 2016

दोश्रो नक्षत्र सुपरसिक्सको उपाधी देवीघाट जालपा यूथ क्लव, देवीघाटलाई

आज कात्र्तिक १३ गते भएको दोश्रो नक्षत्र सुपर सिक्स क्रिकेट प्रतियोगिताको फाईनलमा सचेतन समाज यूथ क्लव विदुरलाई पराजीत गरी देवीघाट जालपादेवी यूथ क्लवले जिती दोश्रो पटक उपाधी हात पारेको छ । टस जितेर ब्याटिङ्ग गरेको देवीघाटले निर्धारीत ५ ओभरमा ३ विकेट गुमाएर ९१ रनको विशाल योगफल तयार ग¥यो । देवीघाटका तर्फबाट राजेश रिमाल र विकास चित्रकारले क्रमशः २९ र २३ रन बनायो । निर्धारीत ५ ओभरमा ९२ रनको विशाल योगफल पछ्याएको विदुरको टिम भने जम्मा ३७ रनमै समेटियो । विदुरका विशाल लामिछानेले १५ रन बाहे अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेन । देवीघाटका तर्फबाट बलर राजेश रिमालले २ विकेट लिन सफल भए । कार्यक्रमको सभापतित्वको आसन ग्रहण नक्षत्रका अध्यक्ष श्री ओम प्रकाश श्रेष्ठ ज्यूले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथी नुवाकोट उद्योग बाणिज्य संघका महा सचिव दिपक कायस्थ ज्यू, विशेष अतिथी नुवाकोट क्रिकेट संघका अध्यक्ष केशब मिश्र तथा नुवाकोट क्रिकेट संघका सचिव तथा नुवाकोट उद्योग बाणिज्य संघका सदस्य श्री दिनेश कुमार श्रेष्ठ ज्यूले गर्नु भएको थियो । कार्यक्रममा मन्तब्यका क्रममा विशेष अतिथी दिनेश कुमार श्रेष्ठले नुवाकोट जिल्लामा जति पनि क्रिकेट सम्वन्धि कृयाकलापहरु भै रहेको छ त्यसमा नक्षत्र स्पोर्टस् क्लवको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग रहेकोले खुसि ब्यक्त गर्नु भयो । नुवाकोट जिल्ला पनि क्रिकेटको उज्वल भविष्य तर्फ उन्मुख रहेको हुनाले यस्ता प्रतियोगिताहरु निरन्तर भएमा खेलाडीहरुलाई पनि प्रोत्साहन मिल्ने कुरा उहाँले बताउनु भयो । त्यसै गरी नुवाकोट क्रिकेट संघका अध्यक्ष केशब मिश्रले आगामी दिनहरुमा नुवाकोट क्रिकेट संघको संयोजकत्वमा अन्य विभिन्न किसिमका प्रतियोगिताहरु संचालन गरी नुवाकोट जिल्लालाई क्रिकेटमार्फत देश भरी चिनाउने लक्ष्य रहेको बताउनु भयो । मन्तब्यकै क्रममा कार्यक्रमका प्रमुख अतिथी दिपक कायस्थ ज्यूले जुन रुपमा नुवाकोटमा क्रिकेट सम्वन्धि गतिविधी भई रहेको छ त्यो खेलाडीहरुका लागि अप्रयाप्त भएता पनि नक्षत्रले उक्त प्रतियोगिताको खाडललाई केहि हद सम्म भए पनि पुर्न सफल भएकोमा खुसि ब्यक्त गर्नुुभयो । उहाँले जिल्लामा त्यस्ता धेरै प्रतिभाहरु छन् जुन उचित समयको खोजीमा रहेकोले नुवाकोट क्रिकेट संघ, खेलकुद विकास समिति, नुवाकोट लगायत स्थानिय स्तरमा रहेको विभिन्न संघ संस्थाहरुको आपसी समन्वयले मात्र उक्त खाडल परिपूर्ति गर्न सकिने कुरा बताउनु भयो । प्रतियोगितामा खेलाडीहरुले देखाएको उत्साह प्रति उहाँले सम्पूर्ण खेलाडीहरुको खुलेर प्रशंसा पनि गर्नु भयो । प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरे बापत दवीघाट जालपा यूवा क्लवका दिनेश चित्रकारले उत्कृष्ठ खेलाडी घोषित भयो । उहाँले कार्यक्रमका विशेष अतिथी तथा नुवाकोट क्रिकेट संघका अध्यक्ष केशव मिश्रले प्रमाण पत्र, मेडल तथा कप प्रदान गर्नु भयो । प्रतियोगितामा द्धितिय भएका सचेतन समाज यूवा क्लव विदुरलाई विशेष अतिथी, नुवाकोट क्रिकेट संघका सचिव तथा नुवाकोट उद्योग बाणिज्य संघका सदस्य श्री दिनेश कुमार श्रेष्ठ ज्यूले मेडल, प्रमाण पत्र तथा कप प्रदान गर्नुभयो त्यसै गरि विजयी टिम देवीघाट जालपा यूथ क्लव, देवीघाटलाई प्रमुख अतिथी तथा नुवाकोट उद्योग बाणिज्य संघका महा सचिव श्री दिपक कायस्थ ज्यूले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो । प्रतियोगिता कात्र्तिक ११ गते देखि १३ गते सम्म ३ दिन संचालन भएको थियो । प्रतियोगितामा जम्मा नुवाकोट जिल्ला भरका ७ वटा टिमको सहभागीता रहेको कार्यक्रम संयोजक राजन अधिकारी ज्यूले जानकारी गराउनु भयो ।

Sunday, September 18, 2016

बट्टार लाखे समूहले चौथौ सान्तोना स्थान हाँसिल

२०७३ साल भाद्र २९ गते देखि आयोजना भएको पाँचौ राष्ट्रिय लाखेनाच प्रतियोगितामा हाम्रो नुवाकोट जिल्लाको तर्फबाट गएका दुई लाखे समूह मध्ये बट्टार लाखे समूहले चौथौ सान्तोना स्थान हाँसिल गरेको छ । करिब ३ दिन सम्म चलेको प्रतियोगितामा लाखे लगायत नेवारी सँस्कृति, भेषभुषा बाजागाजा लय आदीको पनि नम्बरिङ्ग गरिएको थियो । प्रतियोगितामा करिब ३३ लाखेको सहभागिता थियो । चितवन नारायणघाटको टन्टलापुर घाम र त्यसमा पनि तातो पिचमा हाम्रो लाखेमात्र परम्परागत शैलीमा खाली खुट्टा नाचेको देखिन्छ । हाल भएका त्रुटि कमिकमजोरीहरु लाई केलाई पछि हुने प्रतियोगिताको लागि राम्रो अनुभव रहेको सहभागीहरु बताउछन् ।

Saturday, July 02, 2016

केरुङ्ग नाकामा तल गाडी माथिबाट पहिरोको हेर्नुस् भिडियो सहित

नेपाल सरकारले रसुवा गढी नाका त खोल्यो सहज आपूर्तिका लागि तर बास्तवमै त्यो यात्रा भने ज्यानलाई जोखिममा राखेर जानु पर्ने चालकहरु बताउछन् । सुख्खा पहिरा निरन्तर बर्षात्, खाल्डा खुल्डी घुमाउरो सडक कहिले ज्यानै जाने ढुंगा खस्नुले त्रासमा सवारी साधन चलाउनु परेको छ रसुवा गढी सम्म पुग्नका लागि । अस्तिमात्रे रसुवा चाइना नाका टिमुरे केरुङ्गमा तल डिब्बाहरु अन्य यातायात रहेको तर माथि बाट पहिरो आएर आफ्नो ज्यान बचाउन भागाभाग आखिर कहिले सम्म त यस्तो ?

Tuesday, June 28, 2016

जात्रा


तस्बिर आफै बोलेको छ


विदुर खानेपानी उपभोक्ता समितिको खानेपानी ट्यांकी



प्रत्येक बर्षात् को सुरुवात सँगै विदनुर नगरपालिका वासीलाई खानेपानीको हाहाकारले सताउने गरेको छ । यस बर्ष पनि त्यो नहोला भन्न सकिन्न । खोलाको पानी ट्यांकीमा आउँदा बालुवा, लेदोहरुले ट्यांकी भरिने गरेको हुदाँ र पानी नै बर्षात्मा धमिलो आउने हुनाले पनी असर पर्ने गरेको छ । कहिले पहिरो बाढीले पाइपनै बगाउने गरेर पनि समस्या परेको अनुभव छ विदुर नगरपालिका वासी सँग । अहिले त्यसह बालुवाले भरिएको ट्यांकी सफा गर्ने क्रममा 



Saturday, June 11, 2016

अन्तर विद्यालय स्तरिय एथलेटिक्स च्याम्पियनसीप क्षेत्रपाल उ.मा.वि. चौघडालाई

नेपाल एथलेटिक्स एसोसियन, नुवाकोटको आयोजनामा अन्तर विद्यालयस्तरिय एथलेटिक्स च्याम्पियनसीप २०७३ सम्पन्न भएको छ । नुवाकोट जिल्लामा केही समय देखि सुस्त भएका एथलेटिक्स र आर्थिक अभावका बावजुत पनि प्रतियोगिता गरी अब जिल्लामा निरन्तर प्रतियोगिताहरु भै रहने कुराको जानकारी गराउनु भयो ।
प्रतियोगितामा जिल्ला भरका निजी तथा सरकारी गरी १२ ओटा विद्यालय सहभागी भएका थिए । विहान भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष श्री तारा बहादुर कार्कीको प्रमुख आतिथ्यमा एसोसीयनका अध्यक्ष नारायण लाल श्रेष्ठको सभापतीत्व तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको बिषय आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा १०० मिटर ४०० मिटर महिला पुरुष दौड, १००÷४०० मिटर महिला पुरुष रिले, शटपुट र ज्याभलिङ्ग थ्रो महिला पुरुष र महिला पुरुष ३ कि.मी. दौड सम्पन्न भएको थियो । नारायण लाल श्रेष्ठको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधान, नेकपा माओवादी केन्द्र का लिलानाथ न्यौपाने, राप्रपा नेपालका विष्णु प्र. सापकोटा, राप्रपाका रामकृष्ण भट्ट, जिल्लाका प्रहरी नायब उपरिक्षक, सैन्य तालिम केन्द्रका सहायक गणपति सुरेश देवकोटा, नु.आ.ब.क्याम्पसका प्रमुख नारायण लाल डंगोल, नुवाकोट पत्रकार संघका अध्यक्ष प्रकाश अधिकारीको विशेष आतिथ्यता तथा नेपाली कांग्रेस जिल्ला सभापती श्री जगदिश्वर नरसिंह के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रतियोगितामा सभापती, प्रमुख अतिथी, अतिथी, विशेष अतिथी लगायतले मन्तब्य राख्नु भएको थियो ।
प्रतियोगितामा ३ कि.मी. दौड तर्फ पिमलटार मा.वि. तारुकाका विजय श्रेष्ठ प्रथम, रणभुवनेश्वरी उ.मा.वि. देवीघाटका बाबुराम माझी द्धितिय तथा क्षेत्रपाल उ.मा.वि. का चन्दन प्याकुरेल तृतीय भएका थिए । महिला तर्फ जे.डि. बोर्डिङ्ग स्कूलका सुजिना तमाङ्ग, च्वाडी उ.मा.वि.का दिपा तमाङ्ग र क्षेत्रपाल उमावि का सुस्मिता राई क्रमशः प्रथम, द्धितिय र तृतिय भएका थिए ।
प्रतियोगितामा विभिन्न विद्याका प्रथम द्धितिय र तृतीयलाई अतिथी विशेष अतिथीज्यूहरुले मेडल तथा प्रमाण पत्र वितरण गर्नु भएका थियो ।

मार्चपासमा उत्कृष्ठ प्रदर्शन गरेबापत श्री भीमसेन माध्यामिक विद्यालयलाई शिल्ड तथा प्रमाण पत्र सैन्य तालिम केन्द्र, नुवाकोटका सहायक गणति सुरेश देवकोटाले वितरण गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमका विशेष अतिथी प्रहरी नायब उपरिक्षक.ज्यूको हातवाट कन्सोलेसन पुरस्कार श्री यूनाईटेड नि.मा.वि.ले तथा १ वटा स्वर्ण, २ वटा कास्य र ३ वटा रजत गरी तृतीय टिम च्याम्पियन श्री जेडि बोर्डिङ्ग स्कूले प्राप्त गरेका थिए । त्यसैगरी २ स्वर्ण, २ रजत र १ कास्य गरी श्री गणेश सूर्य प्राथमिक विद्यालयले द्धितियको शिल्ड तथा पुरस्कार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको हातबाट प्राप्त ग¥यो । त्यसैगरी उत्कृष्ट प्रदर्शन गरेका क्षेत्रपाल उमावि, चौघडाले १० वटा स्वर्ण, १ वटा रजत र ४ वटा कास्य गरी प्रथम स्थान हाँसिल ग¥यो । टिम च्याम्पियन प्रथमको ट्रफि कार्यक्रमका प्रमुख अतिथीज्यू ने.का. जिल्ला सभापती श्री जगदिश्वर नरसिंह के.सी. ले प्रदान गर्नु भएको थियो ।
यस कार्यक्रम पश्चात अब बर्षमा ४ वटा प्रतियोगिता निरन्तर हुने कुरा एसोसियसनका अध्यक्षले बताउनु भयो ।




















Thursday, June 09, 2016

फाइनलमा फिर्केप सुपर किंग्स र सामुदायिक विद्या मन्दिर देवीघाट विच हुदै

जालपादेवी वाल क्लवको आयोजनामा भई रहेको दोश्रो जालपादेवी प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको फाईलन खेल जेष्ठ २९ गते शनिवार, सहिद स्मारक स्कुल देविघाटको खेलमैदानमा हुदैछ । फाइनलमा फिर्केप सुपर किंग्स र सामुदायिक विद्या मन्दिर देवीघाट विच हुदैछ । खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा जिल्ला भरका ११ वटा क्लवहरुको सहभागीता रहेको प्रतियोगिता संयोजक दिनेश चित्रकारले बताउनु भयो ।
प्रतियोगितामा विजेता तथा उपविजेतालाई ट्रफि शिल्ड र मेडल वितरण हुने जानकारी गराउनु भयो । साथै उक्त फाइनल खेलका लागि सम्पूर्ण क्रिकेट प्रेमीहरुलाई सहभागीका लागि आव्हा
न गरिन्छ ।

Saturday, June 04, 2016

एथलेटिक्स संघको पत्रकार सम्मेलन सम्पन्न, जेष्ठ २८ गते अन्तर विद्यालय स्तरिय प्रतियोगिता

नेपाल एथलेटिक्स संघ, नुवाकोटको पत्रकार सम्मेलन सम्पन्न भएको छ । संघका अध्यक्ष नारायण लाल श्रेष्ठ तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानको प्रमुख आतिथ्यतामा र नेपाल पत्रकार महासघका अध्यक्ष श्री प्रकाश अधिकारीको आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा संघका अध्यक्ष श्रेष्ठले यहि जेष्ठ २८ गते शुत्रबार जिल्ला ब्यापी अन्तर विद्यालय स्तरिय एथलेटिक्स प्रतियोगिताको आयोजना गर्ने जानकारी गराउनु भयो । प्रतियोगितामा महिला र पुरुष गरी १०० र ४०० मिटर दौड, रिले ५ कि.मी. सडक दौड, शटपुट र ज्याभलिङ थ्रो रहेको छ।  नगर भित्र रहेका सामुदायिक तथा निजी विद्यालय गरी २१ विद्यालयलाई पत्राचार गर्ने कुरा पनि बताउनु भएको छ ।
जिल्लामा धेरै पहिले देखिनै एथलेटिक्स सम्वन्धि प्रतियोगिताहरु भएता पनि हालका केहि बर्षमा आर्थिक अभावका कारणले कमी आएता पनि अबका दिनहरुमा सबै सँग समन्वय गरी अगाडी बढ्ने र सो का लागि सम्पूर्ण संघ संगठनहरुको सहयोगको अपेक्षा राखेका कुरा पनि बताउनु भयो । यसै क्रममा जिल्लामा विभिन्न किसिमका एथलेटिक्स संघ आवद्ध खेलहरु भएता पनि संघलाई पहिले सुचित नगरिने, जानकारी नहुने हुनाले त्यसो नगरी प्रतियोगिता अथवा अन्य एथलेटिक्स सँग सम्वन्धित कार्यहरुमा संघलाई जानकारी नगराउनु भएकोमा दुःख ब्यक्त गर्नु भएको थियो ।
सम्मेलनमा जिल्ला खेलकुद विकास समितका अध्यक्ष श्री बुद्धि बहादुर प्रधानले जिल्ला हरेक खेलकुदमा अगाडी आउन सक्ने सम्भावना औल्याउदै हालका दिनमा एथलेटिक्सले पाएका केहि सफलताहरुलाई आत्मसात गर्दै आगामी दिनहरुमा जिल्ला खेलकुद विकास समितिको समेत पूर्ण सहयोगहुने र विद्यालय ह देखि यसरी खेलको विकास गर्न सकेमा राम्रा राम्रा राष्ट्रिय स्तरका खेलाडीहरु अझ बढी उत्पादन गर्ने कुरा बताउनु भयो । यसका लागि जिल्ला शिक्षा कार्यालय र प्याब्सन सँग छलफल गरी छाडैनै विद्यालयस्तर बाट नै यस्ता खेलको विकासका लागि आवश्यक प्रकृयाको थालनी गर्ने कुरामा जोड दिनु भयो ।
सम्मेलनमा अन्य खेलकुद संघ समितिका पदाधीकारीहरु, खेलप्रेमी लगायत जिल्ला भित्र रहेका सम्पूर्ण एफ एम, टि.भी तथा पत्रपत्रिकाका पत्रकार मित्रहरुको पनि सहभागीता रहेको थियो ।  खेलकुदलाई अगाडी बढाउन पत्रकार मित्रज्यूहरुको पनि महत्वपूर्ण भूमिका रहने कुरा अध्यक्ष ज्यूहरुले बताउनु भएको थियो ।

Saturday, January 16, 2016

नक्षेत्र क्रिकेट क्लव ३० रनले पराजित

प्रथम प्रान लिचि राष्टिय अन्तर क्लव स्तरिय टि २० क्रिेकेट प्रतियोगिता 



एस एस इभेन्टस ले नक्षेत्र क्रिकेट क्लवलाई ३० रनले पराजित गरेको  छ । निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै सुबास खकुरेलको ६५ र पुष्प थापाको ४० रनको मदतले १३९ रनको योगफल तयार गरेका थिए । नक्षत्रका तर्फवाट रक्षक खनाल र योगेश भाटले १÷१ विकेट लिन सफल भए । निर्धारीत २० ओभरमा १४० रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लेको नक्षत्र २० ओभरमा जम्मा ८ विकेट गुमाउदै १०९ रन बनाउन सफल रह्यो । नक्षत्रका लागि राजेश रिमाल ले २१ र विराट मान सिंह डंगोलले २० तथा सन्जय शाहले १७ रन बनाउन सफल रह्यो । एस एस इभेन्ट्सका तर्फवाट पुष्प थापाले ३ र राम नरेश यादवले २ विकेट लिन सफल भयो । ४० रन तथा ३ विकेट लिएका पुष्प थापा म्यान अफ दि म्याच घोषित भयो । 

Tuesday, January 12, 2016

लिची प्रथम राष्ट्रिय युवा क्रिकेट च्याम्पियनसिप अन्तरक्लव प्रतियोगितामा हाम्रो नुवाकोट जिल्लाको तर्फवाट सहभागी नक्षत्र क्रिकेट टिम

लिची प्रथम राष्ट्रिय युवा क्रिकेट च्याम्पियनसिप अन्तरक्लव प्रतियोगितामा हाम्रो नुवाकोट जिल्लाको तर्फवाट सहभागी नक्षत्र क्रिकेट टिमलाई माघ १ गते शुक्रवार हुने खेलको लागि अग्रिम बधाई


Venue: Tribhuwan University, Kirtipur
Date: 2072 Magh 1 Friday
Morning 8:00 AM
Nachhetra Sports Club, Nuwakot VS SS Events Kathmandu









 
Blogger Templates