Social Icons

Pages

Friday, October 26, 2018

उद्घाटन खेलमा नक्षेत्र स्पोर्टस क्लव ४ विकेटले विजयी

नुवाकोट क्रिकेट संघ को आयोजनामा  कार्तिक 9  देखी 12 सम्म  जिल्ला व्यापी खुल्ला टि २० क्रिकेट  प्रतियोगिताको उद्घाटन खेल नक्षत्र स्पोटर्स क्लव, पिपलटारले ४ विकेट ले जितेको छ ।
निर्धारित २० ओभरको खेलमा यूनिक व्वाइज ढुंगेले ११६ रन बनाउन सफल रह्यो । जसमा ढुंगेका यूकेश श्रेष्ठले १६ रन र सन्तोष थापाले १५ रन बनाए भने नक्षेत्रका तर्फवाट प्रसिद्ध खड्काले २ र राजन अधिकारी, रक्षक खनाल र सौरभ कुँवरले १÷१ विकेट हात पारे ।
११७ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको नक्षत्र स्पोर्टस् क्लवले १८.५ ओभरमा लक्ष्य पुरा ग¥यो । नक्षत्रका तर्फवाट सुशान्त तिमिल्सिना ले २१ बलमा ४२ रन बनाए भने कुमार गजुरेल १६* र ओम प्रकाश श्रेष्ठले समान १६ रन बनाए । बलिङ्ग तर्फ ढुंगेका यूकेश श्रेष्ठले ३ विकेट लिए । म्यान अफ द म्याच नक्षेत्र स्पोटर्स क्लवका शुसान्त तिमिल्सीना भए । 

प्रतियोगिता मा न​छेत्र​ स्पोर्त्स क्ल​ब इस्पोर्त्स बोइज क्ल​ब देविघाट र​ पिप​ल्टार ग​रि जम्मा ४ टिम को सहभागिता रहेको छ 

Thursday, August 16, 2018

त्रिशुलीमा डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्ग अध्यापन

  
त्रिशुली बजार, नुवाकोट र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय त्रिशुली बजारमा तिन बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयको कक्षा यसै शैक्षिक सत्रदेखि शुरु हुने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सम्वन्धनमा नुवाकोटमा पहिलो पटक तिन बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयमा त्रिशुली मा.वि ले कक्षा संचालन गर्न लागेको छ । यसै शैक्षिक सत्रमा अध्यापन शुरु गर्न विद्यालय व्यवस्थापन समितीको मंगलबार बैठक बसी आवश्यक तयारीमा जुटेका छ । एक शैक्षिक सत्रमा डिप्लोमा ईन सिभिल इन्जिनियरीङ्गमा ४८ जना विद्यार्थीले अध्यापन गर्न पाउने छन् । त्रिशुली स्कुलले सुविधा सम्पन्न भवन, अत्याधुनिक प्रयोगशालाको समेत विकास गरीसकेको सहायक प्रधाध्यापक राजेन्द्र दवाडीले जानकारी दिनुभयो । जिल्लामा एसईई परिक्षामा जिपिए प्राप्त गरेमा विद्यार्थीले घरैबाट दक्ष ईन्जिनियर वन्न पाउने भएका छन् ।

Tuesday, July 10, 2018

त्रिशुली जलविद्युत केन्द्र भित्र भिसण आगलागी, जिल्ला भरी विद्युत सेवा बन्द, आगो निभाउने प्रयास जारी। तस्बिर विभिन्न साथीहरूको बाल बाट

त्रिशुली जलविद्युत केन्द्र भित्र भिसण आगलागी, जिल्ला भरी विद्युत सेवा बन्द, आगो निभाउने प्रयास जारी।
तस्बिर विभिन्न साथीहरूको बाल बाट



Friday, June 29, 2018

१५ औ राष्ट्रिय धान दिवस


१५ औ राष्ट्रिय धान दिवसको अवसर पारेर आज धेरै स्थानहरुमा विभिन्न संघ, संस्था तथा सहकारीहरु मिलेर विशेष कार्यक्रमहरु संचालन गरि रहेको छ । त्यसै सन्दर्भमा नुवाकोट तुप्चेमा आयोजित कार्यक्रमको एक भिडियो तथा तस्वीर ।

सरकारले छुकछुके रेलको बाटोहाललाई त्यागेर विगत ४० बर्ष देखिको नेपाल कृषि प्रधान देशहो नेपालका जनसंख्याको ७० प्रतिशत कृषिमा आधारीत छ भन्ने हचुवाको तथ्यांकलाई आधुनिकीकरण तर्फ अग्रसर रही देशलाई साच्चै नै बरु कृषि प्रधान र समुन्नत बनाउन तर्फ साचे देशले कृषि बाट नै फड्को माथ्र्याे की यसको उत्कृष्ठ उदाहरण इजरायल देश रहेको कुरा सबैलाई थाहा होला ।
असार १५ को सँग सँगै दहि चिउरा खाने दिनको पनी विशेष शुभकामना

Thursday, June 21, 2018

जालपादेवी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेल आज



जेष्ठ २८ गते देखि सुरु भएको चौथो

जालपादेवी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेल आज असार ७ गते दिउसो ४ बजे सहिद स्मृति स्कूल देविघाटमा विदुर क्रिकेट क्लव विदुर र देवीघाट वाल क्लव देवीघाट विच हुदैछ ।
प्रतियोगितामा देवीघाट वाल क्लव क र ख, चन्द्र ज्योती स्कूल, सुभेनियर स्कूल, निरन्जना स्कूल, कासीटार क्लव, विदुर क्लव, सिरखाली क्लव, सँस्कृत स्कूल, नक्षेत्र, होमटाउन क्लवहरुको सहभागिता थियो । प्रतियोगिता १५ ओभरको खेलाइएको छ ।
निरन्तर बर्षहरुमा नुवाकोट जिल्लामा क्रिकेट गतिविधीलाई चलायनमान राख्नका लागि जालपादेवी क्रिकेट क्लवले यस्ता प्रतियोगिता आयोजना गर्ने गरेका छन् । विगतका केही समयमा नुवाकोट क्रिकेट संघबाट पनि प्रतियोगिता गर्नका लागि पर्याप्त मात्रा खेल मैदानको अभावले जिल्लामा लगभग शुन्य रहेको अवस्थामा जालपादेवी वाल क्लवले खेलाडीहरुलाई भने केहि राहत दिएको छ ।
स्थानिय निकायहरुको चासोमा पनि कमि आउनाले क्रिकेट खेलका लागी पर्याप्त पूर्वाधारहरु विकास गर्न नसकेको गुनासो दिनानुदिन बढ्दै गइ रहेको छ ।
आजको यस खेलका विजेता तथा उपविजेताहरुलाई शिल्ड, मेडल नगद तथा प्रमाण पत्रको ब्यवस्था गरिएको छ ।

Friday, June 08, 2018

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लववीच

जिल्ला खेलकुद परिषद् नुवाकोट र जिल्ला फुटबल संघ नुवाकोटको आयोजना तथा विदुर नगरपालिकाको संरक्षणमा आयोजित नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल रुस्लान  थ्रीस्टार र नेपाल पुलिस क्लववीच २०७५ जेष्ठ २६ गते शनिवार हुदैछ । खेल दिउँसो ३ः३० बजे नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । आफ्नो जिल्लाको पहिलो प्रतिस्ठित फुटवल प्रतियोगितामा सम्पूर्ण फुटबल प्रेमीहरुमा नुवाकोट खबर हार्दिक आमन्त्रण गर्दछ ।

Wednesday, June 06, 2018

पहिलो सेमिफाइनल खेल नुवाकोट ११ र रुस्लान थ्रीस्टार वीच

जिल्ला खेलकुद परिषद् नुवाकोट र जिल्ला फुटबल संघ नुवाकोटको आयोजना तथा विदुर नगरपालिकाको संरक्षणमा आयोजित नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल नुवाकोट ११ र रुस्लान  थ्रीस्टार वीचको हुदैछ । खेल दिउँसो ३ः३० बजे नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । आफ्नो जिल्लाको पूर्ण साथ तथा हौसलाका लागि सम्पूर्ण फुटबल प्रेमीहरुमा नुवाकोट खबर हार्दिक आमन्त्रण गर्दछ ।

Monday, May 28, 2018

नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता २०७५ को तयारी लगभग अन्तिम चरणमा (फोटो फिचर सहित)

जेष्ठ १७ देखि २७ सम्म हुने नुवाकोेटको इतिहासमै पहिलो राष्ट्रिय स्तरको क्लवहरुको सहभागितामा जिल्ला खेलकुद परिषद् नुवाकोट र नुवाकोट फुटबल संघ एन्फाको आयोजना तथा विदुर नगरपालिकाको संरक्षणमा प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता २०७५ को तयारी लगभग अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको खेलकुद मैदान, बट्टारमा हुनेछ । प्रतियोगितामा जम्मा १० टिमको सहभागिता रहनेछ ।हाल मैदानको भित्री भागबाट जस्ता बार्नेकाम र मैदान मिलाउने काम जारी रहेको छ । दर्शक दिर्घहरु बस्नका लागि छुट्टै प्याराफिटको पनि निर्माण कार्य तिव्र गतिमा अघि बढि रहेको छ । प्रतियोगिता १ दिन अगावै सवै ब्यवस्थापन भै सक्नेमा हामी आशावादी छाँै । मैदान बनाउने क्रममा विशेष गरी नुवाकोटमा रहेको नेपाली सेनाका जवानहरुको तर्फवाट विशेष सहयोग रहेको थियो ।
प्रतियोगिता जेष्ठ १७ देखि २७ सम्म १० दिन चल्ने छ । प्रतियोगितामा #नुवाकोट ११# थ्रि स्टार # मदनभण्डारि स्पोर्टस एकेडेमी   # नेपाल पुलिस क्लव # एपिएफ #शशस्त्र प्रहरी वल# फ्रेन्डस क्लब  #चितवन  ११  # रुपेन्देहि ११  #कास्की ११ # काठमाडौं ११ १०  दश टिमको सहभागिता निश्चित भईसकेको छ 






नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता २०७५ को तयारी लगभग अन्तिम चरणमा (फोटो फिचर सहित










जेष्ठ १७ देखि २७ सम्म हुने नुवाकोेटको इतिहासमै पहिलो राष्ट्रिय स्तरको क्लवहरुको सहभागितामा जिल्ला खेलकुद परिषद् नुवाकोट र नुवाकोट फुटबल संघ एन्फाको आयोजना तथा विदुर नगरपालिकाको संरक्षणमा प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता २०७५ को तयारी लगभग अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको खेलकुद मैदान, बट्टारमा हुनेछ । प्रतियोगितामा जम्मा १० टिमको सहभागिता रहनेछ ।हाल मैदानको भित्री भागबाट जस्ता बार्नेकाम र मैदान मिलाउने काम जारी रहेको छ । दर्शक दिर्घहरु बस्नका लागि छुट्टै प्याराफिटको पनि निर्माण कार्य तिव्र गतिमा अघि बढि रहेको छ । प्रतियोगिता १ दिन अगावै सवै ब्यवस्थापन भै सक्नेमा हामी आशावादी छाँै । मैदान बनाउने क्रममा विशेष गरी नुवाकोटमा रहेको नेपाली सेनाका जवानहरुको तर्फवाट विशेष सहयोग रहेको थियो ।
प्रतियोगिता जेष्ठ १७ देखि २७ सम्म १० दिन चल्ने छ । प्रतियोगितामा #नुवाकोट ११# थ्रि स्टार # मदनभण्डारि स्पोर्टस एकेडेमी   # नेपाल पुलिस क्लव # एपिएफ #शशस्त्र प्रहरी वल# फ्रेन्डस क्लब  #चितवन  ११  # रुपेन्देहि ११  #कास्की ११ # काठमाडौं ११ १०  दश टिमको सहभागिता निश्चित भईसकेको छ 


 x


Sunday, May 20, 2018

गेर्खुटारका बिबेक सगरमाथाको चुचुरोमा

बिदुर । बिदुर नगरपालिका वडा नं. १० का ३९ बर्षिय बिबेक पाण्डेले शनिवार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पाण्डेले जर्मनी स्थित ओट्टो लाईफ साईन्स ईन्जिनियरिङ ‘जिएमबिएच’ को माउण्ट एभरेष्ट समिट –२०१८ मा सहभागि हुँदै सगरमाथा आरोहण गरेका हुन् ।
गेर्खुटारका नरबहादुर पाण्डे र सूर्यकुमारी पाण्डेका सुपुत्र बिबेक बिगत २० बर्ष अघि देखि ट्रेकिङ गाईडको रुपमा पर्यटन क्षेत्रसंग संवन्धित रहँदै आएका छन् ।
(तस्वीर सौजन्य : सुवास पाण्डे)
News Source: www.nuwakotimes.com

Thursday, May 17, 2018

नुवाकोट गोल्डकप जेठ १७ गतेदेखि २६


जेठ १७ गतेदेखि २६ गते सम्म बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा जिल्ला खेलकुद परिषद नुवाकोट र नुवाकोट फुटबल संघ एन्फाको आयोजना तथा विदुर नगरपालिकाको संरक्षणमा प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता २०७४ आयोजना हुन गइ रहेको छ । उक्त प्रतियोगिता मनाङ–मस्र्याङ्दी, थ्रीस्टार, आर्मि क्लव, पुलिस क्लव, एपिएफ, रुपन्देही–११, पोखरा–११, नुवाकोट ११ लगायत १० टिमको सहभागिता हुने भएको छ।



फुटबल प्रतियोगिताको दर्शकलाई मध्यनजर राखेर बाँसबाट प्याराफिट बनाउने काम भइरहेको छ। दुबो बिच्छ्याएर खेल मैदा

न तयार भइसकेको आयोजकले जनाएको छ।

Sunday, March 11, 2018

नुवाकोटमा एकै दिन ३ ठूला दूर्घटना


बट्टार बजारमा भएको दुर्घटना भएको केरुङ्ग यातायातको गाडी 
नुवाकोटमा आज भएको तिन  छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पासाङल्हामु मार्ग अन्तर्गत विदुर ४ बट्टार र त्रिशूली–गल्छि सडक अन्तर्गतको तारुकामा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।
जिल्लाको ब्यस्त ब्यापारिक क्षेत्र बट्टार वजारमा तिव्र गतिमा गुडिरहेको बा


तारुकामा भउको दुर्घटनामा घटनास्थलमै मृत्यु भएका चालक

५ ख ७९८ नंवरको वसवाट खसेर विदुर ३ का ७० वर्षिय ईश्वरलाल श्रेष्ठको मृत्यु भएको हो । तिब्र गतिमा रहेको वसले एक्कासी व्रेक लगाउँदा वसको अगाडी सिसाबाट सडकमा झरेर घाईते भएका उनको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो । ब्यस्त वजारमा तिव्र गतिमा वस चलाएर दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयले चालकलाई कुटपिट समेत गरेका छन् ।
तारुका 
पिपल्टारमा भएको दुर्घटनाको घाइतेहरु विदुर सिटि हस्पिटलमा ल्याउदै
यसैगरि, तारुकाघाटमा बा।३।ख ६६६७ को ट्रिपरले ठक्कर दिदा बा।७०।प ४४२७ नंबरको मोटरसाईकल चालक तिलक मिजारको मृत्यु भएको हो । दुवै घटनाका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

 त्यसै गरी पिपलटारमा देविघाट त्रिशुली चल्ने मिनिबस दुर्घटना भएको छ , घाइतेहरुको उपचार विदुर सिटी हस्पिटलमा भै रहेको छ विस्तृत विवरण आउन बाँकी 


 
Blogger Templates