जेष्ठ १७ देखि २७ सम्म हुने नुवाकोेटको इतिहासमै पहिलो राष्ट्रिय स्तरको क्लवहरुको सहभागितामा जिल्ला खेलकुद परिषद् नुवाकोट र नुवाकोट फुटबल संघ एन्फाको आयोजना तथा विदुर नगरपालिकाको संरक्षणमा प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता २०७५ को तयारी लगभग अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको खेलकुद मैदान, बट्टारमा हुनेछ । प्रतियोगितामा जम्मा १० टिमको सहभागिता रहनेछ ।हाल मैदानको भित्री भागबाट जस्ता बार्नेकाम र मैदान मिलाउने काम जारी रहेको छ । दर्शक दिर्घहरु बस्नका लागि छुट्टै प्याराफिटको पनि निर्माण कार्य तिव्र गतिमा अघि बढि रहेको छ । प्रतियोगिता १ दिन अगावै सवै ब्यवस्थापन भै सक्नेमा हामी आशावादी छाँै । मैदान बनाउने क्रममा विशेष गरी नुवाकोटमा रहेको नेपाली सेनाका जवानहरुको तर्फवाट विशेष सहयोग रहेको थियो ।
प्रतियोगिता जेष्ठ १७ देखि २७ सम्म १० दिन चल्ने छ । प्रतियोगितामा #नुवाकोट ११# थ्रि स्टार # मदनभण्डारि स्पोर्टस एकेडेमी # नेपाल पुलिस क्लव # एपिएफ #शशस्त्र प्रहरी वल# फ्रेन्डस क्लब #चितवन ११ # रुपेन्देहि ११ #कास्की ११ # काठमाडौं ११ १० दश टिमको सहभागिता निश्चित भईसकेको छ

No comments:
Post a Comment