Social Icons

Pages

Saturday, October 31, 2015

त्रिशुली जिल्ला अस्पताल आफैमा रोगी

Look at this Board 

           नुवाकोट जिल्लाको एक मात्र जिल्ला अस्पताल जिल्ला त्रिशुली अस्पताल जहाँ हरेक भेगका विरामीहरुलाई औषधी उपचार गर्दै निको पारी रहेको छ तर विडम्बना अस्पताल आफैमा भने विरामी अवस्थामा छ । अस्पताल पूर्णत सफा नहुनु उचित खानेपानीको ब्यवस्था नहुनु त सामान्य नै भई सकेको छ अबतः हेर्दा खेरीनै अस्पताल रोगी जस्तो लाग्न थालेको छ जुन मुख्य द्धारमा रहेको अस्पतालको वोर्डले स्पष्ट देखाउँदछ । नेपाल सरकारको शिक्षा पछिको अधिक बजेट छुट्टीएको स्वास्थ्य क्षेत्र आखिर किन त सधै यस्तै भई रहन्छ । जिल्ला अस्पतालत एउटा उदाहरण मात्र हो गाउँ गाउँका स्वास्थ्य उपस्वास्थ्य चौकीहरु हेर्नेहो भने अझ दयनीय रहेको छ । सम्वन्धित पक्षको बेलैमा ध्यान जाउन् र चाडैनै आम जनतालाई निको पार्ने अस्पताल आफैमा पूर्ण स्वस्थ्य रहोस् ।


Nuwakot District Hospital Gate

Photo Credit : Ramesh Shrestha Via Facebook

Tuesday, October 20, 2015

आज २०७२ साल कार्तिक ३ गते फुलपातीजात्रा विशेष तरिकाले मनाईयो ।

आज २०७२ साल कार्तिक ३ गते फुलपातीको दिन विशेष बाजागाजा र सम्मान सहित नुवाकोट जिल्लाको नुवाकोटमा अवस्थित धामीको घरमा फुलपाती भित्राईने गरिन्छ । घटस्थापनाको दिन देखि पुजा आजा सहित राखिएको जमररा फुलपातीको दिन भित्राईने परम्परा परापूर्व देखि रहि आएको छ । यसै विच सम्पूर्ण नेपालीजनहरुमा नुवाकोट खबरको तर्फवाट विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना



Thursday, October 15, 2015

अभिमत : राष्ट्रपति कसलाई बनाउने ? बैंकर्सदेखि क्रिकेटकरसम्मको रोजाइ


२८ असोज, काठमाडौं । भावी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा राजनीतिक दलहरुभित्र चर्को बहस सुरु भइसकेको छ । नयाँ संविधान बमोजिम डा. रामवरण यादवको ठाउँमा दशैंपछि नयाँ राष्ट्रपतिको चयन हुँदै छ ।
राजनीतिक दलभित्र मात्र नभएर नयाँ राष्ट्रपतिको विषयमा बाहिर पनि चासो कम छैन । फलानो भए राम्रो र ढिस्कानो भए खत्तम हुन्छ भन्दै चिया पसलहरुमा गफको तुफान सिर्जना हुने गरेको छ । यसैक्रममा हामीले फरक-फरक क्षेत्रको प्रतिनिधित्व गर्ने ५ व्यक्तिलाई सोध्यौं, ‘भावी राष्ट्रपतिमा कसलाई हेर्न चाहनुहुन्छ ?’ उनीहरुले दिएको जवाफ यस्तो छ :
Anil-Sahaसबैलाई समेट्ने साझा व्यक्ति चाहिन्छ
अनिल केशरी  शाह, बैंकर
अहिलेका सन्दर्भमा सिंगो नेपाललाई समेटेर लैजान सक्ने व्यक्तित्व चाहिन्छ । त्यस्तो साझा व्यक्ति होस जोप्रति हिमाल तराई पहाड सबै क्षेत्रका नेपालीहरुले गर्व गर्न सकुन् । यो हाम्रो होइन, फलानोको हो भन्ने स्थिति नहोस् । यो मेरो होइन भन्ने नहोस् । नयाँ संविधानमा राष्ट्रपतिको सेरेमोनियल रोल हुन्छ । तर, पनि त्यो पदको विशिष्ट महत्व हुन्छ ।
उदाहरणका लागि हाम्रो परिवारमा हजुरबुबा-हजुरआमाको कति महत्व हुन्छ ? उहाँहरु काम गर्नुहुन्न, पैसा पनि कमाउनुहुन्न, तर घरको अभिभावकका रुपमा सबैले उहाँहरुको आदर गर्छन् । सबैले उहाँहरुबाट टीका थाप्छन् । अहिले विद्या भण्डारीको नाम अगाडि आइरहेको छ । मेरो विचारमा उहाँलाई राष्ट्रपति बनाउँदा नयाँ सन्देश जान्छ । लैंगिक समानतामा नेपालले छलाङ मारेको मानिन्छ । देशको आधा जनसंख्यालाई त्यसले हौसला प्रदान गर्छ ।
लालबाबुलाई बनाए हुन्छ
दीपकराज गिरी, हास्य कलाकार
dipakraj-giriसंविधानअनुसार राष्ट्रपति पद कार्यकारी होइन । आलंकारी पद भएकाले यसमा महिला वा पिछडा वर्गको नेतृत्व गर्ने व्यक्तिलाई छनोट गर्दा राम्रो हुन्छ । तर, राष्ट्रपति हुनका लागि अरु धेरै पक्षहरु विचार गर्नुपर्छ ।
उसको व्यक्तित्व यस्तो होस् कि हामीलाई आफ्नो राष्ट्रपति भन्न पाउँदा गर्व लागोस् । यदि सम्भव हुने हो भने म त पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई राष्ट्रपति बनाइदिए हुन्छ भन्छु ।
अहिले सुवास नेम्वाङ र विद्या भण्डारीको नाम चर्चामा सुनेको छु । उहाँहरु पनि योग्य पात्र नै हो । सुभास नेम्वाङले संविधानसभाको नेतृत्व गरेर संविधान निर्माणमा अहम् भूमिका खेल्नुभयो । विद्या भण्डारीलाई बनाउँदा अझै राम्रो हुन्छ । किनभने उहाँले महिलाको प्रतिनिधित्व गर्नुहुन्छ उहाँ मदन भण्डारीकी पत्नी पनि हुनुहुन्छ ।
महिला वा दलितको पक्षमा छु
नयनराज पाण्डे, साहित्यकार
nayanraj-pandyमलाई संविधान घोषणापछिको पहिलो राष्ट्रपतिमा महिला वा दलित वर्गबाट प्रतिनिधित्व गर्ने व्यक्ति भए हुन्थ्यो भन्ने लाग्छ । दलित महिला भए अझै राम्रो । त्यस्तो भयो भने गणतान्त्रिक संविधानको सार्थकता सुरुबाटै देखिन थाल्थ्यो । यद्यपि दलित वा महिला मात्रै भएर पनि पुग्दैन । मूलतः पहिले विवादमा नआएको स्वच्छ छविको व्यक्तित्व हुनुपर्‍यो ।
राजनीतिक पार्टीभित्रकै हुनुपर्छ भन्ने छैन । यदि मिल्छ भने राजनीति बाहिरको राष्ट्रिय व्यक्तित्व ल्याउँदा झनै राम्रो हुन्छ । सक्रिय राजनीतिभन्दा सामाजिक अभियन्ताका रुपमा भूमिका खेलेको मान्छेले सबैलाई समेट्न सक्छ । अहिले विद्या भण्डारीको नाम चर्चामा आएको छ ।
तर, मेरो विचारमा उहाँको विकल्पमा अरु नामहरुमाथि पनि छलफल गर्नुपर्छ । किनभने उहाँलाई अरुले एमालेको राष्ट्रपति भनेर चिन्ने स्थिति आउन सक्छ ।
तानाशाह टाइपको चाहिन्छ
सुभास खकुरेल, क्रिकेट खेलाडी
Subas-Khakurelमलाई त यो आवस्, त्यो आवस्, भन्ने छैन, जो आए पनि हुन्छ । राम्रो मान्छे आउनुपर्‍यो । सक्षम नेतृत्वको अभावमा हामीले आज यति दुख झेलिरहेका छौं । राष्ट्रपतिलाई धेरै पावर नभए पनि देशलाई संकट परेका बेला अभिभावकका रुपमा उसले धेरै ठूलो भूमिका खेल्न सक्छ ।
म त चाहन्छु, अब बन्न राष्ट्रपति थोरबहुत तानाशाही प्रकृतिको होस् । तपाईंले विकसित देशको इतिहास हेर्नुभयो भने कुनै न कुनै समय तानाशाहले शासन गरेको पाइन्छ ।
नेपाललाई पनि त्यस्तो तानाशाह चाहिएको छ । मैले लालबाबु पण्डित भन्ने मन्त्रीको नाम धेरै सुनेको छु, त्यस्तैखालको इमान्दारिता पनि खोज्नुपर्छ ।
जो आए पनि हुन्छ
पशुपति शर्मा, गायक
pashupati-sharmaप्रधानमन्त्रीको विषयमा सोधेको भए म गज्जब उत्तर दिन्थेँ । राष्ट्रपति भनेको त थपना मात्रै न हो । कार्यकारी राष्ट्रपति भए पो यस्तो होस्, त्यस्तो होस् भन्नु । तैपनि यति भन्न चाहन्छु, सकभर राम्रो मान्छे होस् ।
परिस्थितिलाई ह्याण्डल गर्न सक्ने क्षमता भएको होस् । महिला भएदेखि राम्रो । तर, महिला नै हुनुपर्छ भन्ने पनि छैन ।
जातीय हिसाबले भन्दा पनि योग्य व्यक्ति ठाउँमा पुग्नुपर्छ भन्ने मेरो मान्यता छ । अहिले चर्चामा आइरहेका नामहरुको विषयमा मेरो कुनै प्रतिक्रिया छैन ।
Source: www.onlinekhabar.com

परराष्ट्रमन्त्री थापाले ‘नाकाबन्दी’ भन्न मानेनन् भारतलाई शंकाको सुविधा दिने

८ असोज, काठमाडौं । ‘राष्ट्रवादी’ छवि बनाएको ओली सरकारका परराष्ट्रमन्त्री कमल थापाले छिमेकी भारतले नाकाबन्दी गरेको भन्न अस्वीकार गरेका छन् । उनले वीरगञ्ज बाहेकका सीमा नाकामा सहजता देखिएको भन्दै भारतलाई ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिने बताए ।
आफ्नो भारत भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यातायात पारवहन क्षेत्रमा भएको असहज परिस्थिति र मधेस केन्दि्रत दलको आन्दोलनका कारण इन्धनको अभाव भएको बताए । तर, उनले नाकाबन्दी भन्न अस्वीकार गरे ।
यसअघि सुशील कोइराला सरकारले पनि नाकाबन्दी भन्न र त्यसलाई अन्तराष्ट्रीयकरण गर्न सकेको थिएन । जसको चौतर्फी आलोचना भएको थियो ।
भारतले नाकाबन्दी गरेको हो कि होइन ? नाकाबन्दी हो भने सरकारले अन्तराष्ट्रीयकरण गर्छ कि गर्दैन भन्ने पत्रकारहरुको प्रश्नमा परराष्ट्रमन्त्री थापाले प्रष्ट जवाफ दिएनन् ।
उनले वीरगञ्ज बाहेकका नाकामा खुकुलो भएको तर, आयातमा निरन्तरता नभएको बताए । रक्सौल बाहेक अन्य नाकाहरुमा खुकुलो रहेको भन्दै थापाले भने- ‘तर, पर्याप्त बुलेट, ट्यांकरहरुको अभाव छ, लोड-अनलोडका पनि केही समस्या देखा परेका छन् । त्यसले पनि हुन सक्छ, त्यसैले अहिले केही आशंका नगरी बेनिफिट अफ डाउट दिएर हेरौं न ।’
तर, प्रधानमन्त्री ओलीले विहीबार अपरान्ह व्यवस्थापिका संसदमा सम्बोधन गर्ने क्रममा भने ‘अघोषित नाकाबन्दीप्रति हामी गम्भीर छौं’ भन्दै नाकाबन्दी शब्दको उच्चारण गरेका छन् । भूपरिवेष्ठित राष्ट्रको अधिकार सुनिश्चित हुनुपर्ने प्रधानमन्त्रीले बताए ।
परराष्ट्रमन्त्री शनिबार भारत जाने
परराष्ट्रमन्त्री थापा नेतृत्वको उच्चस्तरीय टोली शनिबार भारत जाने कार्यक्रम छ । भारतीय समकक्षी सुष्मा स्वराजको निम्तोमा दिल्ली जान लागेका थापाले गर्ने अन्य राजनीतिक भेटबारे अहिले केही खुलाइएको छैन ।
थापाको दिल्ली भ्रमणबारे एमाले स्थायी कमिटीको बैठकमा जानकारी दिँदै विहीबार प्रधानमन्त्री केपी ओलीले परराष्ट्रमन्त्रीलाई आपूर्तिको वातावरण सहज बनाउन दिल्ली पठाउन लागिएको बताए ।
मन्त्री थापाले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिल्ली भ्रमणबारे जानकारी दिँदै भारतीय विदेशमन्त्री स्वराजसँगको भेटका लागि आफू उत्सुक रहेको पत्रकार सम्मेलनमा बताए । उनले भने- दुई देशका सम्वन्धका विविध पक्षमा कुरा हुुन्छ, त्यस क्रममा आपूर्ति समस्या समाधान गर्न भारत सरकारसँग सहयोग खोज्छौं ।’
ओली सरकारले भारत सरकारसँग अहिले देखिएको तिक्तता अस्थायी भएको बताएको छ । साथै तराई मधेसमा भइरहेको आन्दोलनलाई राजनीतिक समस्याको रुपमा लिएर समाधान खोज्ने समेत बताएको छ ।
#Source: onlinekhabar.com

म्यारीज खेलको नियमावली -2072 (सामाजिक सन्जाल बाट)


केही वर्ष अगाडि नै सम्मानित पुनरावेदन अदालत बिराटनगरले म्यारिज खेललाई जुवा भन्न नपाइने भनि दिएको आदेशको उच्च सम्मान गर्दै, म्यारीज खेलको खेल प्रकृयाबारे थोरैलाई थाहा भएर समय समयमा विवाद आईराख्ने भएको कारण म्यारीज खेललाई व्यवस्थित र मर्यादित पार्नु वाञ्छनीय भएकोले पप्लुको विकसित रुपमा म्यारीजलाई स्थान दिई सबैको घर दैलोमा चाडवाडदेखि काजक्रियासम्म, मेलापात वा पढाईबाट निकालिएको फुर्सदको समयमा, रुद्री वा पुराण लगाएको घरमा वा जागीरे वा बेरोजगार, मन्त्री वा सचिव सबैले रुची राखेको कारण नियमको अभावमा सधैं किचलो उत्पन्न हुने तथा झै–झगडाको अवस्था समेत सृजना हुने भएकोले तत्काल दलहरुबीचको राजनीतिक सहमति कायम हुन नसकी संविधान सभाको बैठक अवरुद्ध भएको अवस्थामा र मूल कानून निर्माण हुन नसकेको हुँदा तत्काल केही न केही गर्नै पर्ने भएकोले म्यारिज खेललाई थप व्यवस्थित गर्नका लागि ऐतिहांसिक पर्व शुभदिवलीको पूर्व सन्ध्या पारेर ‘म्यारिज नियमावली–2072’ लागू गरिएको छ ।
म्यारिज नियमावली २०६९
हाम्रा नेताहरुले देशको संविधान बनाउन सकेनन् भनेर रोइकराई गरी बसेर काम चलेन । नेताहरुले आफ्नो दायित्व पुरा नगरेपनि अरुले, जहां जसको जे जिम्मेवारी छ, त्यो पुरा पर्छ भन्ने महसुस, ।
परिच्छेद–१ १. संक्षिप्त नाम र प्रारम्भ :
(क) यो नियमावलीको नाम “म्यारीज नियमावली, 2072” रहेको छ ।
(ख) यो नियमावली म्यारीज खेलाडीहरु र यस खेल प्रति रुची राख्ने दर्शक तथा अन्य खेलाडीहरुको हकमा मात्र लागू हुनेछ ।
(ग) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा :
(क) “तास” भन्नाले एक्का देखि वादशाह सम्मका चिडी, सूरत, ईट र पानका चार प्रकारका तास (चक्की) सम्झनु पर्दछ ।
(ख) “बुक” भन्नाले खण्ड (क)मा उल्लेखित थान ५२ को संख्या वा मिश्रित समूहलाई सम्झिनु पर्दछ ।
(ग) “म्यारीज बुक” भन्नाले खण्ड (क) अनुसारको ३ वा ४ बुक तास सम्झिनु पर्दछ ।
(घ) “दाना तथा गेडा” भन्नाले तास खेल्दा पैसाको आदान प्रदान गर्न तथा विनिमय गर्न सहज होस् भनी पैसाको मूल्यमा सटही गरी राखिएको मकै, भटमास, सिमी, मटर, केराउ तथा अन्य सजिलो किसिमले गन्न सकिने गेडागुडी वा चिज वस्तुलाई सम्झिनु पर्दछ ।
(ङ) “खेलाडी” भन्नाले जित्ने नै मनसाय राखी दुई वा दुई भन्दा तर ८ जनामा नबढ्ने गरी स्वास्नी, छोरा–छोरीको आँखा छली तथा घरको वा कार्यालयको कामकाज माया मारी म्यारीजको खालमा घुँडा टेकेर चौबिसै घण्टा बिताउने सम्झनु पर्दछ ।
(च) “टट्टु तथा धुपौरे” भन्नाले घरको वा कार्यालयको कामकाज गर्नका दुःखले म्यारीजको खालमा गएर उँघ्ने वा लम्पसार परेर सुत्ने, हात टेकेर अर्काका तास हेरी यो फाल, त्यो फाल भन्ने, हात नटेक लोदर लाग्यो भन्दा हतपत पलेटी कस्ने, अरु खेलाडीले नबोल भन्दा ङिच्च दाँत देखाउँदै हाँस्ने वा निन्याउरो मुख लगाउने व्यक्तिलाई समेत सम्झनु पर्दछ ।
(छ) “म्यारीजको खाल” भन्नाले सम्भव भएसम्म सुकुल माथि शतरन्जा ओछ्याइएको अम्मलीहरुको अम्मल अनुसारको पानी, रक्सी, चुरोट, पान–पराग, खैनी, सुर्ती वा अन्य पान मसला वा यस्तै किसिमका अम्मल समेत जुटाईएको निर्धारित स्थानलाई सम्झनु पर्दछ ।
(ज) “मुर्गा” भन्नाले खेलको अवधिमा अधिक मात्रामा रुपैयाँ हार्ने हरुवा व्यक्तिलाई सम्झनु पर्दछ ।
(झ) “लाग्यो” भन्नाले साथमा भएको नगदी वा जिन्सी सम्पूर्ण सरसामानहरु हारी टाट पल्टी मुर्गा हुने व्यक्तिले तिर्न नसकी ङिच्च दाँत देखाउँदै दिएको जवाफ सम्झनु पर्दछ । सो शब्दले खल्तीमा (भित्री पकेटमा) पैसा भई भई बद्नियत– पूर्वक हारेको पैसा नतिर्ने नियतले कुनै पनि ढंगबाट दिएको जवाफ समेत सम्झनु पर्दछ ।
(ञ) “डबल म्यारीज” भन्नाले खण्ड (ञ) अनुसारका २ जोडा सम्झनु पर्दछ ।
(ट) “चौरेला” भन्नाले कुनै पनि रङ्गका एक अंकका ४ कार्डलाई सम्झनु पर्दछ ।
(ठ) “डब्बल चौरेला” भन्नाले नियम २ को खण्ड (ट) बमोजिमका जोडी सम्झनु पर्दछ ।
(ड) “सिक्वेन्स” भन्नाले एकै रङ्गका क्रमिक ३ देखि ५ कार्ड सम्मको तासलाई सम्झनु पर्दछ ।
(ढ) “जोक्कर” भन्नाले कटुवाले माल काटेपछि पल्टेको मालको विभिन्न रङ्गको तासलाई सम्झनु पर्दछ ।
(ण) “माल” भन्नाले कटुवाले तास काटेपछि घोप्ट्याई वा उत्तानो पारी खेलाडीको बीचमा बुकले थिचेर राख्ने तास वा चक्कीलाई सम्झनु पर्दछ ।
(त) “ वाई सी एल” भन्नाले मूल जोक्करलाई सम्झनु पर्दछ ।
(थ) “कटुवा” भन्नाले ३ सिक्वेन्स पुगेपछि भुँईमा सबै खेलाडीहरुले देख्ने गरी भुँईमा पछाडी जोक्कर वा माल काट्ने व्यक्तिलाई सम्झनु पर्दछ । तर पहिलै जोक्कर पल्टाउने खेलमा तास बडुँवाले भन्दा देब्रेपट्टि बसी माल काट्ने व्यक्तिलाई समेत जनाउँदछ ।
(द) “सुको मरु झा” भन्नाले कटुवाले माल काटेपछि जोकर समेत नपरेको अवस्थालाई सम्झनु पर्दछ ।
(ध) “अल्टर” भन्नाले कटुवाले काटेको मालको अल्टर (ठीक विपरित) रङ्ग र अंकको तासलाई सम्झनु पर्दछ ।
(न) “बाटो खर्च” भन्नाले खेलको पिरियडमा अधिक मात्रामा हारी टाट पल्टी १ कि.मि.भन्दा टाढाको गन्तव्यमा पुग्ने पर्ने मुर्गा भएमा उक्त मुर्गालाई जितुवा मध्ये जेष्ठ जितुवाले भाडा बापत अप्ठ्यारो नमानी दिने खर्चलाई सम्झनु पर्दछ ।
(प) “बडुवाल” भन्नाले शर्त बमोजिम सर्वप्रथम वा सो पश्चात् एक अर्कालाई तास बाँड्ने भान्सेलाई सम्झनु पर्दछ ।
(फ) “कटफर” भन्नाले ४ जना सम्म खेलाडी भए प्रत्येक २ राउण्डमा र सो भन्दा माथि खेलाडीहरु भए प्रत्येक राउण्डमा बुकबाट ठुलो तास पल्टाउने खेलाडीले रोजेको स्थानमा बस्न पाउने गरी स्थान सट्टापट्टा गर्ने कार्यलाई सम्झनु पर्दछ
(ब) “१३ प्वाईन्ट” भन्नाले अघिल्लो दिनको ह्याङ्ग वा धङ्गधङ्गीले हो वा अन्य कुनैपनि भूलवश खेलाडीले नियम बमोजिम सो नगरी अन्यथा सो गरे बापत तिराईने जरिवानालाई सम्झनु पर्दछ ।
(भ) “डुप्ली” भन्नाले एकै रङ्गका एकै अंक भएका जोडी तासलाई सम्झनु पर्दछ ।
(म) “डुप्ली शो” भन्नाले ७ डुप्ली बनाएर लेस भएपछि ८ डुप्ली बनाई गरिने शो लाई सम्झनु पर्दछ ।
(य) “बेटर” भन्नाले शुरु तास बाँडेपछि १० वा सो भन्दा माथिको माल परेपछि वा मालै नपरेपछि खेलिने दोब्बरको खेललाई सम्झनु पर्दछ ।
(र) “खाल” भन्नाले संसारैमा कुनै केही पेशा, नोकरी गर्न नसकेपछि वा नपाएपछि स्वास्नी, छोराछोरी पाल्नै पर्ने बाध्यताले वा सानोतिनो केही पेशा वा रोजगारी भएतापनि बढी सम्पत्ति आर्ज गर्ने मनसायले आफ्नै घरमा खाल स्थापना गरी बसेको हुतिहारा वा नामर्द व्यक्तिलाई सम्झनु पर्दछ ।
(ल) “पुरानो कोदो” भन्नाले खेलाडीले पहिल्यै खेलेको म्यारीजको उठ्न बाँकी रकमलाई सम्झनु पर्दछ ।
(व) “डिपोजिट” भन्नाले खेलाडीहरुको आपसी विश्वासमा रकम तिर्ने विषयमा संकट भएको अवस्थामा खेलाडीहरुको सहमतिमा राखेको डिपोजिट रकमलाई सम्झनु पर्दछ ।
परिच्छेद–२ ३. यस निमायलीमा निम्न बमोजिम नियमको व्यवस्था गरिएको छ :-
(१) खेलाडीको संख्या :– यो खेल २ जना देखि ८ जना सम्ममा नबढ्ने गरी खेल्न सकिनेछ । यसरी २ देखि ८ जना सम्मले खेल्ने हुँदा शर्त बमोजिम घोप्टो वा उत्तानो पारी खेल्न सक्नेछन् ।
(२) माल गणना विधि :– यस खेलमा निम्न बमोजिम माल गणना हुनेछ ।
(क) कटुवाले काटेको रङ र अंकको मुनीको टिप्लु र पप्लु २/२ को माल हुनेछ ।
(ख) खण्ड (क) मा उल्लेखित दुवै तास भने ४ को माल हुनेछ ।
(ग) १ टनेला ५ को, २ टनेला १५ को र ३ टनेला परेमा स्वतः ४० को माल हुने छ।
(घ) १ अल्टर ५ को, २ अल्टर १५ को र ३ अल्टर २५ को र ४ अल्टरको ३०, जोक्करको ५ को २ जोक्करको १५, ३ जोक्करको
२५, ४ जोक्करको ३० को माल हुनेछ ।
(ङ) पल्टेको तासको पप्लु वा टिप्लु तथा पप्लु दुवै भएमा ९ को माल र म्यारिज १० को माल हुनेछ । (च) उल्लेखित माल बाहेक खेलाडीहरुले शर्त बमोजिम अन्य जोक्करलाई माल थप गरी खेल खेल्न सक्नेछन् ।
(३) डुप्ली खेल सम्बन्धी व्यवस्था :– यस खेलमा डुप्ली खेल्दा हातमा ७ डुप्ली भएपछि भूँईमा देखाई लेसमा बस्न सकिनेछ र ८ डुप्ली भएमा सो गर्न सकिनेछ । तर उत्तानो पारी खेलिएको खेलमा डुप्ली भुँईमा पछार्नु पर्ने छैन । यस बापत ५ प्वाईन्ट सलामी खान पाईने छ तर ७ डुप्ली हुँदा सम्म हातैमा राखेमा गणना हुँदा कायम भएको प्वाईन्ट तिर्नु पर्ने छैन ।
(४) टनेला तथा डुप्लीमा हुने शो सम्बन्धी विशेष व्यवस्था :– यस खेलमा ३ टनेला शुरुमा परेमा वा ८ डुप्ली हातमा परेमा स्वतः शो हुनेछ ।
(५) बेटर खेल खेलिने व्यवस्था :– यस खेलमा १० को माल भन्दा माथि परे पछि वा माल पर्दै नपरेको अवस्थामा खेलाडीहरुको आपसी सहमतीमा बेटर गेम खेल्न सकिनेछ ।
(६) जोक्करलाई माल मानी खेल्न सकिने :– यस खेलमा माल बाहेक खेलाडीहरुको सहमति अनुसार बाहिरको जोक्कर १ वा २ वा ३ वा ४ राखेर अल्टरको गणनामा पनि खेल्न सक्नेछन् ।
(७) लागो भन्न नपाईने :– खेल खेल्दै जाँदा खेलाडीले हारी टाट पल्टी मुर्गा भएपछि लागो भन्न पाइने छैन । यस्तो खेलाडीले डिपोजिटमा धक्का लाग्ने बित्तिकै जुरुक्क उठ्नु पर्नेछ ।
(८) खालमा हराएको वस्तुको जवाफदेही स्वयं खेलाडी नै हुनु पर्ने :– यस खेलमा खेलाडीहरु हारी टाट पल्टी जो सुकैको पनि जुत्ता, रिङ्ग, चेन, घडी, ज्याकेट तथा अन्य नगी तथा जिन्सी सरसामानहरु जमानतमा राखेको वा हराएकोमा सो को जावफदेही खाले नभै स्वयं खेलाडीहरु नै हुनु पर्नेछ ।
(९) पुरानो कोदो नयाँ खेलमा हिसाब गर्न नहुने :– यदि कुनै खेलाडी मुर्गा हुन लागे पछि अस्ति खेल्दाको भनी पुरानो कोदाको कुरा निकाली नयाँ खेलमा हिसाब गर्न पाईने छैन । यस्तो उठती रकम उत्तिनै खेरी खालमै उठाउनु पर्नेछ वा वा माफ मिनाहा गरी अन्यत्रको खेलमा हिसाब नगर्ने घोषणा गरी उठ्नु पर्नेछ ।
(१०) खेल खेलिरहेको समयमा कोही लिन आएमा तुरुन्त उठ्नु पर्ने :– खेल भईरहेको समयमा कुनै पनि खेलाडीको स्वास्नी वा छोरा छोरी वा अन्य नातेदार आई उठ्नोस भनेमा खेलाडीले तुरुन्त आफ्नो हरहिसाब किताब फर्छयौट् नगरी उठ्नु पर्नेछ
(११) जितुवालाई जितौरी बाँड्न बाध्य नपारिने :– खेलको अन्त्य भएपछि जित्ने खेलाडीलाई जितौरी बाँड्न बाध्य पारिने छैन, जितुवाले आफ्नो स्वेच्छाले दिएको जितौरीलाई दर्शक दिर्घाले आफ्नो खूद आम्दानी सम्झी ग्रहण गर्नु पर्नेछ । तर तैंले यति उति कत्ति दिनु पर्नेछ भनी दबाब दिन पाईने छैन ।
(१२) बाटो खर्च दिईने :– खेलको समयमा अधिक मात्रामा हारी टाट पल्टी हार्ने मुर्गालाई जित्ने खेलाडीहरु मध्येबाट १ कि.मि.भन्दा पर सम्मको गन्तव्यमा जानु पर्ने भएमा बाटो खर्च दिन सकिनेछ । तर जितुवाले आनेकाने गरी जुत्ता टिपी भाग्न खोजेमा यसै महलको दण्ड सजायको महलमा व्यवस्था भए बमोजिम कारवाही गरिनेछ ।
(१३) म्यारीज खेल तथा खालमा निषिद्ध कार्यहरु :– (क) गलत शो गर्न नहुने । (ख) खेलाडी तथा दर्शक दिर्घाहरु बिच मुख छाड्न तथा हात हाल्न नहुने । (ग) खालेको स्वास्नी, छोरी, चेलीहरु माथि गिद्धे दृष्टि लगाउन नहुने । (घ) धारिलो हतियार लिएर आउन निषेध । (ङ) ईशारा वा कुनै माध्यमबाट अन्य खेलाडीलाई मालको बारेमा जानकारी दिन नहुने । (च) वाई.सि.एल.काटेमा काट्ने व्यक्तिले ५ प्वाईन्ट स्वतः पाउने छ । पुनः काट्दा पुनः परेमा १० प्वाईन्ट स्वतः पाउने छ ।
परिच्छेद–३ ४. यस खेलमा निम्न बमोजिमको दण्ड सजायको व्यवस्था गरिएको छ :-
(१) (क) १३ प्वाईन्ट पर्ने :– यस खेलमा कुनैपनि खेलाडीले आफ्नो व्यक्तिगत लाभ लिने उद्देश्यले वा अन्य कुनै दूषित मनसायले वा भूलवस खेलाडीहरुको आँखा छली माल थप्ने, फेरबदल गर्ने, ७ देखि माथि वा मुनीको तास÷चक्की राखी सो गर्ने आदि गलत तथा निषिद्ध कार्य गरेको ठहरेमा, फेला परेमा त्यस्तो खेलाडीलाई १ पल्टको लागि १३ प्वाईन्ट जरिवाना तिराई तास हाप्न लगाईनेछ । अन्यथा नियम ४ (ग) बमोजिम कारवाही गरिनेछ ।
(ख) खेल भईरहेको अवस्थामा कटुवाले माल काटे पश्चात् माल वा जोक्कर परेन भनी कुइकुई गरि म्यारीजको बुक चलाउने, था…..था……..थु…….थु…….गर्ने तथा तासै सम्म हुत्याउने जस्तो अपराध गरेमा त्यस्तो खेलाडीलाई १३ प्वाईन्ट तिराई तुरुन्त खालेले खेलबाट बर्खास्त गरी अर्को खेलाडी नियुक्त गर्न सक्नेछ ।
(२) खालमा मुख छाड्ने तथा गाली गलौज, बेईज्जती गर्न नहुने :– यस नियमावलीमा कुनैपनि खेलाडीले एक अर्का बिचमा व्यक्तिगत मनमुटाव गर्ने तथा खेलको प्रसङ्गमा अनावश्यक वाद विवाद, किचलो सृजना गी खेलेमा अवरोध ल्याउने÷गराउने तथा नाकमा मुखमा मुक्का बजाउने सम्मको जघन्य अपराध गरेमा त्यस्तो खेलाडीलाई तुरुन्तै भविष्यमा अयोग्य नठहरिने गरी निष्काशन गरिनेछ र सो खालको लागि स्वतः अयोग्य हुनेछ । निजको पुनरावेदन कहीं लाग्ने छैन ।
(३) धारिलो हतियार लिएर आउन निषेध :– कुनैपनि खेलाडी तथा टट्टु वा धुपौरेले खेल भएको समयमा धारिलो हातहतियार लिएर आई, देखाई वा आतङ्कित पारी लिई आएको धारिलो हतियार प्रहार गरी खालमा रहेका कुनै पनि व्यक्तिलाई घाइते बनाएमा ३५ दिन भित्र निको नहुने चोट लागेको अवस्थामा कानून बमोजिम कारवाहीको लागि नजिकको प्रहरी कार्यालयमा बुझाईदिनु पर्नेछ तर ३५ दिन भित्र निको हुने प्रकृतिको चोट भएमा प्रहारकर्ताले घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्नु पर्नेछ ।
(४) आफन्त लिन आएमा जुरुक्क उठ्नु पर्ने :– खेल भईरहेको समयमा कुनैपनि खेलाडीको स्वास्नी वा छोराछोरी वा अन्य नातेदार आई “उठ्नोस्” भनेमा खेलाडीले तुरुन्त आफ्नो हर हिसाबकिताब मिलान गरी खालबाट जुरुक्क उठ्नु पर्नेछ । तर “एकै हात, एकै हात” भनी खेललाई लम्ब्याई लिन आएको व्यक्ति आवेशमा आई तास च्यात्ने वा हुर्याई दिई म्यारीज खेलको गरिमामै आँच पु¥याउने जस्तो जघन्य अपराध गरेमा त्यस्तो खेलाडीलाई तासको मूल्य सहित १० प्रतिशत रकम जरिवाना स्वरुप असूल उपर गराइनेछ । यस्तो सजायबाट असूल उपर हुन आएको रकम मध्ये ५ प्रतिशत रकम म्यारीज खेल वरिपरि भुmिम्मएर होस् वा उंघी उंघी भए पनि खेल सफल बनाउन लागि परेका टट्टु वा धुपौरेहरुलाई चिया नास्ता शिर्षकमा तुरुन्त खर्च गर्नु पर्नेछ ।
(५) जिस्क्याउन वा गिज्याउन नहुने :– यदि कुनै खेलाडीले वा हेर्न, उंघ्न, लम्पसार परेर सुत्न वा सिक्न अथवा मान्छे बोलाउन आउने व्यक्तिले खालेको स्वास्नी वा छोरी, चेली माथि कुदृष्टि राखी जिस्क्याउन वा गिज्याउने, आँखा झिम्क्याउने, हात समाउने, गालामा म्वाई खाईदिने वा अन्य यहाँ लेख्न नमिल्ने जस्तो जघन्य अपराध गरेमा त्यस्ता बिल्टुवालाई खालेले उत्निखेरै खालबाट बाहिर निकाली नाङ्गेझार पारी सिस्नु पानी लगाउन सक्नेछ । सो कार्य गर्ने बिल्टुवा अन्य कानूनी कार्वाहीबाट समेत मुक्त हुने छैन ।
(६) जितुवा खेलाडी भाग्न नहुने :– जितुवा खेलाडी आफन्तहरु लिन आएको अवस्थामा बाहेक घटीमा १० राउण्ड खेल नखेली भाग्न पाउने छैन । त्यस्ता जितुवा खेलाडी खेल छाडी नगएको अवस्थामा खेलको अन्तमा जितौरी नबाँडी दूषित मनसायले खालबाट भाग्न वा बाहिरिन खोजेमा त्यस्तो खेलाडीलाई खेलमा खालेले कठालो समाई जितेको सबै पैसा थुती बाहिर पठाईनेछ । यस्तो कार्यमा उपस्थित अन्य खेलाडी तथा टट्टु वा धुपौरेले समेत मद्दत गर्नुपर्नेछ ।
(७) मादक पदार्थ सेवन गरेका खेलाडीलाई मुर्गा बनाउन नपाईने :– कुनैपनि खाले वा खेलाडीहरुले कुनै पनि नशामा भएको खेलाडीलाई विभिन्न प्रलोभन देखाई वा ललाई फकाई खेलमा बसाई साथमा रहेको नगद वा जिन्सी सम्पूर्ण सर–सामानहरु जितेर लिने खेलाडी वा खालेलाई बढीमा ३ वर्षको लागि निलम्वनमा राखी खालस्थापना गर्न नदिने वा खेलाडीहरुको हकमा उल्लेखित अवधि सम्मको लागि खेलमा सहभागी हुन वञ्चित गरिनेछ ।
परिच्छेद–४
५. अन्य नियम, विनियममा असर नपर्ने :– यस नियमावलीमा उल्लेख भएको नियमहरुले क्षेत्रगत रुपमा बनेका, चलनचल्तीमा रहेका नियम, विनियमलाई कुनैपनि प्रकारले असर गर्ने छैन ।
६. लागू हुने :– यो नियमावली केवल म्यारीज प्रेमी खेलाडीहरु वा यो संग सम्बन्ध राख्ने जो कोही व्यक्तिलाई मात्र लागू हुनेछ ।Capture
७. संयोग हुने :– यो नियमावलीमा व्यवस्था भएका कुराहरु अन्यनियम, विनियमसंग मेल खान आएमा केवल संयोग मात्र हुने छ ।
८. अमान्य हुने :– यस नियमावलीमा बाझिएका कुनैपनि कुराहरु बाझिएको हदसम्म अमान्य हुने छन् ।
९. बाधा अड्काउ फुकाउने :– यस नियमावलीमा व्यवस्था भएका कुराहरु बाहेक अन्य परिस्थिति सृजना भई खेलमा अवरोध आएमा खेलाडीहरुको आपसी समझदारीबाट बाधा अड्काउ फुकाउन कुनै बाधा पर्ने छैन ।
१०. संशोधन :– यस नियमावलीमा संशोधन एवं सुझाव दिन चाहनेले नेपाल म्यारीज संघ, केन्द्रीय कार्यालय,लिवाङ, राेल्पामा लिखित राय सुझाव दिन सक्ने छन् । ईतिश्री
साभार – गुइँठेको जारको फेसबुक बाट ।

Thursday, October 01, 2015

नेपाल सरकारको कानमा कसैले फुकि दिने हो की




मैले त यो सेवाको उपभोग गर्न पाएको थिए ।
नेपाल सरकारको कानमा कसैले फुकि दिने हो की हामी नेपाली आफ्नै श्रोतको उपभोगमा पेट्रोलियम पदार्थको प्रयोग विना पनि बिकल्पहरुका साथ बाच्न सक्छौ भनेर प्रसंग तत्कालिन प्रधानमन्त्री मरिचमान सिंह थिए जुन बेला अहिले भन्दा क्रुर र कठिन नाकावन्दी लगाएको थियो भारतले २०४५ – ०४६ सालमा । त्यसबेला जसोतसो जोहो गरेको थियो इन्धनको  । त्यसबेला   यातायातका लागि चीन सरकारको सहयोगमा स्थापित विध्युतीय ट्रलिबस काठमाडौको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायक सम्म चल्थ्यो । यी मरिचमानको देहावसानमा राज्यले पूर्वप्रधानमन्त्रीको सम्मान दिएन र उपचार खर्चमा समेत कञ्जुस्याईं गर्यो । २०७०साउन ३१ मा उनको देहावसान भएको खबर धेरै नेपालीले थाहा पनि पाएनन् ।इतिहासमा यस्तो पनि हुँदो रहेछ । आज हामी आम नेपालीलाई इनै मरिचमानको खाँचो छ । जसले देशका लागि परेको खण्डमा बाधा व्यवधानको समाधान खोज्न तर्फ अग्रसर हुन्छ । जसले आम नेपाली जनतालाई जस्तोसुकै परिस्थीतमा पनि राहतको सास फेर्न सफल भएका थियो । 
 
Blogger Templates