Social Icons

Pages

Tuesday, July 21, 2015

संसारकै ज्येष्ठ नागरिक नुवाकोटकी बाटुली लामिछाने

नुवाकोट, ४ साउन ।
थानसिंग गाविस– ८ आपचौरका बाटुली लामिछाने अहिले ११२ वर्ष चार महिनाको हुनुभयो । उहाँले २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिनुभएको नागरिकता प्रमाणपत्रमा जन्म मिति विसं १९५७ चैत १० गते उल्लेख छ ।
अझै हट्टाकट्टा रहनुभएका बाटुली लामिछाने बिहान बेलुका घाँस काट्नेदेखि आफ्नो दैनिक कामकाज आफैँ गर्दै आउनुभएको छ । उहाँको दैनिकी देख्नेहरुले ११२ वर्ष चार महिनाको उमेर पत्याउनै मुस्किल हुने गरेको छ । अझै बोली प्रष्ट रहेको उहाँलाई कुनै ठूलो रोग नरहेको ७६ वर्षीया कान्छो छोरा नेत्रप्रसाद लामिछाने बताउनुहुन्छ । “आँखा देख्नुहुन्छ, कान सुन्नुहुन्छ, कसैको सहाराबिनै ठमठमी हिँड्नुहुन्छ” नेत्रप्रसादले भन्नुभयो । उहाँका अनुसार अझै बाटुलीले दैनिकजसो घाँससमेत काट्ने गर्नुहुन्छ ।
एक सय १२ वर्षीया जापानी नागरिक साकारी मोमोयीको निधन भएपछि लामिछाने परिवारले ११२ वर्ष चार महिनाका बाटुली संसारकै जिवित ज्येष्ठ नागरिक रहेको दाबी गरेका छन् । सिन्धुपाल्चोकको गिरानीचौरमा जन्मनुभएका बाटुली विवाह गरेर नुवाकोट आउनुभएको हो । उहाँका चार सन्तानमध्ये अहिले कान्छो छोरामात्रै जीवित हुनुहुन्छ । दुई छोरी र एक छोराको निधन भइसकेको छ । बाटुलीको जेठो पनाति श्यामप्रसाद ढुङ्गानाको उमेर नै २३ वर्ष भइसकेको छ । उहाँ अहिलेसम्म निरोगी रहेको परिवारले बताएको छ ।
बाह्र वर्षअघि टाइफाइड ज्वरो आए पनि त्यसपछि कुनै रोगको सङ्क्रमण नरहेको नातिनी ज्वार्इं नवराज न्यौपानेले बताउनुभयो । साथै ११२ वर्षीया जापानी नागरिकको निधन भइसकेकाले बाटुली संसारकै ज्येष्ठ नागरिक रहेको समेत न्यौपानेले दाबी गर्नुभएको छ । कपाल सेताम्मे फुलिसकेको बाटुली असाध्यै टाठोसमेत हुनुहुन्छ । गाउँघरका आफन्त छिमेकीसँग बोलचालदेखि एँेचोपैचोसमेत गर्न भ्याउनुहुने बाटुली गाउँभरिका लागि जीवित देवताजस्तै सम्मानित रुपमा रहँदै आउनुभएको छ । छिमेकी अर्जुन हुमागार्इंका अनुसार उहाँको स्मरण शक्ति र बोलीचालीमा कुनै कमी आएको छैन ।
बिहान उठेर नुहाइधुवाइ गर्नेदेखि पूजापाठ, घाँस काट्नेसम्मको नित्य कर्ममा लागिरहनुभएका बाटुलीले अहिलेसम्म डाक्टरी औषधि सेवन गर्नुभएको छैन । “अहिलेसम्म ओखती खानुपरेको छैन, आफ्नो काम म आफैँ गर्न भ्याउँछु,” बाटुलीले भन्नुभयो – “मलाई हिँडडुल गर्न, घाँस काट्न पनि केही गाह्रो भएको छैन ।” कुनै ठूलो र प्रभाव पार्ने रोग अहिलेसम्म शरीरमा नहरेको बाटुलीले अझै तन्दुरुस्तीका साथ जीवन बिताउनुहुने चिनेजानेकाहरुको अनुमान छ ।
गत वैशाखमा गएको भूकम्पका बेला घरको फलैचामा बसिरहनुभएकी बाटुलीलाई यो पालिको भूकम्पको पत्तै भएन । बरु उहाँलाई ९० सालको भूकम्पले अहिलेसम्म हल्लाइरहेको छ । “यसपालिको भइँचालो त पत्तै भएन, ९० सालमा त बेस्सरी हल्लिएको थियो” बाटुलीले भन्नुभयो । उहाँले अहिलेसम्म नेपालमा भएका सबै निर्वाचनमा भाग लिनुभएको छ । पञ्चायतकालका सबै निर्वाचनदेखि दोस्रो संविधानसभा निर्वाचनमा समेत बाटुलीले उत्तिकै सक्रिय र उत्साहका साथ मतदान गर्नुभएको छ । रासस

Sunday, July 19, 2015

नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा के तपाईको घर छिमेकमा पुगेको छ त ?

सभाषद् र संबिधानसभा सचिवालयका कर्मचारीहरु सुझाव संकलनको लागि ठूलो रकम खर्चिएर जिल्ला आइपुगेका छन् । जनताले दिएको सुझाव समेटिएला भन्नेमा शतप्रतिशत विश्वास नभएपनि सुझाव दिन तयार भएका धेरै जनताले मस्यौदा अझै पाउन सकेका छैनन् । जिल्ला प्राविधिक कार्यालय नुवाकोटमा थन्किएको मस्यौदा केही दिनपछि चटपटे विक्रि गर्नेले चाही नागरिकलाई थमाउला जस्तो छ ।
श्रोतः रामहरी न्यौपाने

Thursday, July 16, 2015

विदुर नगरपालिका स्थित वडा नं ४ को नागरिक वडा मन्च का सरसफाई खानेपानी अन्तर्गतको योजना

विदुर नगरपालिका स्थित वडा नं. ४ को नागरिक वडा मन्च गठन पश्चात आएको अनुदान करिब २ लाख रुपैया लगभग पूर्ण रुपमा खर्च हुने अवस्थामा छ । वडा नं. ४ बट्टार, विदुर, आँपघारी, हावाघर, बालुवाटार, संगमचोक आदी विभिन्न स्थानमा रहेको खानेपानीको मुहान धारा मर्मत सुधारका लागि उक्त रकम विनियोजन गरिएको हो । तपाईको आफ्नो स्थानमा उक्त रकमको कसरी प्रयोग भई रहेको छ त्यो जान्नका लागि सम्वन्धित ब्यक्ति समक्ष सम्पर्क गर्नुहोला ।
जुन योजना, पैसा र सम्वन्धित ब्यक्ति तल उल्लेख गरिएको छ ।

बालुवाटार ढल सरसफाई– रु ५००० अच्युतराज महनत गिरी
आँपघारी खानेपानी मर्मत – रु ९,००० राम कुमार श्रेष्ठ
नयाँ बजार धारा मर्मत – रु ९,००० सुरजमान श्रेष्ठ
भिमसेन मार्ग खानेपानी तथा सरसफाई रु १८,००० राम चन्द्र रिमाल
पानी ट्याङकी बालुवाटार रु १०५००
भिमसेन स्कूल टोल पाइप धारा मर्मत रु ९००० रामेश्वर पाण्डे
आँपघारी सरसफाई रु ७,००० चन्द्र बहादुर लामा
संगमचोक  ट्यांकी मर्मत रु १८,०००
विदुर गोतामे धारा मर्मत रु २७,०००
विदुर सरसफाई रु ७००० दशरथ
पूरानो बजार धारा मर्मत रु ४३,००० निलमबाबु ढुंगेल

Tuesday, July 14, 2015

बजेट पारित गर्न तीन बजे मन्त्रिपरिषद्, कर्मचारीको तलब नबढ्ने

काठमाडौं : सरकारले आज अपरान्ह चार बजे संसद्‍मा बजेट प्रस्तुत गर्दैछ। बजेटको अन्तिम टुंगो मंगलबार बिहान लागेको छ।
 
अर्थमन्त्री डा. रामशरण महतले बजेट प्रस्तुतिको रिहर्सल पनि गरिसकेका छन्। सरकारले ल्याउन लागेको बजेटको आकार सबा ८ खर्बको हाराहारीमा हुनेछ।
 
अपरान्ह तीन बजे बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेपछि अर्थमन्त्री बजेट प्रस्तुत गर्न सिधै संसद्मा आउने कार्यक्रम छ। बजेटमा भूकम्पपछिको पुनर्निर्माण र सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। वृद्धभत्तालाई दोब्बर बनाएर एक हजार बनाइएको छ।
 
अर्थ मन्त्रालय स्रोतका अनुसार पुनर्निर्माणको अलग्गै प्याकेज बजेटमा छ। यो वर्ष ९० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा करिब ७ खर्ब रुपैयाँ लाग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको थियो। कर्मचारीको तलब वृद्धि नहुने भएको छ। तलब वृद्धिका लागि मंगलबार बिहानसम्म पनि प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई दबाब थियो।
 
निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाएर अधिकतम डेढ करोडसम्म पुग्ने स्रोतले उल्लेख गरेको छ। अर्थमन्त्री डा. महतले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा राखेका छन्।
Source: Annapurna Post

Monday, July 13, 2015

डोमेन परिवर्तन सम्वन्धमा battartimz now changed in battarkhabar

डोमेन परिवर्तन सम्वन्धमा
विगतका दिनहरुमा battartimz.blogspot.com भनी खोलिदै आएको मा हाल battarkhabar.blogspot.com राखिएको कुरा जानकारी गराईन्छ ।

नेपाल र आयरल्याण्ड पहिलोचोटी भिड्दै, नेपालको लागि एउटा महत्वपूर्ण अबसर

 हाल सम्म नेपाल र आयरल्याण्ड वीच कुनै पनी प्रतियोगितामा आमुने सामुन्ने भएको छैन । आयरल्याण्ड हाल समूह ए मा शिर्ष स्थानमा छ र एक खेलमा जित र अर्काेमा ड्र गरेको नेपाल ३ अंक सहित दोश्रो स्थानमा छ । शनिवार बेलफास्टमा भारी बर्षा भई नामिविया र नेपाल वीचको म्याचमा १ १ अंक बाडीएको थियो ।

हाल सम्मको आँकडा हेर्दा नेपालमाथि आयर ल्याण्ड हावी भएको देखिन्छ । नेपालको प्रदर्शनमा केहि सुधार भएता पनि हाल मात्रै नेडरल्याण्डमा भएको ४ खेलमा ३–१ ले नेपाल पराजित भएको थियो । आयरल्याण्ड भने प्रत्येक प्रतियोगितामा सबैलाई मात खुवाउदै विश्वकप क्रिकेटमा समेत टेस्ट मान्यता प्राप्त देशहरुलाई पराजित गरेर विश्व क्रिकेट जगतमा सबलाई आश्चर्य चकित पार्दै आइ रहेको छ ।
यस प्रतियोगितामा नेपालले अमेरिका माथि ६ विकेटको जित हासील गरेको थियो भने नामिवियाको खेलमा जम्मा ७.४ ओभरको खेल पश्चात भारी बर्षाले खेल ड्र भएको थियो ।
त्यसैगरी हंङकङ्ग लाई जर्सी जो प्रतियोगितामा पहिलो पटक भाग लिदै छन् प्रभावशाली खेल प्रस्तुत विजय प्राप्त गरेको थियो ।

आजको खेलमा नेपाल सामु चुनौती भने आयरल्याण्डको ब्याटिङ्ग लाईनअप हुन सक्नेछ । आयरल्याण्डका नं १ ब्याट्सम्यान नेल ओब्राइन देखि नं. ९ का जियोर्ज डकरेल सम्म सबै उत्कृष्ठ ब्याटिङ्ग लयमा छन् । नेपालका लागि भने हतियार भनेको नै स्पीक बलिङ्ग रहनेछ । नेपालका लागि शक्ति गौचन र बसन्त रेग्मी बाहेक तिव्र गतिका बलर सोमपाल कामी पनी बलियो सावित हुनेछन् । यी तिनैको ४ ४ ओभर नेपालका लागि विशेष हुनेछ । त्यसैगरी फर्ममा रहेको ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल कप्तान पारस खड्का र शरद भेषवाकर पनी लामो पारी खेल्नमा सक्षम छन् । नेपालको पुरानै कमी भनेको नेपालको ओपनीङ्ग जोडि नै रहनेछ भन्ने मा दुई मत नहोला ।

नेपालले उत्कृष्ट प्रर्दशन गरी आयरल्याण्डलाई पराजित गरी विश्व क्रिकेटमा हामी पनि मौका पाएमा कम छैन भनी देखाउने सुनौलो मौका समेत हुने आजको खेलले प्रस्ट्याउने छ ।
नेपालले आजको खेलमा जित हासील गरुन भन्ने हामी सबै नेपालीको चाहना हो ।

Saturday, July 11, 2015

जोखिममा पासाङ्ग ल्हामु र गल्छी स्याफ्रु राजमार्ग

बिहीबार ककनीको सिस्नेरीमा भएको जस्तो ढुङ्गा सहितको 
पहिरोको जोखिमबाट अकल्पनीय घटना हुन नदिन नागरिकलाई 
बचाउने हो भने नुवाकोट प्रशासनले देवीघाट-गल्छी सडक खण्डमा
 रहेका धराप ढुङ्गाहरु समयमै हटाउन ध्यान दिनु जरुरी देखिन्छ । देवीघाट-गल्छी सडक खण्ड अन्तरगत जिलिङ स्थित सडकको माथि दुई ठूला ढुङ्गा धेरै वर्षदेखि धराप बन्दै आएपनि नुवाकोट प्रशासन हटाउन मौन रहको छ ।
बेलैमा सम्वन्धित निकायको ध्यान नगए यस्ता घटनाहरु  फेरी नदोहरिएला भन्न सकिन्न । चेतना भया

श्रोतः रामहरी न्यौपाने

Thursday, July 09, 2015

यात्रुबाहक बस ककनीमा पहिरोमा पुरिए

नुवाकोट, आषाढ २४ । नुवाकोटबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस ककनीमा पहिरोमा पुरिएको छ ।
त्रिशुलीबाट काठमाडौंतर्फ गइरहेको बा२ख २८४१ नम्बरको यात्रुबाहक बस विहीबार दिउँसो ककनी गाउँ विकास समिति वडा नम्बर–१, सिस्नेरीमा माथिबाट खसेको पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको हो ।
बसमा ८ जना यात्रु रहेको अनुमान गरिएको छ । बसमा पुरिएकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ ।
घटनास्थलमा खटिएका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार बसको झ्यालबाट मानिसहरु चिच्याइरहेको आवाज सुनिएको छ । बसलाई ठूलो ढुंगासहितको पहिरोले पुरेकाले उक्त ढुंगा नपन्छाइ यात्रुलाई बाहिर निकाल्न नसकिने निरीक्षक वन्तले बताए ।



ढुंगा पन्छाउन नसकिए बस नै काट्नुपर्ने भन्दै उनले मसिनसहितको टोली काठमाडौंबाट घटनास्थलतर्फ गइरहेको जानकारी दिए



 
Blogger Templates