Social Icons

Pages

Tuesday, July 14, 2015

बजेट पारित गर्न तीन बजे मन्त्रिपरिषद्, कर्मचारीको तलब नबढ्ने

काठमाडौं : सरकारले आज अपरान्ह चार बजे संसद्‍मा बजेट प्रस्तुत गर्दैछ। बजेटको अन्तिम टुंगो मंगलबार बिहान लागेको छ।
 
अर्थमन्त्री डा. रामशरण महतले बजेट प्रस्तुतिको रिहर्सल पनि गरिसकेका छन्। सरकारले ल्याउन लागेको बजेटको आकार सबा ८ खर्बको हाराहारीमा हुनेछ।
 
अपरान्ह तीन बजे बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेपछि अर्थमन्त्री बजेट प्रस्तुत गर्न सिधै संसद्मा आउने कार्यक्रम छ। बजेटमा भूकम्पपछिको पुनर्निर्माण र सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। वृद्धभत्तालाई दोब्बर बनाएर एक हजार बनाइएको छ।
 
अर्थ मन्त्रालय स्रोतका अनुसार पुनर्निर्माणको अलग्गै प्याकेज बजेटमा छ। यो वर्ष ९० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा करिब ७ खर्ब रुपैयाँ लाग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको थियो। कर्मचारीको तलब वृद्धि नहुने भएको छ। तलब वृद्धिका लागि मंगलबार बिहानसम्म पनि प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई दबाब थियो।
 
निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाएर अधिकतम डेढ करोडसम्म पुग्ने स्रोतले उल्लेख गरेको छ। अर्थमन्त्री डा. महतले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा राखेका छन्।
Source: Annapurna Post

No comments:

 
Blogger Templates