Social Icons

Pages

Thursday, December 22, 2011

स्वेच्छिक अबकास रोज्ने लडाकूलाई शिविरबाट विदा गरः कांग्रेस


६ पुस, काठमाडौं । नेपाली कांग्रेसले सातबुँदे सहमति अक्षरश कार्यान्वयन गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले सातबुँदे सहमति अनुसार शान्ति प्रक्रिया अघि नबढेको भन्दै सरकार र माओवादीको ध्यानाकषर्ण गराएको छ ।

बैठकले अवरुद्ध लडाकू समायोजन तथा पुनःस्थापना प्रक्रिया सुचारु गर्न र स्वेच्छिक अबकास रोज्ने लडाकूहरुलाई शिविरबाट विदा गर्न माग गरेको छ । ‘अहिले शान्ति प्रक्रिया अवरुद्ध भएको छ, समायोजन र पुनःस्थापनको काम हुन सकेको छैन, कब्जा सम्पत्ति फिर्ता भएको छैन’ संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशीले भन्नुभयो-’सातबुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका छौं ।’

मर्दको इच्छामा चले महिला सधै नांगै : पूनम पाण्डे

आफ्ना बोल्ड तस्वीर, भिडियो तथा भनाइहरुका कारण बारम्बार तहल्का मच्चाइरहने भारतीय किंगफिसर मोडेल पूनम पाण्डेले फ्यानहरुलाई फेरी अर्को पासा फालेकी छिन् । यो पाला उनले उत्तेजक अभिव्यक्ति दिएर चर्चा बटुल्ने प्रयास गरेकी छिन् ।

माइक्रो ब्लगिङ साइट टि्वटरमार्फत आफ्नो स्टेटमेन्ट सेयर गर्दै पूनमले पुरुषहरुको मानसिकतामा कटाक्ष गरेकी छिन् । उनले लेखेकी छिन्, ‘महिलाहरु पुरुषलाई देखाउनका लागि राम्रा कपडा पहिरिँदैनन्, उनीहरु त आफ्नो खुसीका लागि राम्रा कपडा लगाउँछन् ।’ पूनम अगाडि लेख्छिन् ‘महिलाले राम्रा कपडा लगाउादा कोही पुरुषलाई जलन हुनसक्छ । तर यदि महिला पुरुषको इच्छा बमोजिम चल्नेहो भने त सधैभरी उनी नांगो रहनुपर्छ ।’

हेरौँ पूनमको यो कटाक्षप्रति पुरुषहरुले कसरी प्रतिक्रिया दिनेहुन् ।
http://www.youtube.com/watch?v=F4ZFYF_2s5A&feature=related

Caller Ringback Tone

मन्त्रीका ड्राइभरलाई टेलिकमको तलब

७ पुस । सूचना तथा सञ्चारमन्त्री जेपी गुप्ताको निजी सचिवालयमा नियुक्त चार सवारी चालकको तलब टेलिकमले तिर्दै आएको खुलासा भएको छ ।

हलुका सवारी चालक दपमा नियुक्त चारजनाको तलब विगत तीन महिनादेखि टेलिकमले तिर्दै आएको छ । मन्त्रीले आफ्नो सचिवालयमा नियुक्त गरेका कर्मचारीको तलब मन्त्रालयले नै उपलब्ध गराउँछ । मन्त्री गुप्ताले भने उनीहरुलाई तलब स्वरुप रकम दिन टेलिकमलाई दबाब दिने गरेको स्रोतले जनाएको छ ।

मन्त्रीले टेलिकमबाट तलब पाउने गरी राजकुमार लामा, प्रकाश अग्रवाल, मुसहरु यादव र अर्जुन सुवेदीलाई हलुका सवारी चालकमा नियुक्ति दिएका छन् । मंसिरको तलब सुविधा दिन मन्त्री गुप्ताका निजी सचिव नारायणप्रसाद मैनालीले मंगलबार मात्र टेलिकमलाई निर्देशन पत्र पठाएका छन् ।

आजको नागरिक दैनिकमा छापिएको समाचारमा अगाडि लेखिएको छ, टेलिकमले तीन महिनादेखि चारैजनालाई मासिक ८ हजारका दरले तलब दिँदै आएको छ । यीमध्ये कुनैपनि ड्राइभर होइनन्, मन्त्रीनिटक कार्यकर्तामात्र हुन् । मन्त्रालयले टेलिकमबाट ६ वटा गाडी र मिनरल वाटरसमेत लैजाने गरेको कर्मचारीहरुले दाबी गरेका छन्

Friday, August 05, 2011

सहवासका लागि ऊर्जा


यौन कार्य एउटा शारीरिक संयोग हो। यौन चाहना सामान्य शारीरिक प्रवृति पनि हो। वैवाहिक जीवन सुखी र सफल बनाउन सहवासले महत्वपूर्ण भूमिका निवाह गर्छ। सहवासबाट आनन्दको अनुभूति प्राप्त मात्र हुँदैन शारीरिक सुखका साथै स्वास्थमा पनि सकारात्मक परिवर्तन देखा पर्छ। यौन वैवाहिक जीवनको धरातल हो र यो महत्वपूर्ण क्रियाबाट महिला तथा पुरुष दुवैलाई परितृप्ति र स्थायी सुख प्राप्त हुन्छ। स्वस्थ यौन जीवनले वैवाहिक जीवनमा संजीवनको काम गर्छ। नियमित रूपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने म्यासाच्युसेटस्थित न्यू-इल्यान्ड इन्स्टिच्युटका वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। मानिसको यौन क्रियाका लागि जसरी शान्त मधुर संगीत आरामदायक एवं सुविधाजनक बिछ्यौना आवश्यक हुन्छ त्योभन्दा बढी आवश्यक हुन्छ सही खानपानको। यौन क्रियाबाट भरपुर सुख र आनन्दको अनुभूति प्राप्त गर्न सही भोजनको आवश्यकता पर्छ।

मानव शरीर जुन अवयवबाट बनेको हुन्छ त्यसमा अनेक धातु र खनिज पदार्थ हुन्छन् जुन बराबर व्यय हुन्छ र भोजनमा ती पदार्थको कमीले यौनलाई प्रभावित गर्छ। जसका कारण यौनशक्तिमा कमी आउँछ, मानिसले आफ्नो यौन जीवनबाट सोचे अनुरूपको सुख प्राप्त गर्न सक्दैन भने वैवाहिक जीवनसमेत धरापमा पर्छ। त्यसैले यौन जीवनलाई सुखी राख्न भोजनमा अनेक धातु र खनिज पदार्थहरूको कमी हटाउनु पर्ने हुन्छ। यौन सुखबाट वञ्चित नहुन भोजनमा त्यस्ता खानपानको प्रयोग गर्नुपर्ने हुन्छ जसले यौन ऊर्जा बढाउँछ र सहवासबाट भरपुर सुख र आनन्द प्राप्त हुन्छ। तैलिय खाद्य सामग्रीभन्दा अंकुरित अन्न बढी पौस्टिक हुन्छन्। अंकुरित अन्नबाट यौन हार्मोन सहज रूपमा प्रभावित हुन्छन्।

सेचुरेटेड खाना खाने दम्पतीले यौन क्रियाको भरपुर आनन्द अनुभव गर्न सक्दैनन् त्यसैले भोजनमा घिउ, रेड मिट, सेलफिस, लोवस्टर एवं नरिबलको तेल आदि प्रयोग गर्नुहुँदैन। चिकनको लेग पिस पनि उपयुक्त हुँदैन भने अन्डाको पहेंलो भाग पनि लाभदायक हुँदैन। यदि माछा, मासु खानु छ भने त्यसलाई स्टिम गरेर खानुपर्छ। सेचुरेटेड फुडको सेवनले रगत गाढा भएर रक्तसञ्चारको गति मन्द हुन्छ जसबाट डायबिटिज एवं हार्ट अटयाकजस्ता रोगको खतरा बढ्छ।

हामीले खाने आहारमा यौन हार्मोनलाई प्रभाव पार्ने अनेकन तत्व हुन्छन्। त्यसैले ती कुरा सेवन गर्नुपर्छ जसले हाम्रो यौन जीवनलाई सुमधुर, सुदृढ एवं सुखी बनाउँछन्। स्वस्थ र सुमधुर सहवासका लागि धेरैभन्दा धेरै फलफूल हरिया सागसब्जी तथा अंकुरित अन्न सेवन गर्नुपर्छ। फलफूल सागसब्जी एवं हरिया चिजले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छन्। अंकुरित अन्नमा भिटामिन 'ई' हुन्छ। अकुरित अन्नमा भएको पोटासियमले तनाव हटाउनुका साथै वीर्य पनि बढाउँछ। व्यस्त जीवनशैलीले व्यक्तिको यौनजीवन धेरै हदसम्म प्रभावित भएको देखिन्छ। किनभने व्यस्तताका कारण आजभोलि हरेक ब्यक्तिले आफ्नो खानपानमा पर्याप्त ध्यान पुर्‍याउन सक्दैनन्।

पौस्टिक तत्वको कमीका अहिलेका मानिसहरूमा सेक्स पावर अर्थात् यौन ऊर्जामा कमी आइरहेको छ। यौन ऊर्जाको अभावका कारण व्यक्तिमा यौन आलस्यता, नैराश्यता एवं यौनप्रति नै नकारात्मक धारणा देखा पर्छ जसका कारण उनीहरूको यौन जीवन अघि बढ्न सक्दैन। यौन विशेषज्ञहरूका अनुसार यौन क्रियालाई कायम राख्ने सबैभन्दा राम्रो उपाय हो अल्पाहार अर्थात् मानिसको उमेर अनुरूपको खानपान। आफ्नो उमेर अनुरूपको खानपान वा पौस्टिक आहार गह्रण गरे यौन ऊर्जामा वृद्धि हुनुका साथै यौन जीवन सुखी हुन्छ। मानिसको उमेर जति बढ्दै गयो त्यति नै सेक्स पावरमा कमी आउँछ। ३० वर्ष काटेका स्त्री-पुरुषले सकेसम्म कम नुन सेवन गर्नुपर्छ भने चिल्लो एवं गुलियो पदार्थ सकेसम्म कम सेवन गर्नु राम्रो हुन्छ। चालिसको उमेर पछि घिउ-तेलको कम सेवन एवं उमालिएका परिकार प्रयोग गर्नु राम्रो हुन्छ।

एसएलसी पास लडाकु सेनामा अधिकृत हुने प्रस्ताव

काठमाडौ, श्रावण २० - समायोजनमा जान चाहने माओवादी लडाकुलाई नेपाली सेनाको अधिकृत बन्न एसएलसी उत्तीर्ण शैक्षिक योग्यता भए पुग्ने प्रस्ताव गरिएको छ ।माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति मातहतको सचिवालयले हाल सेनाको अधिकृत बन्न आवश्यक आईए (प्रमाणपत्र तह) को व्यवस्थामा माओवादी लडाकुको हकमा एक तह लचकता अपनाउन सकिने प्रस्ताव गरेको हो । विशेष समिति सदस्यहरूसँगै परामर्शमा यस्तो प्रस्ताव गरिएको सचिवालयका एक सदस्यले बताए ।

कांग्रेस-एमालेलगायतका दलले माओवादी लडाकुको शिक्षा, उमेर, वैवाहिक स्थितिलगायत विषयमा केही लचकता अपनाउन सकिने जनाउँदै आएका छन् ।

'प्रवेशका बेला एसएलसी पासलाई अधिकृत बन्न दिने गरी लचक हुने सहमति छ । तर प्रवेश पछि लडाकुले सम्बन्धित पदका लागि आवश्यक शिक्षा पूरा गर्नुपर्छ । सम्बन्धित संगठन (सेना) ले नै त्यसको व्यवस्था गर्नेछ,' एक कांग्रेस नेताले भने ।

सेनामा अधिकृतस्तरको सेकेन्ड लेफ्टिनेन्टमा प्रवेश गर्न आईए पास हुनुपर्ने व्यवस्था छ । सहायकरथीसम्म बन्न औपचारिक शिक्षा आईए पासमात्र भए पुग्छ । तर सेनाभित्रका कमान्डो तालिम, कमान्ड तथा स्टाफ तालिम, गण, गुल्मजस्ता इकाईको नेतृत्व गर्न गणपति, गुल्मपति तालिम चाहिन्छ । त्यसैगरी सहायकरथी बन्न स्टाफ कलेजलगायत आन्तरिक तालिम अनिवार्य छ ।

'एसएलसी पासलाई अधिकृतमा समायोजन गर्न सकिने सहमति भएको छ । यस आर्थिक वर्षमात्रै करिब दुई हजार लडाकुले एसएलसी पास गरेका छन्,' एक माओवादी नेताले भने, 'सात हजारभन्दा बढी लडाकुले एसएलसीभन्दा माथिको शैक्षिक योग्यता पूरा गरिसकेका छन् । तत्कालका लागि सहायकरथी बन्ने योग्यताका लडाकु सात हजारभन्दा बढी छन् । बाँकी तालिम त सेनाभित्र गएपछि लिए भइहाल्यो ।'

Wednesday, August 03, 2011

Nuwakot Ko New Hotel Haru

नुवाकोट २१ शताब्दीको धारमा कहाँ छ त ?

Displaying all 6 posts.

Sunil Shrestha
नुवाकोट २१ शताब्दीको धारमा कहाँ छ त ? आदरणीय साथीहरु, तयापई जिज्ञासा र सुझावको लागि info@trishuliionline.com सदाको लागि खूल्ला छ | । अनि के तपाइलाइ थाहा छ ? नुवाकोट जिल्लाको ताजा ताजा समाचार अब एक क्लिकमा नै http://www.trishuliionline.com/ बाट जानकारी लिन सक्नु हुन्छ ? प्रतिक्षा गर्नुहोस
over a year ago · Report

Adhikary Adhikari
url does not work...g
over a year ago · Report

Sushma Pakhreen
u should follow trishulionline.com. only 1 i instead of 2 i....
over a year ago · Report

Adhikary Adhikari
it still doesnot work anyway thanks Sushma n what part r u from nuwakot..
over a year ago · Report

Gautam Raj
u cant say like that nuwakot is nuwakot .
about 8 months ago · Report

यू-१९ विश्वकप छनोट

काठमाडौ, श्रावण १७ -
नेपाल आईसीसी यू-१९ विश्वकप छनोटको नजिक पुगेको छ । त्यसका लागि उसले बुधबार क्यानडामाथि जित हात पार्नु पर्नेछ । क्यानडाविरुद्धको जितले सन् २०१२ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने युवा विश्वकपको ढोका लगभग खुल्नेछ ।

चार खेलमध्ये तीनमा जित हात पारेको नेपालको अब छनोट नहुने सम्भावना लगभग गणितीय हुनेछ । राउन्ड रोविन लिगमा नेपाल ६ अंकसहित नेट रनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ । 'हामी अन्तिमसम्म यो शीर्षतालाई कायम राख्न चाहन्छौं,' नेपाली प्रशिक्षक जगट टमटाले भने ।

उनले नेपाली टिममा क्रमिक सुधार भइरहेको र अन्य खेलमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरे । समूहको पहिलो खेलमा परम्परागत प्रतिद्वन्दी अफगानिस्तानलाई हराएको नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग भने पराजित भएको थियो ।

त्यसपछि आफूलाई सम्हालेको नेपालले केन्या र भानुआतुमाथि लगातार जित हात पारेको छ । 'पहिलाभन्दा हाम्रो खेलमा सुधार भइरहेको छ, ब्याटिङ-लाइन पनि राम्रै भएको छ,' टमाटाले भने, 'पहिलो तीन खेलमा सामान्य प्रदर्शन गरेका नरेश र सुवासले भानुआतुवविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।'

उनले यो राम्रो लक्षण भएको बताए । उनले खेलाडीमा आत्मविश्वासको विकास भएको र सहभागी सबै टिमलाई हराउन सक्ने विश्वास व्यक्त गरे ।

उनले 'ह्यामस्टि्रङ' का कारण भानुआतुविरुद्धको खेल गुमाएका प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले क्यानडाविरुद्ध खेल्न सक्ने बताए ।

'नयाँ स्थानमा खेल्न जाँदै छौं, त्यहाँको मैदानको बारेमा धेरै जानकारी छैन,' उनले भने, 'क्यानडा पनि नेपालकै स्तरको रहेको धारणा राखे । क्यानडाले चारमध्ये दुई खेलमा मात्र जित हात पारेको छ । स्कटल्यान्ड र भानुआतुलाई हराएको उसले केन्या र नामिबियासँग भने हार बेहोरेको थियो ।

दक्षिण एसियामा सम्पन्न आईसीसी विश्वकपको अनुभव बटुलेका नितिन कुमारले क्यानडाको युवा टिमबाट पनि प्रतिनिधित्व गर्दै छन् । उमेर समूहमा नेपाल र क्यानडा यस अघि सन् २००२ मा न्युुजिल्यान्डमा सम्पन्न आईसीसी यू-१९ विश्वकपमा आमनेसामने भएका थिए ।

प्लेट च्याम्पियनसिपको समूहमा नेपाल ९ विकेटले विजयी भएको थियो । प्रतियोगितामा बुधबार नेपाल र केन्याबाहेक आयरल्यान्ड र भानुआतु, नामिबिया र अफगानिस्तान, केन्या र पपुवा न्युगिनी तथा स्कटल्यान्ड र अमेरिका भिड्नेछन् ।



अंक तालिका



टिम खेल जित हार अंक नेट रनरेट

नेपाल ४ ३ १ ६ १.३३१

नामिबिया ४ ३ १ ६ ०.९१०

स्कटल्यान्ड ४ ३ १ ६ ०.४०५

आयरल्यान्ड ४ ३ १ ६ ०.०६४

क्यानडा ४ २ २ ४ ०.५५३

अमेरिका ४ २ २ ४ ०.२२३

केन्या ४ २ २ ४ ०.०८८

अफगानिस्तान ४ १ ३ २ -०.०८७

पपुवा न्युगिनी ४ १ ३ २ -०.७९०

भानुआतु ४ ० ४ ० -३.०१३

प्रकाशित मिति: २०६८ श्रावण १८ १०:१०

Saturday, January 22, 2011

देवीप्रसाद रेग्मीद्वारा झलनाथ खनाललाई झापड

देवीप्रसाद रेग्मीलाई कार्यक्रमबारे पूर्व जानकारी थिएन। सुनसरीको भरौलबाट बिजुलीको पैसा तिर्न आएका उनी विद्युत प्राधिकरणमा पैसा तिरेपछि कार्यक्रम हेर्न इटहरी नगरपालिका परिसरमा पुगेका थिए। कार्यक्रम स्थलमा पुगेपछि नेताहरूले देशलाई बिगारेर पनि जनतालाई फोस्रा आश्वासन दिन नछाडेको अनुभूति भयो, आवेशमा आएँ,' उनले खनाललाई दुर्व्यवहार गरेपछि भने, 'प्रवेश गर्ने कार्यकर्ताको लाइनमै बसेर टीको लगाउन खोज्दा झापड हाने।'

२०४६ सालयता एमालेका हरेक कार्यक्रममा सहभागी हुदै आएको उनले बताए। संविधानसभा निर्वाचनमा माओवादीको १० बर्षे 'जनयुद्ध'बाट केही उपलब्धि हुने आशामा भोट दिएको उल्लेख गर्दै त्यसयता उनी स्वतन्त्र जीवन यापन गर्दै आएको जानकारी दिए। 'म किसान मान्छे, तर राजनीतिक दलका नेताहरूले देशलाई बिगारेको पीडा सहन सकिन,' उनले भने, 'मैले कसैको उक्साहट र लहैलहैमा लागेर यसो गरेको होइन। मलाई नेपालको कानुनअनुसार कारबाही होस् तर देश भने बिगार्न पाइदैन।' उनले खनाललाई पिट्नुको कारण प्रस्टसँग नभने पनि पटक-पटक तथस्ट बसेर देशलाई अनिर्णयको बन्दी बनाउँदा सारा नेपालीले दुःख पाएको प्रतिक्रिया दिएको बताए।

'टेलिभिजनमा हेर्छु जहिले पनि मीठा र चिप्ला कुरा गर्ने दलका नेताहरूले नेपालीका छोराछोरीले पाएको दुःख नदेख्ने,' उनले भने, 'अनि तिनै बेरोजगारलाई झुटो आश्वासन दिएर पार्टी प्रवेश गराउने अनि पद नपाउँदा तथष्ट बस्ने?' उनले देशमा शान्ति भए आफूले खनाललाई कुटेकोमा जस्तोसुकै सजाय भए पनि भोग्न तयार हुने बताए। उनले झापड हानेको प्रसंग दोहोर्‍याउँदै भने, 'मैले कुट्दा मलाई मारे पनि केही हुँदैन तर देशका सम्पूर्ण नागरिक सँधैभरि हाँसीखुसी बाची रहून्।'

रेग्मीका कान्छा छोरा महेश बेरोजगार भएपछि राजधानी काठमाडौँमा जागिरको खोजीमा हिँडेका छन्। जेठा छोरा केशब भने सशस्त्र प्रहरीमा जागिरे छन्। कान्छो छोरा २० दिन अघि काठमाडौं गए पनि अहिलेसम्म देशको बिग्रदो अवस्थाले जागिर नपाएको रेग्मीको गुनासो छ। सात बर्षअघि सोलुमा शिक्षक काम गर्ने आफ्ना भाइ वेदप्रसादको हत्या हुँदा दलका नेताहरूले चासो नदिएको घटनादेखि नै नेताप्रति घृणा जाग्दै आएको उनले सुनाए। 'माओवादीको जगजगी भएको बेला मेरो भाइको हत्या भयो। तर कसैले केही गरेन, हत्या गर्ने व्यक्ति समेत पत्ता लागेन,' रेग्मीले भने।

खनाललाई झापड हान्ने रेग्मीले गाउँ-समाजमा अहिलेसम्म केही काम बिगारेको रेकर्ड नभएको छिमेकी विश्वमणि ढुंगानाले बताए। 'अहिलेसम्म काम बिगारेको केही थाहा छैन्। आज एक्कासि किन यस्तो गर्नुभयो म आफैँ अचम्भित भएको छु,' उनले भने। एमाले भरौलका नेता योगराज खड्काले उनी आफ्नै पार्टीको समर्थक रहे पनि सक्रिय कार्यकर्ता नभएको दावी गरे। रेग्मी बिरुद्धसार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइने जानकारी इलाका प्रहरी कार्यालय इटहरीले दिएको छ
 
Blogger Templates