Social Icons

Pages

Friday, July 10, 2009

सपना




सपना



औसी को रात थियो । चारै तिर सुनसान र चकमन्न थियो । त्यो सुनसान रातमा कता कता झ्यौकिरी को किर्-किर आवज र कता कता लाटोकोशेरो को आवज थियो । त्यही सुनसान रातमा अजयको पाइलाहरु घरतिर लम्की रहेको थियो । घर तिर जादा जादा अचानक आकाशमा बिजुली चम्कियो र निकै पानी पर्ला झै गरी आकाश गर्जियो ।अजय ले माथि आकाश तिर नजर लगायो तर आकाश त निकै सफा छ । त्यस्तो पानी पर्ला जस्तो त देखिदैन यस्तै उस्ले मन मनै सोच्यो र पाइला अगाडि बढाउन थाल्यो । तर केही पाइला अगाडि बढाउन लागेको थियो झन निकै जोडले आकाश गर्जिन थाल्यो । अब भने अजय को मन मा केही डर र त्रास् लाग्न थाल्यो । आजय को पुरै शरिर ढक्क फुलेर आयो मुटु को धद्कन बढन थाल्यो । अब उ हिड्न छोडेर छिटो छिटो दौडिन थाल्यो ।जब उ केही अगाडि पुगेको थियो तब आकाश बाट आगोको ज्वालाहरु बर्ष न थाल्यो । आकाश बाट झरेका आगो को ज्वालाहरु जताततै सल्की रहेको थियो । अब अजयलाई चारै तिर बाट आगो ले घेरी सकेको थियो । उ त्यहाँ बाट निस्कने कुनै बाटो थियन । उस्ले आज मेरो अन्तिम दिन रहेछ भनेर सोच्न थाल्यो । तर अचानक आगो को ज्वाला भित्र अजय ले एउटा सानो बालक देख्यो । त्यो बालक तेही आगोको ज्वाला भित्र खेलिरहेको थियो । बिस्तारै त्यो बालक आगो को ज्वाला सगै अजयको नजिक जान थाल्यो । जब नजिक पुग्न थालेको थियो तब अजय को होस् उड्न लागि सकेक थियो ।नजिकै पुगेर त्यो बालक ले हातको ईशारा गर्‍यो । उस्को हातको ईशारा गरेको तिर अजय ले आँखा घुमउदा एउटा जलिरहेको ठुलो रूख उ माथि ढल्दै गरेको देख्यो । अजय जोडले चिचायो । चिचाहट सगै उस्को निन्द्रा पनि खुल्यो । उस्को पुरै सरीर पसिना पसिना भएको थियो । पसिना ले उस्को कपडहरु पनि सबै निथुरुक्क भिझेको थियो । उस्ले भित्ता मा टिक टिक आवज आएको घडी तिर नजर घुमायो बल्ल रात को ३ बजेको रहेछ । मतलब बिहानि हुन अझै केही समय बाकी थियो । उ उठेर पानी पियो र नजिकैको कुर्सिमा बसेर सिगरेट पिउन थाल्यो । उस्लाई २-३ महिना देखि यस्तै भैरहेको छ र यस्तै डरलाग्दो सपना देख्दै आएको छ । उस्ले आज डाकटर सग यस समन्धी सल्लाहा गर्ने कुरा सोच्दै त्यतिकै त्यही कुर्सिमा फेरी निदाउन थाल्यो









बिहानि को किरण आँखा मा पर्ने बितिकै अजय झ्ल्यस्य बिउँझीन्छ । र घडी तिर नजर लगाउछ त बिहानि को ७ बजी सकेछ । उ सदा झै समय मै स्कुल पुग्न चाहन्थ्यो । त्यसैले उ फटाफट बाथरूम तिर जान्छ । आधा घण्टा मै तयार भैइ उ स्कुलतिर को बाटो लाग्छ । अफिस् कोठा भित्र पस्ना साथ उस्को भेट प्रतिमा सग हुन्छ । प्रतिमा को अनुहार अरु दिन को भन्दा आज अलि भिन्न देखिन्थ्यो । केहि निराश र थकान जस्तो देखिन्थ्यो । त्यसैले अजयले उस्लाई सोध्यो के भयो प्रतिमा तिमीलाई.. ? खै क भयो म आँफैलाई थाहा छैन । राती पनि राम्रो सग सुत्न सकेको छैन । अहिले स्कुल छुट्टी भए पछी भनुला भनि दुबै जना आ-आफ्नो कक्षा कोठा मा लागे । अजय र प्रतिमा स्कुल पढ्दा खेरिकै साथी थिए । र आज एउटै स्कुल मा पढाउने गरी रहेका थिए। स्कुल छुट्टी भए पछी दुबै जना नजिकै को एउटा होटेल मा गए । चिया र नास्ता को अर्डर गरेपछी अजय आफ्नै कुराहरुमा हराउन थाल्यो । आफ्नै सोच मा ध्यान मग्न भयो । प्रतिमा ले उस्को ध्यान भङ गर्दै भन्यो होइन के भयो तपाईंलाई । किन यसरी गहिरो सोच मा डुब्नु भएको भनेर भनि र अजय ले भन्यो होइन के भन्दै थियौ तिमी ले भनेर सोध्यो । अनि प्रतिमाले पर देखौदै भनि उ उता बाट आएको सुमिना होइन भनेर सोधी । अजयले पनि उतै नजर लगाउदा सुमिना नै रहेछ। उनि सग एक आधबैसे आईमाई पनि थियो र ति दुबै जना अजय र प्रतिमा भएको ठाउँ मै आउँदै थिए । जब नजिकै आए तब अजय र प्रतिमा सुमिनालाई देखि आश्च्राय मा परे । सुमिना यो के हो? के भयो तिमीलाई? दुबै जनाले एकै चोटि प्रश्न गरे । बिरामी भएकी थियौ? त्यो अधबैशे आईमाई उसकी आमा रहेछ र उसले भनि थाहा छैन खै के भएको हो उसलाई । राती निन्द्रा मा पनि त्यसै चिच्याएर उठ्छ । निकै डरलाग्दो सपना देख्छु भन्छ र कति रातहरु र त त्यसै नसुती बिताउछ डर लाग्छ भन्छ । निकै डरलाग्दो सपनाहरु देख्छु भन्छ । सबै ठाउँमा देखाए अह केही भएन । डाक्टरकोमा पनि देखाए । डाक्टरले पनि निन्द्रा लाग्ने दबै दिन्छ र केही दिनको लागि ठीक हुन्छ । अहिले त त्यो दबै ले पनि केहि असर गर्दैन । खै कुनै पिशाचले हो कि के हो केही थाहा हुन सकेन । अजयले मन मनै सोच्न थाल्यो मलाई मात्र होइन रहेछ र सबैलाई यस्तै रहेछ । प्रतिमालाई पनि यस्तै भयानक सपनाहरुले निकै सताएको थियो र सताई रहेको छ । उसले पनि मन मनै यहि कुरा सोच्यो कि म मात्र होइन रहेछ भनेर ।यस्ता डरलाग्दा सपनका शिकार अरु पनि रहेछन भनेर दुबै जनाले सोच्दै बसे ।
प्यारो मित्रहरु तपाईंहरुले यस्तो भयानक सपनाहरु देख्नु त भएको छैन नि…? कि देख्नु भएको छ…? कि यस्तो सपनाहरुबाट छुटकारा पाईसक्नु भयो…? कसरी पाउनु भयो ? के गरी पाउनु भयो ? यस्तो डरलाग्दा सपनबाट छुट्कारा पाउनको लागि अजय,प्रतिमा र सुमिनालाई पनि केही उपाय बताई दिनुहुन्छ कि ?



चिठी

प्यारो मित्र …………..माम दुखी मित्र को तरफ बाट अनगिन्तीसम्झना का कोशेलिहरु …………………मित्र हुन सक्छ तपाईं म देखि धेरै रिसाउनु भयो होला ।के गर्नु प्रदेश को ठाउँ यस्तै रहेछ । जती बेला जहाँ जाउ भन्छ जानु पर्दो रहेछ ।आफ्नो देश मा बेरोजगारी भएपछी बिदेशिनु पर्‍यो ।बिदेशिन त कसलाई नै मन लाग्छ र ? सधैं आफ्नै सङ्गीहरु सग रमाइलो गरी बस्न मन लाग्छ । आफ्नै गाउको पाखा पखेराहरुमा सुशेली बजाउदै हिंड्न मन लाग्छ । तर के गर्नु दिनहरु यसरी नचल्दो रहेछ । केहि गर्नु पर्दो रहेछ र केहि गर्नको लागि केही गुमाउनु पर्दो रहेछ । त्यसैले आज म आफ्नो सङ्गी को माया, पाखा पखेराहरु क माया गुमाउदै परदेशिनु परेको छ । ति हरिय डाडा-काडा, ति पाखा-पखेरुहरु, कल कल निरन्तर बगी रहेको त्यो नदिहरु, छम्-छम गरी झरि रहेका ति झरनाहरु सम्झिदै आज मरभुमि को देशमा आफ्नो पसिना बगाउनु परेको छ । के गर्नु ति रमाइला पाखा-पखेरुहरु, नदि-नालाहरु र ति झर्नाहरु सम्झदा आँखाबाट आशु बर्षन्छ । हुन सक्छ मित्र आज सम्म मैले जानी न-जानी तपाईं को मुटु माकुनै चोट पुराए होला । यसमा म तपाईं सामु माफ माग्छु र एउटा असल मित्र को नाताले माफ दिन पनि अनुरोध गर्छु ।आज म मेरो आफ्नो ब्लगमा केही कुराहरु लेखेको छु । आशा छ हजुर ले पढि दिनुहुने छ भनेर ।मलाई थाहा छ मित्र सधैं हासि-हासी कुरा गर्ने साथी एक्कासी बेपत्ता हुँदा मुटु मा कस्तो पिडा हुन्छ भनेर ।सधैं कुरा गरी रहेको साथी एक दिन कुरा गर्न नपाउदा र एक पल देख्न नपाउदा कस्तो पिडा हुन्छ , त्यो छेणिक समय पनि कति लामो हुन्छ भनेर र् कति उकुस् - मुकुस् हुन्छ है र त्यो पल बिताउन पनि ।अहिले त यो के नै हो र मित्र ? भाविको दिनहरुमा के कस्तो बाधा र अडचनहरु आउने हो र के हुने हो त्यो त देख्न बाकी नै छ ।त्यसैले त्यस्तो बाधाहरु आउन नदिनको लागि मित्रता प्रती बिश्वास गर्नु पर्‍यो, मित्र को भावनाहरु बुझिदिनु पर्‍यो र कहिले पनि अबिश्वास मह्सुस् गर्नु भएन ।हुन त यो सबै परस्थितीहरु हुने नहुने भनेर भाग्य मा नै लेखेको हुन्छ । भाग्य मा जस्तो लेखेको छ त्यो त भोग्नु नै पर्छ ।आज हामी जुन ठाउँ र स्थिती मा छौ त्यो कायमै पनि हुन सक्छ, यो भन्दा बढी नजिकन पनि सक्छौ र पछी गएर आफु-आफुमा अन्जान पनि हुन सक्छौ ।तर जस्तो सुकै ठुलै बाधा र अडचनहरु आइ परेता पनि म तपाईं को माया भुल्ने छैन । म तपाईं को माया पाउन ति बाधाहरु सग सामना गर्नेछु । यदि तपाईं ले साथ दिनु भयो भने। यदि जीवन मा तपाईं म देखि टाढा भएपनि म बाट तपाईं प्रती त्यती नै माया हुनेछ जुन अहिले छ ।तपाईं को हर पाइलाहरु सफलता को शिखर चुम्न सकुन र तपाईं को जीवन मा मलाई जस्तो कुनै बाधाहरु नआउन भन्ने कामना पनि दिन्छु र दिइरहनेछु । ल त मित्र अरु के नै लेखु र । म बाट तपाईं प्रती कहिले पनि मित्रता को माया कमि हुने छैन र कम पनि नसम्झ्नुस् ।म जती नै टाढा भए पनि म बाट त्यती नै माया रही रहने छ र अन्त मा तपाईं को जीवनमा सफलता को लागि भगवानसगबारम्बार प्रथाना गरी रहने छु ।उहि तपाईं को दुखी मित्र……………………..

People often say that “the pen is mightier than the sword


People often say that “the pen is mightier than the sword
I have always liked this idea, and for me it always meant something positive, like that words could fix stuff that sheer violence couldn’t, or that talking could nudge your way to something that is too delicate and subtle to be approached by rough, practical means.
As it so happens, I was dead wrong.
This morning it hit me, or maybe I should say… it slashed me, like a pin piercing a voodoo doll or a dagger ripping your heart open. Words can hurt much much more than a slap in your face or a stab in the back for that matter. A physical wound will eventually heal, leaving a scar as a reminiscence. After some time, it will stop bleeding. But when your feelings are bruised and your soul (your heart) is shattered to pieces, there is no mending. You can try to forget, but whenever you go back there and think back to whatever happened, it will always hurt. It will never ever stop bleeding.
No… the heart is not a resilient organ. Mine especially, I’m afraid.

पानीको धर्म नै बग्नु हो


प्रिय सिन्धु हिजो राती सपनाको कुरा गर्छु ल ! त्यो सपनाको संसार कति निर्दोश छ त्यहाँ सबै सम्भव भएको देखिन्छ । यसको बणन गर्दा अलौकिक अनि अवस्तबिक संसारमा खुशीयाली सगरमाथा चढेको थिए तर झस्केर बिपनाको माझेरिमा उत्रदा भुइचालो गएको महसुश गरे । एक झुन्ड अभिलाषिहरुको पन्क्तिमा म अटाएको थिए । दुरदराजमा अस्ताउन लागेको क्षितिजको गर्भ्ह बाट अस्वगामिनिले लगाम कसिन टापको टकटकले त्यो झुन्डमा कौतुहलता बढायो, शरिर सचेत र मानसिकतामा अवचेतना फिजियो । परिक्षाको घडी थियो त्यो । मुटुहरु सकृयातापूर्वक ढुकढुक गरिरहेको सुन्थे कानहरुले ।
कौतुहलहरु चिर्दै र भ्रमहरु पखाल्दै ति अस्वगमिनी मेरा सामु उत्रीन । अन्जुलिभरको रातो गुलाफहरु मेरो सामुन्ने अर्पित भए मानौ कि म कुनै देवपुरिबाट ओर्लिएको थिए । प्रणयका लागि । गलामा ति परिले उनेका पुष्पगुच्छाहरुले काधैमै पुष्पबाटिका अडेको महशुस् गरे । थाहा छ तिमीलाई ति अस्वगामिनी परी को थिइन ?
तिमी थियौ । हो, ति प्रेमफुल सजाउन तिमी नै आएकी थियौ । तर स्पष्ट म भनिदिन्छु यो सपना सपनै रहोस् । वास्तवबिक जीवनमा यो सम्भव छैन, त्यो सपनाको रील चुडिनु पर्छ । अनि तिमी बदलाको बाटोमा नहिंड्नु है । भन्छन बदलाको बाटोमा हिंड्नु अघी नै दुईवोटा चिहान खान्नुपर्छ । धेरै खुशीको चाहनाले गर्दा वर्तमानको खुशी समप्त हुन्छ भनेर कसैले लेखेको छ आत्मकथामा । अल्वट कामुले भने झै मनिष र उसले बाचिको जीवनको समायोजन नै वास्तबिक खुशी हो । तिमी कल्पनामा हराएर अब्यवहारिक बन्दै गएकी छौ । हेर ! मेरो वास्तबिक जीवनको कुरा गर्छौ भने म सँग ति खुशीहरु छैनन जस्ले तिम्रो कल्पनाको ठम्माइमा जस्तै तिम्रो भबिष्यलाई सुन र सुगन्धको लेप लगाउन सकुन । मैले आफ्नो जीवनको चक्कालाई हाम्रो भेट पूर्व नै कुनै दिशामा मोडिसकेको थिए । अव हामी एकै रथका यात्री बन्न नसक्ने कारण यही हो । मनिषहरु खुशी छैनन र नै खुशीको कामना गर्ने हुन । म आफ्नो ब्यबाहरमा खुशी छैन होला, तिमी आफ्नो बर्तमान प्रती खुशी छैनौ होला तर यो खुशी स्वयम सापेक्षिक छ । भर्खरै एउटा पत्रीकामा पढेको थिए - विवाह भनेको रेष्टुरेण्ट जानु जस्तै हो जहाँ तपाईंले जे चाँहीएको छ मगाउनुहुन्छ तर तपाईं छेउमै रहेको मानिसले केही नौलो खानेकुरा खाएको देखेमा तपाईंलाई त्यही खान पाए हुन्थ्यो जस्तो लाग्न सक्छ । तितो र अश्लिल पनि होला, यसमा सत्यताको ठुलै अङ्स् निहित छ तर मेरो मतमा त्यो लोभलाई विलापको पूर्वचेतावनीकारुपमा उखेलेर फ्यक्नुपर्छ सबैले । विश्वास छ मलाई छिट्टै नै तिम्रो स्वप्नाकास्मा जुन उदाउनेछन अनि तिमी आनन्दले आलोकित हुनेछौ, जुनजस्तै दिप्त हुनेछौ । स्वप्न परी ! तिमी मेरो लागि सपना र भ्रम मात्र हौ र म पनि उस्तै । प्रिय छौ तिमी, तर चुम्न नमिल्ने गरी । ठीक दुरदराजकी चन्द्रमा जस्तै । जस्लाई म हमेशा देख्न रुचाउछु तर छुने कल्पना भने गरी रहेको हुन्न । यता म जिम्मेवारीहरुको पहाड्ले थिचिएको छु, मेरो उपस्थिती मात्रै पनि कसैको लागि जीवनको आधारको शिवीर बनेको छ । बढी के भनौ मेरा हातहरु कसैले बलियोसँग समाएको छ । यात्रामा म अघी परे डोर्‍याउछु र पछी परे पछ्याउछु । यही नै जीवन हो स्पस्ट र निर्दिश्ट । मलाई माफ गर । भुलवस् हुन गएको असमझदारिका लागि म जुनि-जुनिसम्म ॠणी रहनेछु । पुनस्च मेरा गल्तिहरुलाई माफ गर्नु । यस्लाई एउटा नियमित आकास्मिक्ता ठान्नु । तिम्रा लागि सम्भावनाको क्षितिज आकाशभन्दा फराकिलो छ । ढुङ्गा होइन धर्तिको शालिग्राम टिप्नु, सागरको मोती टिप्नु, आकाशको जुन टिप्नु । शितलता पए पनि पानीलाई पट्याएर खोकिलामा राख्न सकिदैन । पानीको धर्म नै बग्नु हो । मलाई पानी सम्झनु र चित्त नदुखाउनु है पानी बगेर गयो भनेर ।
तिम्रो प्रसम्शक् /शुभचिन्त्क आभा नेपाली

मलाई माफ़ गर.


यो संसार पनि बिचित्रको छ । यो संसार भित्र हामी रुम्मल्ली रहेका छौ । केही पाउनलाई भौतारी रहेका छौ र केही पाउनको लागी केही गुमाई रहेका छौ । खै कहाँ बाट कसरी बिस्तार गरु यो बिचित्र संसार भित्र केही पाउनको लागी रुम्मली रहेका यि मनका गाठाहरु । त्यो दिन सम्झन्छु, त्यो क्षण सम्झन्छु र सम्झन्छु ति पलहरु। कति खुशी थियौ हामी त्यो दिन क्षण र ति पलहरुमा । तर आज ति सब खुशीहरु चकानाचुर भएको छ । शिसा झै टुक्रीएको छ ति हाम्रा सपना र कल्पनाहरु । यसमा न तिमी खुशी छौ न त म । खुशीको छनक भएको मुहारमा आज दुख र पिडाहरुले भरिएको छ र मुटु भरि आलो घाउमा नून खुर्सानी पर्दाको चोट सरी चोट सहेर बाच्नु परेको छ । तर म बिवस् छु ति चोट हेर्न र सहन ।तिम्रा ति मोतिका दाना सरी आशुहरु पुछन सकी रहेको छैन । तिम्रो त्यो रोदन्, चोट र पिडाहरु नचाहदा नचाहदै पनि टुलु टुलु हेरेर बस्न वाध्य भएको छु । तिमी बुझ्छौ मेरो बिवस् र वाध्यतालाई । एक निर्जिव बस्तु सरी तिम्रो पिडाहरु टोलाएर हेर्नु बाहेक मैले केही गर्न सकेको छैन र सोच्न सकिरेह्को छैन । मेरो यो मौनतालाई बुझ्छौ होला र बुझ्ने कोशीस् गर । गल्ती मेरो हो - दोष मेरो हो । यो स्थिती को सिर्जना नै म बाट भएको हो । त्यसैले सक्छौ भने मलाई माफ गर । हुन त म माफ माग्ने लाएक को पनि छैन । तर पनि म तिमी सग माफि को भिग मागी रहेको छु । प्लिज मलाई माफ गर्…मलाई माफ गर …मलाई माफ गर ……

Timro Tyo Hasilo

Comment

brat_msd@yah00.com

शरीर भरी रौ







११ बर्षिय पृथ्वीराज को शरीर भरी लामा लामा रौ हरु पलाएका छन। उनको अनुहार देखी लिएर शरीर को सबै भाग मा लामा लामा रौहरु ले ढाकिएका छन । छर - छिमेकी र साथीभाईहरुले नजिस्काएपनी अन्य टाढा का मानिसहरुले जिस्काउने गर्छन् । जिउ भरी पलाएको रौलाई उसले खाशै केही मतलब राखेको छैन। किनकी उसलाई रौहरुले पढ्न र लेख्न नै छेकेको छ न त हिड डुल गर्न नै । उनको बुवा आमा का अनुसार उनको बानी ब्यबहारहरु अन्य बालकहरुको जस्तै छ । अरुले आफ्नो छोरा लाई जिस्काउदा पटक्कै मन पराउदैनन । त्यसैले आफ्नो छोराको रोग छिट्टो निको होस् भन्ने चाहन्छन । डाक्टरहरुको अनुसार उनलाई Congenital hypertrichosis भन्ने रोग लागेको छ ।

अजम्बरी माया


प्रिय .....

अनगिन्ती माया का सौगात एवम स्वच्छ मायाका कोशेली अनी टाढैबाट भएपनी अविरल सम्झना सहित अजम्बरी मायाका अटुट बर्षाहरु तिमीलाई …………शरु ! साच्चै यस पृथ्वीमा जन्म लिई सकेपछी यस भौतिक जीवन को कहाँ सम्म संघर्ष गर्नुपर्ने हो । त्यो त थाहा छैन यसै क्रममा हामी बिचको यो पवित्र प्रेमको संघर्ष गर्न शुरु गरेको पनि कारीब २ बर्ष भईसकेको छ । अझै पनि हाम्रो पवित्र प्रेम दिगो नै छ भन्ने पूर्ण विस्वास छ । मानिस एउटा संघर्ष र विस्वासको पात्र पनि भनिन्छ । जसले गर्दा यसरी अहिले हामी भौगोलिक रुपमा केही टाढा भएपनी हामीमा विस्वास छ । यही हाम्रो विस्वास को निरन्तरताले अवश्य एकदिन सफलता पाएर हामीमा दु:खी होइन खुशी र सुखी नै बनाउने छ । यस बिषयमा तिमी राम्ररी विस्वास गर्नु ल । हो आफ्नो निरन्तर बेफुर्सदिको करणले तिमीलाई निरन्तर पत्र लेख्न नसकी यो मेरो गण्डकी ब्लग मार्फत सन्देश पठाएको छु । अवश्य स्विकाछौ होला भन्ने पूर्ण विस्वास का साथ पत्र निरन्तर पठाउने अनुरोध सहित अहिलेलाई मिठो चुम्बन का साथ बिदा ।



उही तिम्रो प्यारो

=============

Monday, July 06, 2009

Nuwakot Devighat Jatra
















Friends sanga ramailo

Sathi haru sanga basera ramailo gareko guitar bajauna ali ali aune belama

now next time i will show u full video i mean good video to all of u.

See this campus programme
वैशाख पूणिर्मामा लाग्ने भैरवीको रथ यात्रा

ऐतिहासिक साँघु बजारस्थित जंगबहादुर हाम्फालेको पुनःनिर्मित पुल


ऐतिहासिक साँघु बजारस्थित जंगबहादुर हाम्फालेको पुनःनिर्मित पुल

दूँगा छपने काम


नुवाकोट जिल्ला को एउटा नमुना शहर बन्दै गै रहेको छ । तेही अवस्था मा नुवाकोट मा रहेको पुरनो बजार मद्धे एक बजार बत्तार पुरनो बजार मा हल आएर बजार येरिया लाई धर्मिक तथा एतिहसिक बनाउन को लगे ढुङ्गा छाप्ने कम वै रहेको छ । यस कम पुरा भए पछे बजार को सोरुप म पने परिवर्तन हुन्छ भन्ने आस यहाँ को बसिन्द को रहेको छ ।

Nuwakot Adarsha Multiple Campus ma Vayeko Programme ko Video

आदर्ष बहुमुखी क्याम्पुस माँ भएको कार्यक्रम को हसौने video

 
Blogger Templates