Social Icons

Pages

Friday, February 28, 2020

नुवाकोटमा तेस्रो बृहत जीवित कुमारी पुजा फागुन १७ गते हुँदै


विदुर – नुवाकोटमा रहेको जिवित देवी कुमारीको उचित संरक्षण र सम्बर्द्धनको लागि यहि फागुन १७ गते तेस्रो बृहत जीवित कुमारी पुजा हुने भएको छ । समुहले गत माघ ११ गते उपत्यकाको ८ जिवित देवि कुमारीहरुको पुजा सम्पन्न गरि सकेको छ ।
ह्युमत महिला समुह काठमाडौंले नेपालले देशभरका स्थानमा विराजमान रहेको जिवित देवि कुमारीहरुको अवस्थाको बारेमा राज्यलाई जानकारी गराई उचित संरक्षण र सम्बर्द्धनको लागी पहल गरिरहेको छ ।
शनिबार नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा भैरवीदेवी मन्दिरको प्राङ्गणमा पुजा गर्ने कार्यक्रम रहेको छ ।
समुहले २०७० सालमा पहिलोपटक पूजा गरेको थियो । त्यसै गरी २०७३ सालमा दोश्रोपटक पुजा गरेको थियो । यस वर्ष २०७६ मा तेश्रोपटक बृहत कुमारी पुजा गर्ने कार्यक्रम रहेका ह्युमत महिला समुह काठमाडौंका अध्यक्ष मचानानी महर्जनले जानकारी दिए ।
नेपालमा नुवाकोट कुमारी सहित बसन्तपुर, मखन, किलाघल, तोखा, साँखु, भक्तपुर, साँखु, पनौती, बुंगमती, ललितपुर र आजिवन कुमारीलाई जिवित देवि कुमारीहरुको रुपमा पुँजिदै आएको छ ।
Source: Dabalikhabar.com



Thursday, February 20, 2020

नुवाकोटमा रहेका स्थानीय तहको विवरण (साविक गाविस र नगरपालिका सहित)

स्थानिय तहको स्थापना पश्चात अझै पनि धेरै जना ब्यक्तिहरुमा पुरानो गाविस र नगरपालिका अहिले कुन गाउँपालिका, कुन नगरपालिकामा समावेश भएको छ भन्ने कुरामा दुविधा यथावत छ । तसर्थ सो दुविधालाई केहि हद सम्म कम गर्नका लागि तपाईहरुको सहजताका लागि नुवाकोटको हाल का स्थानिय तहहरु र साविकको गाविस तथा नगरपालिका तल उल्लेख गरिएको छ । Source: http://dccnuwakot.gov.np/


ककनी गाउँपालिका
सामावेश भएका साविक गा.वि.. .पा.हरुः ककनी, ओखरपौवा, चाउथे, चतुराले, थानसिङ(,) मदानपुर (,) गा.वि..

किस्पाङ गाउँपालिका
सामावेश भएका साविक गा.वि.. .पा.हरुः साल्मे, भाल्चे, काउले, फिकुरी मनकामना गा.वि..

बेलकोटगढी नगरपालिका
सामावेश भएका साविक गा.वि.. .पा.हरुः दुईपिपल, रातामाटे, कुमरी, बेलकोट, जिलिङ्ग, मदानपुर गा.वि..

तादी गाउँपालिका
सामावेश भएका साविक गा.वि.. .पा.हरुः खरानीटार, रालुकादेवी, उर्लेनी, सुन्दरादेवी नर्जामण्डप गा.वि..

तारकेश्वर गाउँपालिका
सामावेश भएका साविक गा.वि.. .पा.हरुः- गोर्स्याङ्ग, बुधुसिङ्ग, तारुका, दाङसिङ्ग खड्कभञ्ज्याङ्ग (,,) गा.वि..
दुप्चेश्वर गाउँपालिका
सामावेश भएका साविक गा.वि.. .पा.हरुः घ्याङ्फेदी, राउतबेंशी, समुन्द्रटार, बेतिनी, गाउँखर्क, शिखरबेंशी बालकुमारी गा.वि..

पञ्चकन्या गाउँपालिका
सामावेश भएका साविक गा.वि..हरुः कविलास, पञ्चकन्या, चौघडा (,,), थप्रेक, भद्रुटार गा.वि..

लिखु गाउँपालिका
सामावेश भएका साविक गा.वि.. .पा.हरु : सूर्यर्मति, थानसिङ(-), खानिगाँउ, चौघडा (,,,,,) थानपती () गा.वि..

मेघाङ गाउँपालिका
सामावेश भएका साविक गा.वि.. .पा.हरुः बर्सुन्चेत, किम्ताङ, देउरालीबुङताङ्ग सामरी गा.वि..

विदुर नगरपालिका
सामावेश भएका साविक गा.वि.. .पा.हरुः  विदुर .पा., चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर खड्कभञ्ज्याङ्ग (-) गा.वि..


शिवपुरी गाउँपालिका
सामावेश भएका साविक गाविसहरुः छाप, लिखु, महाकाली, तलाखु, सिक्रे, समुन्द्रादेवी, सुनखानी थानपति(-,-) गा.वि..

सुर्यगढी गाउँपालिका
सामावेश भएका साविक गाविसहरुः लच्याङ, बागेश्वरी, हल्देकालिका, गणेशस्थान गा.वि..


Monday, February 17, 2020

गुडविल एकेडेमीलाई अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि

देवीघाट वाल क्लवको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहआयोजनामा आयोजित जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय टि २० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा गुडवील एकेडेमी, पिपलटार ले सहिद जगत प्रकाश जंग सँस्कृत मा.वि.लाई ८ विकेट ले पराजीत गर्दै उपाधी चुमेको छ ।
विजयी गुडवील एकेडेमी
उपविजेता सहिद जगत प्रकाश जंग सँस्कृत मा.वि. पुरस्कार ग्रहण गर्दै
सोमबार भएको फाइनल खेलमा टस जितेर फिल्ड रोजेको गुडवील एकेडेमीले सँस्कृत मा.वि. लाई १८ ओभर बलिङ्ग गरी ७७ रनमा समेटेको थियो । सँस्कृत मा.वि.का तर्फवाट राजीव भण्डारीले १० रन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेन । ७७ रनमा समेट्न गुडवीलका तर्फवाट विकास कुमालले ५, अमिर कुमाल र शुसिल बोहरालो २÷२ विकेट लिन सफल भए ।



७७ रनको विजयी लक्ष्य पछ्याएर मैदानमा ओर्लेको गुडवील एकेडेमीले १३ ओभरमा २ विकेट गुमाई पुरा गरे । गुडवीलका तर्फवाट रोशन तामाङ र विकास कुमालले क्रमश २० र २६ रन बनाए । बलिङ्ग तर्फ सँस्कृतका तर्फवाट श्रीतेश राईले २ विकेट लिन सफल भए ।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका गुडवीलका रोशन तामाङ म्यान अफ द सिरीज, अमिक कुमाल सर्वाेत्कृष्ट ब्याट्म्यान र अमिर कुमाल उत्कृष्ट बलर घोषित भए । पुरस्कार वितरण कार्यक्रममा अतिथी नुवकोट क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य दुर्गाराज पाठक, सभापति को आसन ग्रहण प्रतियोगिता संयोजक दिनेश चित्रकार ले गरेका थिए । कार्यक्रममा नुवाकोट क्रिकेट संघका पदाधीकारीहरु, शिक्षक लगायत क्रिकेट प्रेमीहरुले अतिथीको आशन ग्रहण गरेका थिए ।
प्रतियोगिामा प्रथम र द्धितिय हुन सफल गुडविल एकेडेमी र संस्कृत माविले शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको देविघाट बाल क्लबका अध्यक्ष दिनेश चित्रकारले बताए । प्रतियोगिताको समापन समारोहमा बोल्दै नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले देशभर क्रिकेटको माहोल बढ्दै गएकोले अब छोटो स्वरुपका प्रतियोगिताभन्दा ५० ओभरको प्रतियोगिता गर्नुपर्ने बताए । उनले नेपाल क्रिकेट संघले क्यालेन्डर नै बनाएर प्रतियोगिता आयोजना गर्न लागिएको उल्लेख गरे । नेपालमा युवाहरुको क्रिकेटप्रति झुकाव बढेको भन्दै उनले त्यसलाई सबै मिलेर तिखार्न लाग्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै देविघाट बाल क्लबका अध्यक्ष दिनेश चित्रकारले गतसालदेखि आयोजना गरिएको प्रतियोगितालाई आगामी वर्ष अझै सधार्दे लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यालयहरुलाई खेलकुदमा आकर्षण गर्न प्रतियोगिता आयोजना गरेको उल्लेख गरे ।

सोही समारोहमा नुवाकोट उद्योग वाणिज्य संघद्धारा आयोजित छैठो नुवाकोट महोत्सवमा नुवाकोट क्रिकेट संघको संयोजकत्व र सामर्थ नेपालको सहयोगमा चितवनमा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशन सहयोगार्थ डोनेशन बक्स राखेकोमा नगद रु ४४९९ संकलन भएको थियो । अवका केही दिनमानै थप रकम संकलनका लागि घरदैलो अभियानमा लाग्ने कोषाध्यक्ष विराट मान सिंह डंगोलले जानकारी दिनु भयो ।
प्रतियोगिता फाल्गुण १ गते देखि सुंरु भएको थियो । प्रतियोगितामा सँस्कृत मा.वि. देवीघाट, गुडवील एकेडमी, पिपल्टार र अर्किड एकेडेमी गरी ३ टिमको सहभागीता रहेको थियो ।

Thursday, February 13, 2020

उद्घाटन खेलमा गुडवील एकेडेमी विजयी

देवीघाट बाल क्लव, देवीघाटको आयोजना तथा नुवाकोट क्रिकेट संघको सह आयोजनामा आयोजित जिल्ला व्यापी अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उद्घघाटन खेल सहिद जगत प्रकाशजंग सँस्कृत मा.वि. र गुडवील एकेडेमी वीच भएकोमा गुडवील एकेडेमी, पिपलटार बिजयी भएको छ । टस जितेर ब्याटिङ गर्न आएको सँस्कृत मा.वि. ले जम्मा १० ओभर खेली ५१ रनको झिनो योगफल तयार ग¥यो । ब्याटिङ तर्फ सँस्कृत माविका तर्फवाट श्रीतेश राईले १२ बलमा १८ रनको योगदान दिए । कम योगफलमा समेट्न गुडवील एकेडेमीका तर्फवाट अमिक कुमालले ४ ओभरमा ५ विकेट लिए ।

सहिद जगत प्रकाशजंग सँस्कृत मा.वि. र गुडवील एकेडेमी
साथमा अतिथी विशेष अतिथी
५१ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको गुडवील एकेडेमीले २ विकेटको नोक्सानीमा ७ ओभरमै विजयी लक्ष्य हाँसिल ग¥यो । गुडवील एकेडेमीका तर्फवाट अमिक कुमालले २८ बलमा ३३ रन बनाई म्यान अफ द म्याच घोषित भए । उद्घाटन कार्यक्रमको सभापतित्व देवीघाट वाल क्लवका संयोजक दिनेश चित्रकारले गरेका थिए । कार्यक्रममा नेपाल क्रिकेट संघका बागमती प्रदेश सदस्य तथा नुवाकोट क्रिकेट संघका सदस्य प्रज्वल सापकोटा, नुवाकोट क्रिकेट संघका उपाध्यक्ष विनोद श्रेष्ठ तथा कोषाध्यक्ष विराट मान सिंह डंगोलले विशेष अतिथीको आसन ग्रहण गर्नु भयो ।


भोलि को खेल अर्किड एकेडेमी र गुडवील एकेडेमी वीच विहान ७ः३० बजे नुवाकोट आदर्श बहुमुखी क्याम्प्सको खेल मैदानमा हुने छ । प्रतियोगितामा सहिद जगत प्रकाशजंग सँस्कृत मावि, गुडवील एकेडेमी र अर्किड एकेडेमी गरी ३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ५ गते हुने संयोजक दिनेश चित्रकारले बताउनु भयो ।
 
Blogger Templates