Social Icons

Pages

Friday, June 29, 2018

१५ औ राष्ट्रिय धान दिवस


१५ औ राष्ट्रिय धान दिवसको अवसर पारेर आज धेरै स्थानहरुमा विभिन्न संघ, संस्था तथा सहकारीहरु मिलेर विशेष कार्यक्रमहरु संचालन गरि रहेको छ । त्यसै सन्दर्भमा नुवाकोट तुप्चेमा आयोजित कार्यक्रमको एक भिडियो तथा तस्वीर ।

सरकारले छुकछुके रेलको बाटोहाललाई त्यागेर विगत ४० बर्ष देखिको नेपाल कृषि प्रधान देशहो नेपालका जनसंख्याको ७० प्रतिशत कृषिमा आधारीत छ भन्ने हचुवाको तथ्यांकलाई आधुनिकीकरण तर्फ अग्रसर रही देशलाई साच्चै नै बरु कृषि प्रधान र समुन्नत बनाउन तर्फ साचे देशले कृषि बाट नै फड्को माथ्र्याे की यसको उत्कृष्ठ उदाहरण इजरायल देश रहेको कुरा सबैलाई थाहा होला ।
असार १५ को सँग सँगै दहि चिउरा खाने दिनको पनी विशेष शुभकामना

Thursday, June 21, 2018

जालपादेवी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेल आज



जेष्ठ २८ गते देखि सुरु भएको चौथो

जालपादेवी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेल आज असार ७ गते दिउसो ४ बजे सहिद स्मृति स्कूल देविघाटमा विदुर क्रिकेट क्लव विदुर र देवीघाट वाल क्लव देवीघाट विच हुदैछ ।
प्रतियोगितामा देवीघाट वाल क्लव क र ख, चन्द्र ज्योती स्कूल, सुभेनियर स्कूल, निरन्जना स्कूल, कासीटार क्लव, विदुर क्लव, सिरखाली क्लव, सँस्कृत स्कूल, नक्षेत्र, होमटाउन क्लवहरुको सहभागिता थियो । प्रतियोगिता १५ ओभरको खेलाइएको छ ।
निरन्तर बर्षहरुमा नुवाकोट जिल्लामा क्रिकेट गतिविधीलाई चलायनमान राख्नका लागि जालपादेवी क्रिकेट क्लवले यस्ता प्रतियोगिता आयोजना गर्ने गरेका छन् । विगतका केही समयमा नुवाकोट क्रिकेट संघबाट पनि प्रतियोगिता गर्नका लागि पर्याप्त मात्रा खेल मैदानको अभावले जिल्लामा लगभग शुन्य रहेको अवस्थामा जालपादेवी वाल क्लवले खेलाडीहरुलाई भने केहि राहत दिएको छ ।
स्थानिय निकायहरुको चासोमा पनि कमि आउनाले क्रिकेट खेलका लागी पर्याप्त पूर्वाधारहरु विकास गर्न नसकेको गुनासो दिनानुदिन बढ्दै गइ रहेको छ ।
आजको यस खेलका विजेता तथा उपविजेताहरुलाई शिल्ड, मेडल नगद तथा प्रमाण पत्रको ब्यवस्था गरिएको छ ।

Friday, June 08, 2018

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लववीच

जिल्ला खेलकुद परिषद् नुवाकोट र जिल्ला फुटबल संघ नुवाकोटको आयोजना तथा विदुर नगरपालिकाको संरक्षणमा आयोजित नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल रुस्लान  थ्रीस्टार र नेपाल पुलिस क्लववीच २०७५ जेष्ठ २६ गते शनिवार हुदैछ । खेल दिउँसो ३ः३० बजे नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । आफ्नो जिल्लाको पहिलो प्रतिस्ठित फुटवल प्रतियोगितामा सम्पूर्ण फुटबल प्रेमीहरुमा नुवाकोट खबर हार्दिक आमन्त्रण गर्दछ ।

Wednesday, June 06, 2018

पहिलो सेमिफाइनल खेल नुवाकोट ११ र रुस्लान थ्रीस्टार वीच

जिल्ला खेलकुद परिषद् नुवाकोट र जिल्ला फुटबल संघ नुवाकोटको आयोजना तथा विदुर नगरपालिकाको संरक्षणमा आयोजित नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल नुवाकोट ११ र रुस्लान  थ्रीस्टार वीचको हुदैछ । खेल दिउँसो ३ः३० बजे नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । आफ्नो जिल्लाको पूर्ण साथ तथा हौसलाका लागि सम्पूर्ण फुटबल प्रेमीहरुमा नुवाकोट खबर हार्दिक आमन्त्रण गर्दछ ।

 
Blogger Templates