करुणा ग्रुप अफ कम्पनी (राज मेकअप स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टर) ले असार १५ गते तालिमका लागि अन्तरवार्ता लिने हुँदा जुन जुन स्थानबाट फारम भर्नु भएको छ सोपालिकामा तपशिल बमोजिम सम्पर्क राख्नुहोला ।
Sample Text
Featured Posts
Tuesday, June 28, 2022
तालिमका लागि सुवर्ण अवसर
Wednesday, February 23, 2022
नेवारहरुको साझा संगठन नेवाःदेय् दबू बिदुर नगर कमिटी बिराट मान सिं डंगोलको अध्यक्षतामा गठन
नेवार समुदायको राष्ट्रिय संघठन नेवाः देय् दबू, नुवाकोटको विदुर नगर घोषणा सभा कार्यक्रम जिल्ला सभापति राम प्रसाद जोशीको सभापतित्व र नेवाः देय् दवु बाग्मती प्रदेश सदस्य श्री नरेन्द्र प्रधानको आतिथ्यतामा विदुर नगरपालिका कमिटि गठन सम्पन्न भएको छ ।
उक्त सभाले सर्वसम्मत रुपमा अध्यक्ष विराटमान सिंह डंगोलको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष श्री महेन्द्र श्रेष्ठ, उपाध्यक्ष मनिषमान राजभण्डारी, सचिव सरोज श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेश्वर अमात्य र सदस्यहरु प्रविन किशोर डंगोल, रमेश लाल श्रेष्ठ, नवराज श्रेष्ठ, पुष्प श्रेष्ठ। नविन चित्रकार, रामशरण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, सुरज लवट, रबिन श्रेष्ठ, कुमार श्रेष्ठ, प्रविण राज श्रेष्ठ गरी १७ सदस्यीय नगर कमिटि चयन गरेको हो ।
नेवारी समुदायको हकहित भाषा भेषभुषा कला संस्कृति, रितिरिवाजलाई जगेर्ना गर्नको लागि समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष डङ्गोलले बताए ।
जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति राम प्रसाद जोशीले जिल्लामा भएका विभिन्न नेवारी संघ संगठनहरु भएता पनि सक्रिय रुपमा अगाडी बढ्न नसेकेको कारणले आगामी दिनहरुमा नुवाकोटका १२ वटै स्थानीय तहमा नेवाः दबुको विस्तार गर्दै लगिनेर सबै संघ, संग
ठनहरुलाई सक्रिय रुपमा अगाडी बढाउनका लागि जिल्लाका पालिका कमिटिहरुको अहम भूमीका रहने बताउनु भयो ।
सभामा बाग्मति प्रदेश सदस्य नरेन्द्र प्रधानले नेवारहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबुको बांकेको नेपालगन्ज बिधान सभाले पास गरेको बिधान अनुसार देशको सबै वडा, पालिका, जिल्ला र प्रदेश कमिटी गठन गर्ने क्रममा हामीले पनि जिल्लाका सबै वडा पालिकाको भेला अधिबेशन गरी नुवाकोटका नेवारहरुलाई संगठित गराई नेवारको हकहितको साथै भाषा संस्कृति र परम्पराको समरक्षण गर्दै जाने, नेपाल भाषा संरक्षणका लागि मात्रृभाषा पठनपाठनका लागि प्रदेश सरकारले गरेको निर्णयलाई जिल्लामा कार्यान्वयन गराउन भुमिका खेल्ने र यस्को लागि आज घोषणा भएको नगर कमिटीले बिसेस भुमिका खेल्ने छ र उक्त कार्यका लागि प्रदेशबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न तत्पर रहको कुरा ब्यक्त गर्नुभयो ।
Friday, February 28, 2020
नुवाकोटमा तेस्रो बृहत जीवित कुमारी पुजा फागुन १७ गते हुँदै
Thursday, February 20, 2020
नुवाकोटमा रहेका स्थानीय तहको विवरण (साविक गाविस र नगरपालिका सहित)
Monday, February 17, 2020
गुडविल एकेडेमीलाई अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि
विजयी गुडवील एकेडेमी |
उपविजेता सहिद जगत प्रकाश जंग सँस्कृत मा.वि. पुरस्कार ग्रहण गर्दै |
७७ रनको विजयी लक्ष्य पछ्याएर मैदानमा ओर्लेको गुडवील एकेडेमीले १३ ओभरमा २ विकेट गुमाई पुरा गरे । गुडवीलका तर्फवाट रोशन तामाङ र विकास कुमालले क्रमश २० र २६ रन बनाए । बलिङ्ग तर्फ सँस्कृतका तर्फवाट श्रीतेश राईले २ विकेट लिन सफल भए ।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका गुडवीलका रोशन तामाङ म्यान अफ द सिरीज, अमिक कुमाल सर्वाेत्कृष्ट ब्याट्म्यान र अमिर कुमाल उत्कृष्ट बलर घोषित भए । पुरस्कार वितरण कार्यक्रममा अतिथी नुवकोट क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य दुर्गाराज पाठक, सभापति को आसन ग्रहण प्रतियोगिता संयोजक दिनेश चित्रकार ले गरेका थिए । कार्यक्रममा नुवाकोट क्रिकेट संघका पदाधीकारीहरु, शिक्षक लगायत क्रिकेट प्रेमीहरुले अतिथीको आशन ग्रहण गरेका थिए ।
प्रतियोगिामा प्रथम र द्धितिय हुन सफल गुडविल एकेडेमी र संस्कृत माविले शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको देविघाट बाल क्लबका अध्यक्ष दिनेश चित्रकारले बताए । प्रतियोगिताको समापन समारोहमा बोल्दै नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले देशभर क्रिकेटको माहोल बढ्दै गएकोले अब छोटो स्वरुपका प्रतियोगिताभन्दा ५० ओभरको प्रतियोगिता गर्नुपर्ने बताए । उनले नेपाल क्रिकेट संघले क्यालेन्डर नै बनाएर प्रतियोगिता आयोजना गर्न लागिएको उल्लेख गरे । नेपालमा युवाहरुको क्रिकेटप्रति झुकाव बढेको भन्दै उनले त्यसलाई सबै मिलेर तिखार्न लाग्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै देविघाट बाल क्लबका अध्यक्ष दिनेश चित्रकारले गतसालदेखि आयोजना गरिएको प्रतियोगितालाई आगामी वर्ष अझै सधार्दे लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यालयहरुलाई खेलकुदमा आकर्षण गर्न प्रतियोगिता आयोजना गरेको उल्लेख गरे ।
प्रतियोगिता फाल्गुण १ गते देखि सुंरु भएको थियो । प्रतियोगितामा सँस्कृत मा.वि. देवीघाट, गुडवील एकेडमी, पिपल्टार र अर्किड एकेडेमी गरी ३ टिमको सहभागीता रहेको थियो ।
Thursday, February 13, 2020
उद्घाटन खेलमा गुडवील एकेडेमी विजयी
सहिद जगत प्रकाशजंग सँस्कृत मा.वि. र गुडवील एकेडेमी
साथमा अतिथी विशेष अतिथी |
भोलि को खेल अर्किड एकेडेमी र गुडवील एकेडेमी वीच विहान ७ः३० बजे नुवाकोट आदर्श बहुमुखी क्याम्प्सको खेल मैदानमा हुने छ । प्रतियोगितामा सहिद जगत प्रकाशजंग सँस्कृत मावि, गुडवील एकेडेमी र अर्किड एकेडेमी गरी ३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ५ गते हुने संयोजक दिनेश चित्रकारले बताउनु भयो ।