Social Icons

Pages

Friday, June 13, 2025

विदुर मेयरकप क्रिकेटमा विदुर नगरपालिका वडा नं. ४ को पहिलो जित

 विदुर नगरपालिकाद्धारा आयोजित मेयरकप वडा स्तरिय क्रिकेट प्रतियोगितामा आज भएको खेलमा विदुर नगरपालिका वडा नं. ४ ले विदुर नगरपालिका वडा नं. ५ लाई डर्कवर्थ लेविसको नियमको आधारमा १० विकेटले पराजित गरेको छ । 

टस जितेर ब्याटिङ्ग रोजेको विदुर वडा नं. ५ ले विनोद श्रेष्ठको सर्वाधिक ३८ रनको मद्धतले १८ ओभरमा सबै विकेट गुमाई ८९ रन बनाएका थिए । विदुर ४ का तर्फबाट बलिङ्गमा किशोर अर्याल, संगित रन्जित र विकास लामिछानेले २।२ विकेट लिगेका थिए । 

दोश्रो इनिङ्ग सुरु हुनु पूर्वनै बर्षा भएपछि केहि समय रोकिएको खेलमा डकवर्थ लेविस नियमानुसार वडा नं. ४ ले निर्धारित १० ओभरमा ५३ रनको आवश्यक परेकामा निर्धारित लक्ष्य ५ ओभरमै विना विकेटको क्षतिमा ५८ रन बनाई जित हाँसिल गरे । निकैनै आक्रामक ब्याटिङ्ग गरेका वडा नंं. ४ का विकेट किपर ब्याट्सम्यान प्रविन केसिले १५ बलमा ५ छक्का १ चौकाको मद्धतले ३८ रन बनाए भने अर्का ब्याट्सम्यान रोसन कुमार खड्काले १० रन बनाउन सफल भए । यस जित सँगै सि ग्रुपको शिर्ष स्थानमा विदुर नगरपालिका वडा नं. ४ र
हेको छ । 

आजको खेलको म्यान अफ द म्याच विदुर ४ का प्रविन केसी भएका छन् ।  


२०८२ असार १ गते दिउँसो २ बजे विदुर नगरपालिका वडा नं. ४ र ९ विच हुनेछ । 


 
Blogger Templates