Thursday, September 17, 2015
Sunday, September 13, 2015
श्री नारायणदेवी उच्च माबि को २५ जना विद्यार्थीलाई छात्रब्रिती प्रदान
जापान ,मिए केन निबासी गोतो काजुयुकी & गोतो आकेमीद्वारा नुवाकोट जिल्ला खानीगाउ गाबिस -३ स्थित श्री नारायणदेवी उच्च माबि को २५ जना विद्यार्थीलाई छात्रब्रिती प्रदान । छात्रब्रिती रकम बिद्यालयका प्रधानाध्यापकज्यूलाई चेक हस्तान्तरन गर्दै । कार्यक्रम सामन्वय :शुभराम्भ जापानिज ल्यांगवेज ईन्स्टिच्युट ,बट्टार, नुवाकोट । २०७२/०६/२५ शुक्रबार
अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा भएको खेलमा अर्किड वि र सामुदायिक विद्या मन्दिर विजयी
२०७२ भाद्र २७ गते भएको अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा भएको खेलमा अर्किड वि र सामुदायिक विद्या मन्दिर विजयी भएको छ । विहान भएको पहिलो खेल अर्किड एकेडेमी वि र गुडविल एकेडेमी वीच भएको थियो । टस जितेर गुडविलले ब्याटिङ्ग गरी १५.३ ओभरमा सबै विकेट गुमाई जम्मा ५९ रन बनायो । ब्याटिङ्ग तर्फ रोसेस पाण्डे र रक्षक खनालले क्रमशः १२ र १३ रन बनाए बलिङ्ग तर्फ भने अर्किड वि का संजय कुमाल र समिर श्रेष्ठले ३÷३ विकेट लिन सफल भयो । ६० रनको विजयी लक्ष्य पक्षाएको अर्किड बि ले १६.३ ओभर मा ७ विकेट गुमाई विजय हाँसिल ग¥यो । अर्किड वि का प्रकाश माझीले सर्वाधिक १४ रन बनाउन सफल भयो । बलिङ्ग तर्फ रक्षक खनाल, रुपेश कुमाल र भुपेश अर्यालले २÷२ विकेट लिए । यस खेलको म्यान अफ द म्याच अर्किड स्कुलका संजय कुमाल घोषित भए ।
त्यसै गरी पिपल्टार मोर्डन स्कुल, पिपल्टार र सामुदायिक विद्या मन्दिर वीच भएको दोश्रो खेलमा सामुदायिक विद्या मन्दिर २ विकेटले विजयी भयो । सामदाकिले टस जितेर फिलिङ्ग गरी पिपल्टार मोर्डनलाई १६.२ ओभरमा ८४ रनमै समेटेका थिए । ब्याटिङ्ग तर्फ पिपल्टार मोर्डनका सुमन न्यौपानेले २० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेन । बलिङ्ग तर्फ सामुदायिक विद्या मन्दिरका संजिव रिमाल ले ४ र सुरज रिमालले ३ विकेट लिन सफल भयो । २० ओभरमा ८५ रनको विजयी रन पक्षाएको सामुदायिकले ८ विकेट गुमाई १२.१ ओभरमा विजयी लक्ष्य हाँसिल ग¥यो । सामुदायिकका तर्फबाट विशाल के.सी.ले सर्वाधीक ४५ रन बनाए । बलिङ्ग तर्फ पिपल्टार मोर्डनका सुमन न्यौपानेले ४ तथा राजकुमार डंगोलले २ विकेट लिए । यस खेलको म्यान अफ द म्याच विशाल के.सी. घोषित भए । भोली विहान ७ बजे च्वाडी पब्लिक उच्च माध्यामिक विद्यालय, माझिटार र सुभेनियर बोडिङ्ग स्कूल, बट्टार, दिउँसो १ बजे उत्तरगया बोर्डिङ्ग स्कूल, बेत्रावती र सुलक्षणा माध्यामिक विद्यालय, आँगुटार वीच रहने संघका सदस्य ओम प्रकाश श्रेष्ठ ज्यूले जानकारी दिनु भयो ।
Friday, September 11, 2015
पहिलो खेलमा रनभूवनेश्वरी उच्च माध्यमिक विद्यालय देविघाट विजयी
नुवाकोट क्रिकेट संघको आयोजनामा भएको अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डर्क वर्थ लेविस नियमानुसार रनभुवनेश्वरी उ.मा.वि. विजयी भएको छ । पहिलो खेल अर्किड एकेडेमी ए विरुद्ध रनभुवनेश्वरी उ.मा.वि. वीच भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको रनभूवनेश्वरीले निर्धारित २० ओभरमा बर्षा बाधक भए पछि १६ ओभरमा घटाइएको खेलमा पुरा १६ ओभर खेली १४५ रनको लक्ष्य दिएका थिए । ब्याटिङ्ग तर्फ रनभूवनेश्वरीका राजेश रिमालले सर्वाधिक ४४ रन सितल रिमालले २७ रन बनाएका थिए । बलिङ्ग तर्फ अर्किड एकेडेमी ए का बलर सुमन कुमाल ले २ र आयुष अधिकारीले १ विकेट लिएका थिए ।
१४५ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको अर्किड एकेडेमीले बर्षा हुनु अघि ११.१ ओभरमा मात्र ६० रन बनाउन सफल रह्यो । बर्षा बाधक भए पछि डर्क वर्थ लेविस नियम अनुसार रनभूवनेश्वरीे विजयी भयो । ब्याटिङ्ग तर्फ अर्किडका करन गजुरेल र सुनिल सापकोटाले क्रमशः १४ र २१ रन बनायो । बलिङ्ग तर्फ राजेश रिमालले ४ विकेट लिए साथै आजको यस खेलको म्यान अफ द म्याच पनि घोषित भए । आजको म्यान अफ द म्याचलाई क्रिकेट प्रेमी श्री विनय प्रसाद लामिछाने ट्रफि तथा नगद हस्तान्तरण गर्नु भएको थियो ।
आजको यस उद्घाटन कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्री उमेश कुमार ढकालको प्रमुख आतिथ्य र नुवाकोट क्रिकेट संघका अध्यक्ष श्री केशब मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथीको रुपमा नेपालका पूर्व कप्तान तथा नेपाल प्रहरीका कोच श्री राजु बस्नेत, नेपाल क्रिकेट एकेडेमीका कोच श्री करिम अलाम, नेपाल महिला क्रिकेटका पूर्व कप्तान श्री निरा राजेउपाध्याय, नेपाल महिला क्रिकेटका सदस्यहरु र कोच प्रमोद बोहराको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी उमेश कुमार ढकाल, जिल्ला खेलकुद परिषद्का अध्यक्ष श्री बुद्धि बहादुर प्रधान, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजन श्रेष्ठ, नेकपा एमालेका प्रतिनिधी नरेन्द्र प्रधान लगायतले आफ्नो मन्तब्य राख्नु भयो । प्रतियोगिता भाद्र २५ गते देखि आश्विन ८ गते शुक्रबार सम्म संचालन हुने संघका सदस्य श्री विराटमान सिंह डंगोलले जानकारी गराउनु भयो ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल |
Ex Captain Female: Nira Rajoupadhya, National Cricket Academy Coach: Karim Aalam and APF Coach Raju Basnet |
नुवाकोट क्रिकेट संगका अध्यक्षको हातबाट जिल्ला खेलकुद परिषदका अध्यक्ष बुद्धि ब। प्रधान मायाको चिनो ग्रहण गर्दै |
नुवाकोट क्रिकेट संगका अध्यक्षको हातबाट नुवकोट उद्योग बाणिज्य संघका अध्यक्ष श्री राजन लाल श्रेष्ठ मायाको चिनो ग्रहण गर्दै |
Add caption |
Subscribe to:
Posts (Atom)