Social Icons

Pages

Monday, June 25, 2012

बैद्यको पार्टीलाई व्यंग्य स्वरुप ‘ड्यास’ माओवादीको संज्ञा क्रान्तिकारी, कमा हुँदै ड्यास !

(ने.क.पा.ड्यास माओबादीको अध्यक्ष मोहन बैद्य)
११ असार, काठमाडौं । छुट्टाभिन्न भएर निस्केको मोहन वैद्य किरणको नयाँ पार्टीलाई माओवादीको संस्थापन पक्ष र अरु आलोचकले खिसीटिउरी गर्न गज्जबको मसला पाएका छन् । बैद्यको पार्टीले नेकपा, माओवादीबाट नेकपा-माओवादी बनाएपछि खिसीटिउरी गर्नेहरुलाई रमाइलो गर्ने विषय बनेको हो । नामको बीचमा कमा(,) को सट्टा धर्सो अर्थात ड्यास(-) राखेपछि बैद्यको पार्टीलाई धेरैले ड्यास माओवादी भन्न थालेका छन् । भन्ने मात्र होइन लेख्ने अभ्यास समेत शुरु भएको छ । आफूलाई ठूलो ठान्ने एक दैनिक पत्रिकाले समाचारको शीर्षकमै ड्यास माओवादी लेख्न थालेको छ । एकीकृत नेकपा माओवादी निकटको पत्रिका र टेलिभिजनले त पुरै उडाउने पारामा हरेक पटक ड्यास माओवादी लेख्ने र भन्ने गरेका छन् । पार्टीको नाम लेख्दा बीचमा सानो तेर्सो धर्सो (नेकपा-माओवादी) राखेपनि भन्दा नेकपा ड्यास माओवादी नभई नेकपा माओवादी नै

बाबुरामले वालुवाटार नछोडेसम्म सहमति हुँदैन : खनाल

११ असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री डा वावुराम भट्टराईले तत्काल राजीनामा दिनु पर्ने वताउनुभएको छ । खनालले भट्टराईले राजीनामा नदिएसम्म राष्ट्रिय सहमतिको वातावरण समेत नबने भएकाले तत्काल वालुवाटार छोड्नु पर्ने वताउनु भयो । सोमवार ‘सेन्टलरेन्स अन्वेषण बृहत विज्ञान प्रदर्शनी २०६९’ को राजधानीमा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भन्नुभयो,’राष्ट्रिय सहमति प्रधानमन्त्री वालुवाटरमै बसिरहे कसरी सहमति हुन्छ । त्यसैले सहमतिका लागि भट्टराईले पहिले बालुवाटर छोड्नु पर्छ । अनि मात्रै सहमतिको वातावरण वन्छ ।’ खनालले
 
Blogger Templates